काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको प्राचीन सभ्यता, इतिहास, संस्कृति तथा सभ्यतालाई मापन गर्न तत्कालीन मुद्राले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालयको नवनिर्मित प्रदर्शनी कक्षको आज उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले देशको इतिहासलाई क्रमबद्धरुपमा झल्काउने प्रमुख स्रोतका रुपमा प्राचीनकालमा विकसित मुद्रा तथा सङ्ग्रहालयको महत्व हुने उल्लेख गर्दै उक्त कक्षमा इतिहास दर्शाउने मुद्राको सङ्कलन गरिनु उपलब्धि भएको बताए ।
नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्वका अध्येता, अनुसन्धानकर्ता र शोधकर्ताका लागिसमेत उपयोगी हुने विचार व्यक्त गर्दै मन्त्री श्रेष्ठले सो सङ्ग्रहालय पर्यटनका लागि आकर्षणको केन्द्र रहेको बताए । उनले मुलुकको इतिहास सङ्ग्रहालयमा देखिने भएकाले यसलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए। सङ्ग्रहालयको विकासका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले सो अवसरमा जानकारी दिए।
सङ्ग्रहालयमा सङ्कलित मुद्रालाई नेपालको ऐतिहासिक कालखण्डअनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने इसापूर्व पाँचौँ शताब्दीदेखि इसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्का सङ्ग्रहालयमा राखिएका छन् । सङ्ग्रहालयमा भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरको माला तथा औँठी पनि राखिएका छन् । छाला तथा माटोका मुद्रा रहेको सङ्ग्रहालयमा राखिएका मुद्रा सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियमलगायत धातुबाट बनेका छन् ।
सङ्ग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा महँगो मुद्राका रुपमा ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा समेत सूचिकृत भएको बताइएको छ । कार्यक्रममा राष्ट्रिय मुद्रा सङ्ग्रहालयले प्रकाशन गरेको नेपालको मुद्रा इतिहाससम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: