काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ ।
नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डा श्यामकृष्ण तिवारीले जानकारी दिए ।
देवचुली नगरपालिकाले यस कार्यक्रम सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिसकेको छ । “घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिनेसम्बन्धी कार्यविधि निर्माण गरिसकेका छौँ, कार्यक्रम निर्माण गरी कार्यान्वयनमा जान बाँकी छ”, पशु विकास अधिकृत तिवारीले भने ।
पशुपालक किसानलाई दानामा हुने लागत घटाउन यस्तो कार्यक्रम गर्न लागिएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । “घाँसखेतीमा आधारित उत्पादन कार्यक्रम सञ्चालन गर्दा लागत कम लागि किसान फाइदामा जान्छन् भन्ने हिसाबले यो कार्यक्रम गर्न लागेका हौँ”, नगरप्रमुख न्यौपानेले भने, यसले बाँझो जमिन सदुपयोग गर्नसमेत सघाउने छ ।
पशुपालक किसान उत्पादनमा लागत बढ्दा समस्यामा परेका छन् । नगरप्रमुख न्यौपानेले भने, “दानाको मूल्य बढ्दै जाने, अर्कातर्फ उत्पादित वस्तुको मूल्य लगानीको तुलनामा कम हुने, यसले गर्दा किसान मारमा छन्, हामी केही भए पनि नगरस्तरबाट किसानका समस्या समाधान गर्ने प्रयासमा छौँ ।”
दानाको विकल्पमा घाँस लगाउन सके किसानलाई राहत मिल्ने नगरप्रमुख न्यौपानेले बताए । नगरपालिकाले यससम्बन्धी कार्यविधि निर्माण गरिसकेको र कार्यक्रम कार्यान्वयनका लागि खासै समस्या नहुने उनको भनाइ छ । “यो नयाँ कार्यक्रम सुरुआत गर्ने तयारी गरेका छौँ, कार्यक्रम सञ्चालनका लागि नै स्रोतको समस्या हुन्छ जस्तो मलाई लाग्दैन, कहीँकतैबाट यो कार्यक्रम सञ्चालन गर्छौँ”, नगरप्रमुख न्यौपानेले भने ।
देवचुली नगरपालिका पशु विकास शाखाको तथ्याङ्कानुसार नगरभित्र व्यावसायिक पशुपालन गर्ने फार्मको सङ्ख्या पाँच सय ५९ रहेको छ । व्यावसायिक पशुपालनमा आवद्ध परिवारको सङ्ख्या भने दुई हजार पाँच सय ६० रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: