काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी प्रत्याक्रमणले रुसको योजनामा कुनै परिवर्तन नहुने बताएका छन्।
उक्त मामिलामा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै पुटिनले त्यसो भनेका हुन्। युक्रेनी फौजले एउटा उल्लेखनीय उपलब्धिका रूपमा पूर्वोत्तरको खार्किभ क्षेत्रमा ६ दिनमा ८ हजार वर्ग किलोमिटरभन्दा बढी भू-भाग आफ्नो नियन्त्रणमा आएको बताएको छ।
तर पुटिनले आफू हतारमा नरहेको र युक्रेनको डोन्बास क्षेत्रमा आक्रमण जारी रहने बताए। उनले रुसले हालसम्म आफ्नो पूर्ण सैन्य शक्ति नखटाएकोमा पनि जोड दिए।
"डोन्बासमा हाम्रो आक्रामक अपरेशन रोकिएको छैन। उनीहरू (हाम्रा सेना) अगाडि बढिरहेका छन्। धेरै तीव्र गतिमा होइन तर उनीहरूले क्रमशः धेरै र अधिक क्षेत्र नियन्त्रणमा लिइरहेका छन्," उनले उज्बेकिस्तानमा एउटा शिखर सम्मेलनपछि भने।
पूर्वी युक्रेनको औद्योगिक डोन्बास क्षेत्रमा रुसी नियन्त्रण केन्द्रित छ। पुटिनले त्यहाँका रुसी भाषा बोल्नेहरूको आम नरसंहार रोक्न आफूहरूले आक्रमण गरेको गलत दाबी गर्दै आएका छन्।
डोन्बासका केही भागहरू सन् २०१४ देखि रुसी-समर्थित पृथकतावादीहरूले कब्जा गरेका छन्। युक्रेनले हालै प्रत्याक्रमण सुरु गरेको खार्किभ भने डोन्बासको भाग होइन।
पुटिनको चेतावनी
शुक्रवार पुटिनले रुसी सेनाको एक हिस्साले मात्र युक्रेनमा लडिरहेको बताउँदै यदि युक्रेनी आक्रमण जारी रहेमा "थप गम्भीर" जवाफ दिने धम्की पनि दिए।
"म के स्मरण गराउन चाहन्छु भने रुसी सेना पूर्ण रूपमा लडिरहेको छैन ... केवल व्यावसायिक सेना मात्र लडिरहेको छ।"
अहिलेसम्म रुसले युक्रेनविरुद्ध आधिकारिक रूपमा युद्धको घोषणा गरेको छैन र आफ्नो आक्रमणलाई "विशेष सैन्य कारबाही" मात्र भनेको छ।
तर रुसले हालैका दिनमा भोगेको क्षतिपछि केही क्रेमलिन समर्थक टिप्पणीकारले थप बल परिचालन गर्न आह्वान गरेका छन्।
हालै बाहिरिएको एउटा गोप्य भिडिओमा एउटा निजी सैन्य कम्पनीले भाडाका सैनिकहरू भर्ती गर्ने प्रयास गरेको देखिन्छ।
त्यसले रुसले लड्न इच्छुक पर्याप्त मानिस फेला पार्न सङ्घर्ष गरिरहेको सङ्केत गर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: