काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी प्रत्याक्रमणले रुसको योजनामा कुनै परिवर्तन नहुने बताएका छन्।
उक्त मामिलामा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै पुटिनले त्यसो भनेका हुन्। युक्रेनी फौजले एउटा उल्लेखनीय उपलब्धिका रूपमा पूर्वोत्तरको खार्किभ क्षेत्रमा ६ दिनमा ८ हजार वर्ग किलोमिटरभन्दा बढी भू-भाग आफ्नो नियन्त्रणमा आएको बताएको छ।
तर पुटिनले आफू हतारमा नरहेको र युक्रेनको डोन्बास क्षेत्रमा आक्रमण जारी रहने बताए। उनले रुसले हालसम्म आफ्नो पूर्ण सैन्य शक्ति नखटाएकोमा पनि जोड दिए।
"डोन्बासमा हाम्रो आक्रामक अपरेशन रोकिएको छैन। उनीहरू (हाम्रा सेना) अगाडि बढिरहेका छन्। धेरै तीव्र गतिमा होइन तर उनीहरूले क्रमशः धेरै र अधिक क्षेत्र नियन्त्रणमा लिइरहेका छन्," उनले उज्बेकिस्तानमा एउटा शिखर सम्मेलनपछि भने।
पूर्वी युक्रेनको औद्योगिक डोन्बास क्षेत्रमा रुसी नियन्त्रण केन्द्रित छ। पुटिनले त्यहाँका रुसी भाषा बोल्नेहरूको आम नरसंहार रोक्न आफूहरूले आक्रमण गरेको गलत दाबी गर्दै आएका छन्।
डोन्बासका केही भागहरू सन् २०१४ देखि रुसी-समर्थित पृथकतावादीहरूले कब्जा गरेका छन्। युक्रेनले हालै प्रत्याक्रमण सुरु गरेको खार्किभ भने डोन्बासको भाग होइन।
पुटिनको चेतावनी
शुक्रवार पुटिनले रुसी सेनाको एक हिस्साले मात्र युक्रेनमा लडिरहेको बताउँदै यदि युक्रेनी आक्रमण जारी रहेमा "थप गम्भीर" जवाफ दिने धम्की पनि दिए।
"म के स्मरण गराउन चाहन्छु भने रुसी सेना पूर्ण रूपमा लडिरहेको छैन ... केवल व्यावसायिक सेना मात्र लडिरहेको छ।"
अहिलेसम्म रुसले युक्रेनविरुद्ध आधिकारिक रूपमा युद्धको घोषणा गरेको छैन र आफ्नो आक्रमणलाई "विशेष सैन्य कारबाही" मात्र भनेको छ।
तर रुसले हालैका दिनमा भोगेको क्षतिपछि केही क्रेमलिन समर्थक टिप्पणीकारले थप बल परिचालन गर्न आह्वान गरेका छन्।
हालै बाहिरिएको एउटा गोप्य भिडिओमा एउटा निजी सैन्य कम्पनीले भाडाका सैनिकहरू भर्ती गर्ने प्रयास गरेको देखिन्छ।
त्यसले रुसले लड्न इच्छुक पर्याप्त मानिस फेला पार्न सङ्घर्ष गरिरहेको सङ्केत गर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: