तेहरान । बेलायत, फ्रान्स र जर्मनीले सन् २०१५ मा भएको आणविक सम्झौतालाई पुनर्जीवित गर्ने इरानको नियतबारे ‘गम्भीर शंका’ व्यक्त गरेको पछिल्लो वक्तव्य ‘अरचनात्मक’ र ‘सद्भावनाको उल्लङ्घन’ भएको इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीलाई उद्धृत गर्दै बेलायती समाचार एजेन्सी रोयटर्सले लेखेको छ, “यो आश्चर्यजनक र खेदजनक छ । वार्तालाई अन्तिम रूप दिन वार्ता पक्ष र भियना वार्ताका संयोजकबीच कूटनीतिक संवाद र सन्देशआदानप्रदान जारी रहेको वर्तमान परिस्थितिमा ईयूले यस्तो वक्तव्य जारी गर्नु वार्ताको क्रममा फलदायी दृष्टिकोणको मार्गबाट विचलित भएको देखिन्छ ।
सन् २०१५ मा भएको इरानको आणविक सम्झौताको पुनरुत्थानका लागि वार्तालाई अन्तिम रुप दिन इरानको ‘सद्भाव र गम्भीर सङ्कल्प’को उल्लेख गर्दै उहाँले युरोपेली पक्षलाई ‘सुरुदेखि नै वार्ताको विपक्षमा रहेका र अहिले वार्ता लाई असफल बनाउन सक्दो प्रयास गरिरहेका तेस्रो पक्षको दुष्प्रचारबाट प्रभावित नहुन’ आग्रह गरेका छन्।
प्रवक्ताले युरोपेली देशहरूलाई धम्कीको सहारा नलिन पनि चेतावनी दिएका छन्।
यसअघि शनिबार नै फ्रान्स, जर्मनी र बेलायतले एक संयुक्त वक्तव्य जारी गर्दै इरानले आणविक सम्झौताको उद्धारका लागि इयूले हालै बुझाएको ‘अन्तिम दस्तावेज’ ले दिएको ‘यो महत्वपूर्ण कूटनीतिक अवसरको फाइदा नलिने निर्णय गरेको’ बताएका थिए ।
सन् २०१५ को जुलाईमा इरानले विश्वका प्रमुख देशहरूसँग आणविक सम्झौता ९जेसीपीओए० मा हस्ताक्षर गरेको थियो र इरानमाथिको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम लाई रोक्न सहमत भएको थियो । यद्यपि, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई सम्झौताबाट फिर्ता गर्दै तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो । यसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना केही प्रतिबद्धताहरू फिर्ता लिएको थियो ।
पाँच महिनाको अन्तरालपछि गत अगस्टको सुरुमा अस्ट्रियामा आणविक वार्ताको पछिल्लो चरण सम्पन्न भएको थियो । अगष्ट ८ मा इयूले जेसीपीओएलाई पुनर्जीवित गर्ने निर्णयको मस्यौदाको ‘अन्तिम पाठ’ अघि सारेको थियो । इरान र संयुक्त राज्य अमेरिकाले हालै अप्रत्यक्ष रूपमा ईयूको प्रस्तावमा विचार आदानप्रदान गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...
पौष १० गते, २०८२ - १५:०६
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...
पौष १० गते, २०८२ - १४:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...
पौष १० गते, २०८२ - १४:३५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...
पौष १० गते, २०८२ - १४:२६
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...
पौष १० गते, २०८२ - १४:१६
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...
पौष १० गते, २०८२ - १३:४९
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...
पौष १० गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...
पौष १० गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...
पौष १० गते, २०८२ - १२:५९
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...




प्रतिकृया लेख्नुहोस्: