काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको प्राचीन सभ्यता, इतिहास, संस्कृति तथा सभ्यतालाई मापन गर्न तत्कालीन मुद्राले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालयको नवनिर्मित प्रदर्शनी कक्षको आज उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले देशको इतिहासलाई क्रमबद्धरुपमा झल्काउने प्रमुख स्रोतका रुपमा प्राचीनकालमा विकसित मुद्रा तथा सङ्ग्रहालयको महत्व हुने उल्लेख गर्दै उक्त कक्षमा इतिहास दर्शाउने मुद्राको सङ्कलन गरिनु उपलब्धि भएको बताए ।
नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्वका अध्येता, अनुसन्धानकर्ता र शोधकर्ताका लागिसमेत उपयोगी हुने विचार व्यक्त गर्दै मन्त्री श्रेष्ठले सो सङ्ग्रहालय पर्यटनका लागि आकर्षणको केन्द्र रहेको बताए । उनले मुलुकको इतिहास सङ्ग्रहालयमा देखिने भएकाले यसलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए। सङ्ग्रहालयको विकासका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले सो अवसरमा जानकारी दिए।
सङ्ग्रहालयमा सङ्कलित मुद्रालाई नेपालको ऐतिहासिक कालखण्डअनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने इसापूर्व पाँचौँ शताब्दीदेखि इसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्का सङ्ग्रहालयमा राखिएका छन् । सङ्ग्रहालयमा भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरको माला तथा औँठी पनि राखिएका छन् । छाला तथा माटोका मुद्रा रहेको सङ्ग्रहालयमा राखिएका मुद्रा सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियमलगायत धातुबाट बनेका छन् ।
सङ्ग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा महँगो मुद्राका रुपमा ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा समेत सूचिकृत भएको बताइएको छ । कार्यक्रममा राष्ट्रिय मुद्रा सङ्ग्रहालयले प्रकाशन गरेको नेपालको मुद्रा इतिहाससम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३१ गते, २०८१ - १७:०८
गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !
भाद्र ३१ गते, २०८१ - १६:४९
काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...
भाद्र ३१ गते, २०८१ - १६:४३
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...
भाद्र ३१ गते, २०८१ - १६:२९
रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस
भाद्र ३१ गते, २०८१ - १६:१६
काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...
भाद्र ३१ गते, २०८१ - १६:१३
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...
भाद्र ३१ गते, २०८१ - १६:०७
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ । क्यानडाको किङ्ग सिटीम...
भाद्र ३१ गते, २०८१ - १६:०१
काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...
भाद्र ३१ गते, २०८१ - १५:३२
काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् । प्रतिनिधि ...
भाद्र ३१ गते, २०८१ - १५:२७
काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...
प्रतिकृया लेख्नुहोस्: