Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नलिञ्चोकमा हेलिप्याड निर्माणमा स्थानीयवासीको अवरोध

खबरडबली संवाददाता
भत्तपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई घटाउन नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणको प्रक्रिया थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । 
 
आफूहरूसँग कुनै सरोकारनै नराखी बस्तीको बीचमा हेलिप्याड निर्माण गर्न लागेको भन्दै आज जोरपाटी माध्यमिक विद्यालयको पुरोना भवनमा भेला भएका स्थानीयवासीले विरोध जनाएका हुन् । हेलिकोप्टर उडानलाई सूर्यविनायक नगरपालिका–१० नलिञ्चोक हवाई ग्राउण्डमा सार्ने निर्णय गर्दै प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण कार्य सुरु गरेपछि सूर्यविनायक वडा नं ९ र १० का बासिन्दा विरोधमा उत्रिएका हुन् ।
 
भेलामा स्थानीयवासी मुरारी नगरकोटीले भन्नुभयो, “मानव बस्तीको बीचमा हेलिप्याड निर्माण गर्दा यहाँ ध्वनि प्रदूषण हुने, कृषि तथा अन्नबालीमा असर पर्ने, स्वास्थ्यमा असर पर्न सक्ने, हावाको चापले दैनिक जनजीवनमा समस्या पर्ने र यहाँका विद्यालयका विद्यार्थीको पठनपाठनमा समस्या आउने भएपछि यहाँका बासिन्दाले विरोध गरेका हुन् ।” गहिरो ठाउँमा रहेको र वरिपरि पहाड तथा अग्ला संरचना रहेकाले दुर्घटनाको समेत जोखिम रहेको उनले बताए।
 
स्थानीयवासी विक्रम थापाले मानव बस्तीको बीचमा मानवीय संवेदनाको बेवास्ता गर्दै आफूहरूसँग कुनै सल्लाह एवं सुझाव सङ्कलनसमेत नगरी हेलिप्याड निर्माण गर्न लागेकोमा आफूहरूको आपत्ति रहेको बताउनुभयो । “यत्रो निर्णय गर्दा प्राधिकरणले स्थानीय निकाय र यहाँका बासिन्दासँग छलफल गर्नुपथ्र्यो, त्यो भएन, सरकारकै नियमानुसार वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० गर्नु पथ्र्यो, त्यो गरेन”, उहाँले भन्नुभयो, “यहाँ एक किलोमिटर आसपासका क्षेत्रमा नौवटा विद्यालय सञ्चालनमा छन्, त्यहाँका विद्यार्थीको पढाइमा प्रभाव पर्छ, स्थानीयवासीलाई बेवास्ता गर्दै जबर्जस्ती निर्माण गर्न खोज्नु गलत हो, हामी यो निर्णय मान्दैनाँै ।”
 
प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर सार्ने निर्णय गर्दै हेलिप्याड निर्माणको काम अगाडि बढाएको हो । आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यावसायिक उडानले ग्राउन्ड या आकाशमा होल्ड हुनुपर्ने समस्या सुधार गर्न र मनोरञ्जनात्मक चार्टर उडानसमेत यहीँबाट गर्ने गरी प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण सुरु गरेको हो । 
 
प्राधिकरणले आगामी वर्षमा नै हेलिप्याड सञ्चालनमा ल्याइसक्ने गरी ‘मिनी एयरपोर्ट’ का रूपमा काम अगाडि बढाएको छ । हाल सञ्चालनमा रहेका १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर यहाँ अवतरण गर्ने गरी हेलिप्याड निर्माण प्रारम्भ गरिएको हो । 
 
स्थानीयवासी पशुपति खत्रीले सरकारकै नियम मिचेर सुरु गरेको हेलिप्याड निर्माण प्रक्रिया नरोके स्थानीयवासी प्रतिवादमा उत्रिने बताए । उनले भनेयो, “प्राधिकरणले निर्माणका लागि डोजर ल्याएपछि मात्रै स्थानीयवासीले हेलिप्याड बन्दैछ भन्ने थाहा पाए, स्थानीय जनतालाई बाधा पर्ने गरी कुनै पनि निर्माण गर्न नपाइने सरकारकै नियम छ, त्यो नियमलाई प्राधिकरणले कसरी मिच्छ, निर्माण नरोके पाँच सयको हस्ताक्षर लिएर सर्वोच्चमा रिट हाल्छौँ ।”
 
प्राधिकरणले गोरखापत्रमा सूचना निकालेको सुने पनि यहाँका जनता त्यसको पहुँचमा नपुगेको भन्दै वडा कार्यालयमा सूचना टाँस्ने र वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० गर्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने सरकारको नियमनै यहाँ पालना नगरी जनतालाई थाहै नदिई काम गरेको उनको भनाइ थियो ।
 
स्थानीय जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद ढकालले गोरखापत्रमा सूचना आएको थाहा नभएको भन्दै विद्यालयको आँगनसँगै हेलिप्याड बनाउँदा यहाँका स्कुलका छ सय विद्यार्थीको पढाइ बिग्रने बताए। उनले यहाँका अन्य विद्यालयका विद्यार्थीको पढाइ पनि प्रभावित हुने बताए।
 
वडा नं १० का वडाध्यक्ष शिवराम राउतले हेलिप्याड निर्माणबारे प्राधिकरणले स्थानीय तहसँग कुनै समन्वय नगरेको बताए । उनले भने, “स्थानीय निकाय र यहाँका बासिन्दासँग समन्वय गरेको छैन, यहाँका बासिन्दाले रोक्न माग गर्दै हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका छन्, यसबारेमा मैले प्राधिकरणलाई जानकारी गराएको छु ।” प्राधिकरणले स्थानीयवासीलाई जानकारी नगराउनु गल्ती भएको स्वीकारेको भन्दै आगामी दुई दिनभित्र स्थानीयवासीसँग छलफल गर्न पत्राचार गर्ने जानकारी गराएको उनले बताए। 
 
सूर्यविनायक–९ का वडासचिव अच्युत खत्रीले स्थानीयवासीले कानूनी प्रक्रियामा जानुपर्ने बताउँदै अन्यथा समस्या आउने बताए । भेलामा स्थानीय सुवास नगरकोटी, शेखर खत्री, सुरेश खत्री, राजकुमार खत्री, सुरेश खत्री, कृष्ण खत्रीलगायतले कुनै हालतमा हेलिप्याड निर्माण गर्न नहुने निष्कर्षमा पुग्नुपर्ने बताए।
 
रु १५ करोडको लागतमा एक वर्षमा हेलिप्याड निर्माण गर्ने गरी उमा एण्ड कम्पनीलाई ठेक्का परेपछि निर्माण कार्य अगाडि बढाउन शिलान्याससमेत भइसकेको छ । निर्माण सम्पन्न भएपछि हेलिप्याड स्थानान्तरण गरिने र नेपाली सेना, नेपाल वायुसेवा र हिमालय एयरलाइन्सका लागि ह्याङ्गर हब विस्तारसमेत विस्तार गरिने छ । 
 
प्राधिकरणका अनुसार पहिलो चरणमा हेलिप्याड निर्माणका लागि रु १५ करोड र दोस्रो चरणमा भवनलगायतका संरचना निर्माणका लागि रु १५ करोड गरी प्राधिकरणले रु ३० करोड खर्च गर्ने भएको छ । हेलिप्याड क्षेत्रमा इन्धनका लागि एउटा स्थायी ट्याङ्की, फायर फाइटिङका लागि आवश्यक छुट्टै कक्ष, यात्रुका लागि सानो टर्मिनल भवन, हेलिकोप्टर कम्पनीका लागि कार्यालय, कन्फेक्सनरी सप, मर्मत सम्भारका लागि ह्याङ्गरलगायतका संरचना निर्माण गरिने छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिम्रिक, एयर डाइनेष्टी, कैलाश, मुस्ताङ, मनाङ, हेली एभरेष्ट, श्री, प्रभु, अल्टिच्युड, माउन्टेन, फिस्टेललगायत कम्पनीका हेलिकोप्टर सञ्चालनमा छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस र एमालेका सांसद केसी र बादल अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

हेटौँडामा अटो दुर्घटनामा तीन जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा ...

प्रधानमन्त्री कार्की कर्णाली भ्रमणमा, निर्वाचन सफल भएकोमा धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा मतदाता, निर्...

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा कैलालीमा एक दम्पतीको मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।  बुधबार राति ना ६ ख ७७८ नम्बरक...

लुम्बिनी र कोशी प्रदेशमा चैत ६–७ गते तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनु...

रास्वपा सबैभन्दा ठुलो पार्टी बनेर आएसँगै संसदीय दलका कार्यालय साटफेर

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा उल्लेखनीय परिवर्तन भएको छ । दलहरूको नयाँ हैसियतअनुसार संघीय संसद् स...

समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र वितरण सुरु, अब सरकार गठनको प्रक्रिया अघि बढ्ने

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ। ...

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डे ले बिहीबार ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: