Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘गत वर्षको बाढीले सर्वस्व लुट्यो, यस वर्ष के हुने हो ?’

खबरडबली संवाददाता

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँकी पुनम सार्की विरामी पर्नुभएको दुई महिना भयो । भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सञ्चो नभएपछि उनको परिवार गत हप्ता नेपाल फर्किए । बझाङको तमैल बजारसम्म गाडीमा आएका उनीहरू तमैलबाट भने ‘स्टेचर’का सहारामा आफन्तले सार्कीलाई घर पु¥याएका छन् । 

गत वर्ष बाढीले तहसनहस बनाएको छान्नामा यसपटक पनि मनसुन सुरु भएलगतै जडारीगाडले सडक बगाएपछि यातायातका साधन बन्द छ ।  छोरा राजु सार्कीले भने, “बिरामी बोकेर आएका, त्यसैमाथि बाटोमै पहिरो आएर हामी त निकै आत्तिएका थियौँ । हत्तपत्त पहिरो छल्दै अगाडि आयौँ ।”

“कान्छो भाइलाई काकासँग छोडेर आयौँ”, राजुले भने, “डाक्टरले गाउँमै लैजान सुझाव दिएपछि घर आएका हौँ । यता बाटो नै रहेनछ । एक÷दुई जनालाई पनि अघिपछि हिँड्नै नसक्ने ठाउँमा स्टेचरमा दुई अघि दुई पछि मुस्किलले घर पुगेका छौँ ।”

सार्की परिवारलाई मात्रै होइनन्, अहिले छान्नामा जडारीगाड सबैको दुःख बनिरहेको छ । छान्ना प्रवेशदेखि सुरु हुने जडारीगाडले कतै सडक भत्काइएको छ भने कतै गाडले नै आफ्नो बाटो बदलेको छ ।

छान्नाको करिब १० किलोमिटर जमिनको छेउछाउमा बग्ने जडारीगाडले बर्खायाममा सधैँ दुःख दिने गरेको खप्तड छान्ना–५ का कृष्ण थापा बताउनुभयो । “जडारीगाडले हामीलाई हिउँदबाहेक जहिल्यै दुःख दिन्छ”, उनले भने, “गत वर्ष आएको बेमौसमी बाढीपछि त हत्केलामा ज्यान राखेर हिँँड्नुपर्छ । बाटो नै हुँदैन । बनाइएको बाटो पनि हप्ता दिनभन्दा बढी टिक्दैन ।” 

बाटो सहज नहुँदा बिरामीलाई बोक्नुप-यो भने त ज्यान नै तलमाथि हुनसक्ने उहाँले बताउनुभयो । गत वर्ष असोज ३० गतेदेखि कात्तिक ३ सम्म आएको बेमौसमी बाढीका कारण छान्नामा करोडौँको भौतिक क्षति भएको थियो भने छ जनाको ज्यानै गएको थियो । मौसम पूर्वानुमान महाशाखाले गत वर्षको बाढीले गलेको जमिन बग्न सक्ने जनाउँदै सतर्कता रहन आग्रह गरेपछि खोला किनाराका बस्ती भने सङ्कटमा परेका छन् ।

खप्तडछान्ना गाउँपालिका–१ का सुरेन्द्र खाती भन्छन्, “मौसम पूर्वानुमान महाशाखाले पनि गलेको जमिन फेरि बग्ने सङ्केत गरेको छ । अब हाम्रो त कतै जाने ठाउँ पनि छैन । गत वर्षको बाढीले सर्वस्व लुट्यो । यो वर्ष त झनै के गर्ने भन्ने सोचेका पनि छैनौँ ।”

उनका अनुसार खातीगाउँमा पानी परेको दिनमा रातभर जाग्राम बस्छन् । दिउँसो आँगनमै जडारीगाड हेरेर टोलाउँछन् । “अब के गर्ने, कता जाने, के खाने पनि टुङ्गो छैन । गत वर्षको बाढीले सबै लुट्यो । अहिले रित्तै छौँ”, उनी भन्छन् ।

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया भने बाढीपीडितका लागि अहिले बजेट नभएको र अब यसै नयाँ आर्थिक वर्षबाट बाढीपीडितका लागि आवश्यक व्यवस्था गर्ने बताउछन् । उनले भने, “योभन्दा अगाडि बजेट पनि थिएन । अहिले उहाँहरूका लागि बजेट छुट्याएका छौँ । अब कार्यान्वयन हुन्छ ।”

उनी  विपद् न्यूनीकरणका लागि पनि पूर्ण रुपमा तयारी गरेको बताउछन् । “गत हप्ता विपद्सम्बन्धी पूर्वतयारीका लागि बैठक पनि बसेको थियो । त्यसमा सचेत रहन सबैका लागि सूचना पनि जारी गरेका थियौँ । हाम्रो गाउँपालिकामा रहेको जेसिबीलाई पनि तम्तयार अवस्थामा राखेका छौँ,” उनी भन्छन् । 

उनले कुनै ठाउँमा घटना घट्यो भने पनि सबै निकायलाई तयारी अवस्थामा राखिएको बताए । जडारीगाडले बाटो क्षति पु-याएका ठाउँमा पनि वैकल्पिक बाटो बनाएको छ । उनका अनुसार घाटखोला, खातीगाउँ, कालुखेतीमा वैकल्पिक बाटो तयार पारिएको छ । 

“पहिरोजन्य ठाउँमा पनि नजानका लागि सर्वसाधारणमा अनुरोध गरेका छौँ”, अध्यक्ष खाती  भन्छन्, “गाउँपालिकाभरि आएका पहिरामा नहिँड्नका लागि पनि सबैलाई आग्रह गरेका छौँ । कुनै घटना घटिहालेमा तत्काल उद्धारका लागि सुरक्षा निकायलाई ‘हाइअलर्ट’मा राखेका छौँ ।” 

उनले गाउँपालिकामा गर्भवतीको अवस्था हेरेर सरकारी हेलिकोप्टरको व्यवस्था गर्ने जानकारी दिए । “असोजमा हुने सुत्केरीको नामावली तयार पार्न स्वास्थ्य संयोजकलाई निर्देशन दिएका छौँ । बच्चा जन्माउन नसक्ने अवस्था भएमा तत्काल हेलिकोप्टरमार्फत ‘रिफर’ गर्नेछौँ । यसका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेका छौँ”, उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending