Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नलिञ्चोकमा हेलिप्याड निर्माणमा स्थानीयवासीको अवरोध

खबरडबली संवाददाता
भत्तपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई घटाउन नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणको प्रक्रिया थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । 
 
आफूहरूसँग कुनै सरोकारनै नराखी बस्तीको बीचमा हेलिप्याड निर्माण गर्न लागेको भन्दै आज जोरपाटी माध्यमिक विद्यालयको पुरोना भवनमा भेला भएका स्थानीयवासीले विरोध जनाएका हुन् । हेलिकोप्टर उडानलाई सूर्यविनायक नगरपालिका–१० नलिञ्चोक हवाई ग्राउण्डमा सार्ने निर्णय गर्दै प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण कार्य सुरु गरेपछि सूर्यविनायक वडा नं ९ र १० का बासिन्दा विरोधमा उत्रिएका हुन् ।
 
भेलामा स्थानीयवासी मुरारी नगरकोटीले भन्नुभयो, “मानव बस्तीको बीचमा हेलिप्याड निर्माण गर्दा यहाँ ध्वनि प्रदूषण हुने, कृषि तथा अन्नबालीमा असर पर्ने, स्वास्थ्यमा असर पर्न सक्ने, हावाको चापले दैनिक जनजीवनमा समस्या पर्ने र यहाँका विद्यालयका विद्यार्थीको पठनपाठनमा समस्या आउने भएपछि यहाँका बासिन्दाले विरोध गरेका हुन् ।” गहिरो ठाउँमा रहेको र वरिपरि पहाड तथा अग्ला संरचना रहेकाले दुर्घटनाको समेत जोखिम रहेको उनले बताए।
 
स्थानीयवासी विक्रम थापाले मानव बस्तीको बीचमा मानवीय संवेदनाको बेवास्ता गर्दै आफूहरूसँग कुनै सल्लाह एवं सुझाव सङ्कलनसमेत नगरी हेलिप्याड निर्माण गर्न लागेकोमा आफूहरूको आपत्ति रहेको बताउनुभयो । “यत्रो निर्णय गर्दा प्राधिकरणले स्थानीय निकाय र यहाँका बासिन्दासँग छलफल गर्नुपथ्र्यो, त्यो भएन, सरकारकै नियमानुसार वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० गर्नु पथ्र्यो, त्यो गरेन”, उहाँले भन्नुभयो, “यहाँ एक किलोमिटर आसपासका क्षेत्रमा नौवटा विद्यालय सञ्चालनमा छन्, त्यहाँका विद्यार्थीको पढाइमा प्रभाव पर्छ, स्थानीयवासीलाई बेवास्ता गर्दै जबर्जस्ती निर्माण गर्न खोज्नु गलत हो, हामी यो निर्णय मान्दैनाँै ।”
 
प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर सार्ने निर्णय गर्दै हेलिप्याड निर्माणको काम अगाडि बढाएको हो । आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यावसायिक उडानले ग्राउन्ड या आकाशमा होल्ड हुनुपर्ने समस्या सुधार गर्न र मनोरञ्जनात्मक चार्टर उडानसमेत यहीँबाट गर्ने गरी प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण सुरु गरेको हो । 
 
प्राधिकरणले आगामी वर्षमा नै हेलिप्याड सञ्चालनमा ल्याइसक्ने गरी ‘मिनी एयरपोर्ट’ का रूपमा काम अगाडि बढाएको छ । हाल सञ्चालनमा रहेका १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर यहाँ अवतरण गर्ने गरी हेलिप्याड निर्माण प्रारम्भ गरिएको हो । 
 
स्थानीयवासी पशुपति खत्रीले सरकारकै नियम मिचेर सुरु गरेको हेलिप्याड निर्माण प्रक्रिया नरोके स्थानीयवासी प्रतिवादमा उत्रिने बताए । उनले भनेयो, “प्राधिकरणले निर्माणका लागि डोजर ल्याएपछि मात्रै स्थानीयवासीले हेलिप्याड बन्दैछ भन्ने थाहा पाए, स्थानीय जनतालाई बाधा पर्ने गरी कुनै पनि निर्माण गर्न नपाइने सरकारकै नियम छ, त्यो नियमलाई प्राधिकरणले कसरी मिच्छ, निर्माण नरोके पाँच सयको हस्ताक्षर लिएर सर्वोच्चमा रिट हाल्छौँ ।”
 
प्राधिकरणले गोरखापत्रमा सूचना निकालेको सुने पनि यहाँका जनता त्यसको पहुँचमा नपुगेको भन्दै वडा कार्यालयमा सूचना टाँस्ने र वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० गर्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने सरकारको नियमनै यहाँ पालना नगरी जनतालाई थाहै नदिई काम गरेको उनको भनाइ थियो ।
 
स्थानीय जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद ढकालले गोरखापत्रमा सूचना आएको थाहा नभएको भन्दै विद्यालयको आँगनसँगै हेलिप्याड बनाउँदा यहाँका स्कुलका छ सय विद्यार्थीको पढाइ बिग्रने बताए। उनले यहाँका अन्य विद्यालयका विद्यार्थीको पढाइ पनि प्रभावित हुने बताए।
 
वडा नं १० का वडाध्यक्ष शिवराम राउतले हेलिप्याड निर्माणबारे प्राधिकरणले स्थानीय तहसँग कुनै समन्वय नगरेको बताए । उनले भने, “स्थानीय निकाय र यहाँका बासिन्दासँग समन्वय गरेको छैन, यहाँका बासिन्दाले रोक्न माग गर्दै हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका छन्, यसबारेमा मैले प्राधिकरणलाई जानकारी गराएको छु ।” प्राधिकरणले स्थानीयवासीलाई जानकारी नगराउनु गल्ती भएको स्वीकारेको भन्दै आगामी दुई दिनभित्र स्थानीयवासीसँग छलफल गर्न पत्राचार गर्ने जानकारी गराएको उनले बताए। 
 
सूर्यविनायक–९ का वडासचिव अच्युत खत्रीले स्थानीयवासीले कानूनी प्रक्रियामा जानुपर्ने बताउँदै अन्यथा समस्या आउने बताए । भेलामा स्थानीय सुवास नगरकोटी, शेखर खत्री, सुरेश खत्री, राजकुमार खत्री, सुरेश खत्री, कृष्ण खत्रीलगायतले कुनै हालतमा हेलिप्याड निर्माण गर्न नहुने निष्कर्षमा पुग्नुपर्ने बताए।
 
रु १५ करोडको लागतमा एक वर्षमा हेलिप्याड निर्माण गर्ने गरी उमा एण्ड कम्पनीलाई ठेक्का परेपछि निर्माण कार्य अगाडि बढाउन शिलान्याससमेत भइसकेको छ । निर्माण सम्पन्न भएपछि हेलिप्याड स्थानान्तरण गरिने र नेपाली सेना, नेपाल वायुसेवा र हिमालय एयरलाइन्सका लागि ह्याङ्गर हब विस्तारसमेत विस्तार गरिने छ । 
 
प्राधिकरणका अनुसार पहिलो चरणमा हेलिप्याड निर्माणका लागि रु १५ करोड र दोस्रो चरणमा भवनलगायतका संरचना निर्माणका लागि रु १५ करोड गरी प्राधिकरणले रु ३० करोड खर्च गर्ने भएको छ । हेलिप्याड क्षेत्रमा इन्धनका लागि एउटा स्थायी ट्याङ्की, फायर फाइटिङका लागि आवश्यक छुट्टै कक्ष, यात्रुका लागि सानो टर्मिनल भवन, हेलिकोप्टर कम्पनीका लागि कार्यालय, कन्फेक्सनरी सप, मर्मत सम्भारका लागि ह्याङ्गरलगायतका संरचना निर्माण गरिने छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिम्रिक, एयर डाइनेष्टी, कैलाश, मुस्ताङ, मनाङ, हेली एभरेष्ट, श्री, प्रभु, अल्टिच्युड, माउन्टेन, फिस्टेललगायत कम्पनीका हेलिकोप्टर सञ्चालनमा छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending