पेरिस । फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी (जीआरटीग्याज)ले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध हुने बुधबार जानकारी गराएको छ ।
फ्रान्सको ग्यास कम्पनीले रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपको ऊर्जा प्रणालीमा परिवर्तन गरिएको बताएको हो ।
युक्रेनमा भएको युद्धको प्रभावले पूर्वबाट आएको ऐतिहासिक ग्यास प्रवाहउल्टो भएको छ,” जीआरटीग्याजले एक विज्ञप्तिमा भनेको छ ।
कम्पनीले फ्रान्सबाट जर्मनीमा निर्यातका लागि नयाँ क्षमता विकास गर्न आफ्नो सञ्जाल व्यवस्थित गर्ने काम गरिरहेको छ । यसले अक्टोबरको मध्यबाट सेवा उपलब्ध गराउनेछ ।
जीआरटीग्याजका अनुसार लिक्विफाइड नेचुरल ग्याँस ९एलएनजी० आयात गर्ने फ्रान्सका टर्मिनलहरू ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्, जसले देशको सञ्चितिलाई ९४ प्रतिशतमा भर्न मद्दत गरेको छ जुन युरोपेली औसतभन्दा करिब १० अङ्क बढी हो ।
“सामान्य जाडोमा ग्याँसको कुनै कमी हुनेछैन,” कम्पनीले भनेको छ ।
“विशेष गरी उच्च खपतको दिनहरूमा, युद्धका कारण ग्यासको आपूर्ति केही कमी भए पनि यसको भरपूर व्यवस्थापन गर्ने काम भइरहेको छ । ‘अत्यधिक चिसो’ हुँदा जीआरटीग्याजले ग्यास आपूर्तिमा लगभग पाँच प्रतिशतको कमी हुने प्रक्षेपण गरेको छ ।
कम्पनीले अभावका समय हरेक घरपरिवारहरूलाई एक डिग्री सेल्सियसतापक्रम घटाउने सल्लाह पालन गर्न प्रोत्साहित गरेको छ ।
जीआरटीग्याजले भनेको छ, “अन्तिम उपायको रूपमा, प्रमुख उपभोक्ताहरूलाई लक्षित गरी लोडसेडिङले आवासीय ग्राहकहरूलाई चरम परिस्थितिमा जोगाउन सक्छ जुन धेरै सम्भावना छैन ।”
प्रधानमन्त्री एलिजाबेथ बोर्नले युक्रेनमा रूसको आक्रमणबाट उत्पन्न व्यवधानका कारण यस हिउँदमा बढ्दो ऊर्जा लागतको सामना गर्न देशलाई सहयोग गर्ने सरकारको योजना प्रस्तुत गर्ने तयारी गरिरहेकै बेला यो भनाइ आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १७:१६
काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...
आश्विन ३ गते, २०८१ - १७:१२
कैलाली.। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताएको छन् । वर्...
आश्विन ३ गते, २०८१ - १७:०४
काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी...
आश्विन ३ गते, २०८१ - १६:५३
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै...
आश्विन ३ गते, २०८१ - १६:२०
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । ...
आश्विन ३ गते, २०८१ - १६:१६
काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन् । ...
आश्विन ३ गते, २०८१ - १५:५९
काठमाडौँ। रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएको छिन् । गण्डकीले आफ्नो तेस्रो विदेशी ख...
आश्विन ३ गते, २०८१ - १५:२६
नवलपुर । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोक...
आश्विन ३ गते, २०८१ - १४:४५
म्याग्दी। अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...
आश्विन ३ गते, २०८१ - १४:३५
हेटौँडा । बागमती प्रदेश सरकारले पेरिस २०२४ पारा ओलम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । संविधान दिवस तथा राष्ट...
प्रतिकृया लेख्नुहोस्: