साओपाउलो । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रुपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्को लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो ।
मङ्गलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरुमा अहिले महामारी कम भएको देखिएको छ भन्दै तर पनि महामारी अहिले घटेको भए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो ।
युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले सो कुरा बताएको हो । उनले भनेका छन्– यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ । युरोपियन देशहरुले आगामी दिनमा यो महामारीको अर्को लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरुको तयारीमा लाग्नुपर्छ ।
उनले युरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताएका छन्। उनले गएका दुई वर्षदेखि यो ऋतुमा कोभिडको महामारी बढेको पाइएकोले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने बताए ।
उनले पहिलेका वर्षहरुका तुलनामा पछिल्लो समयमा विकासित भएका कोभिडका नयाँ प्रजातिहरुको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुन सक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १४:००
म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार पुन नेकपा (एमाले...
फाल्गुन २२ गते, २०८२ - १३:५३
घोराही। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिएको छन् । ...
फाल्गुन २२ गते, २०८२ - १३:४६
सर्लाही। सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोले अग्रता लिएको छन् । प्रारम्भिक मतपरिणाम अनुसार रास्...
फाल्गुन २२ गते, २०८२ - १३:३७
सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना सुरू भएको छ। प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेश सिंह ९७६ मतसहित अग्रस्थानमा छन्। उनका न...
फाल्गुन २२ गते, २०८२ - १३:२९
दोलखा। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचन एक क्षेत्र रहेको दोलखामा दिउँसो ३ बजेबाट मत गणना सुरु हुने भएको छ । बिहान ११ बजे बसेको सर्वदल...
फाल्गुन २२ गते, २०८२ - १३:१९
काठमाडौं । बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न आम जनताले देखाएको शान्त व...
फाल्गुन २२ गते, २०८२ - १३:१३
दाङ। प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ । सुरुवाती चरणदेखि अग्रता क...
फाल्गुन २२ गते, २०८२ - १३:०७
विराटनगर : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङका ६ वटै क्षेत्रमा मतगणना जारी रहँदा ५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्र...
फाल्गुन २२ गते, २०८२ - १२:३४
चितवन। चितवन-२ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मत गणनाको क्रममा ठूलो अग्रता लिएका छन्। १६,२८३ मत गणना ...
फाल्गुन २२ गते, २०८२ - १२:१५
पोखरा । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ। कांग्रेसका योगेश गौचन ले एमालेका इन्द्र धारा विष्ट लाई हराउँदै विजयी भएका...



प्रतिकृया लेख्नुहोस्: