झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नवनिर्मित भवनको आज प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले उद्घाटन गरेक छन् ।
मन्त्री कार्कीले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वको मुख्य सीमानाकामा आपराधिक घटना बढी हुने हुँदा त्यसलाई रोक्न प्रहरीलाई चनाखो भएर काम लाग्न निर्देशन दिए । उनले चाडपर्व नजिकै जाँदा सीमा क्षेत्रमा हुने चोरी, तस्करीलगायत आपराधिक घटनालाई रोक्न र जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध भएर लाग्न जिल्ला प्रहरीका सबै युनिटलाई आग्रह गरे। मन्त्री कार्कीले सुविधा सम्पन्न भवन निर्माण भए पनि प्रहरी नायब उपरीक्षकलगायत सबैलाई आवास आवश्यकता भएको हुँदा प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर आवास निर्माणको कामलाई अघि बढाउने बताए।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रममा विसं २०२३ मा काँकरभिट्टा सीमानाकामा प्रहरी पोष्ट स्थापना गर्ने पूर्वप्रहरी हवल्दार ८६ वर्षीय बीर्ख गुरुङलाई सम्मान गरिएको थियो ।
प्रहरी उपरीक्षक अनिल राणाले रु दुई करोड ८३ लाख ३४ हजार छ सय ४१ को लगातमा अढाइ तले पक्की भवन निर्माण भएको बताए। विसंं २०३७ मा बनेको पुरानो र जीर्ण भएकाले नयाँ भवन बनाइएको उनको भनाइ छ । भवनको विसंं २०७५ चैत १९ गते प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरेका थिए। सुविधा सम्पन्न २२ कोठे पक्की भवनको निर्माणको ठेक्का याक्थुङहाङ एसएस पुस्कर जेभी निर्माण कम्पनीले लिएको थियो ।
विसं २०७६ वैशाख २ गते कम्पनीले विसंं २०७७ साल वैशाख १९ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । यद्यपि कोराना भाइरसका कारण तोकिएको समयमा भवन नबन्दा निर्माण कम्पनीले चौथोपटक म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको जनाइएको छ । भूकम्प प्रतिरोधात्मक भवनबाट सेवा सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । उनका अनुसार कार्यालयको नाममा हाल डेढ बिघा जमिन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८० - २०:५७
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदी...
आश्विन १७ गते, २०८० - २०:४२
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पछिल्लो समय धार्मिक विवादमा ...
आश्विन १७ गते, २०८० - २०:१७
काठमाडौँ । नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरो...
आश्विन १७ गते, २०८० - १९:०७
काठमाडौँ । आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी) को आवेदन आजदेखि सुरु हुँदैछ । नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस...
आश्विन १७ गते, २०८० - १८:४१
काठमाडौँ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित...
आश्विन १७ गते, २०८० - १८:३४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।प्रधानमन्त्रीले मंगलबा...
आश्विन १७ गते, २०८० - १८:१२
काठमाडौँ ।माओवादी केन्द्रका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् । म...
आश्विन १७ गते, २०८० - १७:४६
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपु...
आश्विन १७ गते, २०८० - १७:२३
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ ...
आश्विन १७ गते, २०८० - १७:१५
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ काग...
प्रतिकृया लेख्नुहोस्: