Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

युरोपलाई कोभिडको नयाँ लहरका लागि तयार रहन आग्रह

खबरडबली संवाददाता

साओपाउलो । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रुपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्को लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो ।

मङ्गलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरुमा अहिले महामारी कम भएको देखिएको छ भन्दै तर पनि महामारी अहिले घटेको भए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो ।  

युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले सो कुरा बताएको हो । उनले भनेका छन्– यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ । युरोपियन देशहरुले आगामी दिनमा यो महामारीको अर्को लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरुको तयारीमा लाग्नुपर्छ ।

उनले युरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताएका छन्। उनले गएका दुई वर्षदेखि यो ऋतुमा कोभिडको महामारी बढेको पाइएकोले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने बताए ।

उनले पहिलेका वर्षहरुका तुलनामा पछिल्लो समयमा विकासित भएका कोभिडका नयाँ प्रजातिहरुको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुन सक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम विधार्थी मोर्चाको अगुवाईमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रेका छन् । मो...

एन्फा महिला लिग : पुलिस र चन्द्रपुरको गोलरहित बराबरी

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।  ललितपुरको सातदोवाटोस्थित एन्फा मै...

शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा

काठमाडौँ । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्...

सर्वसाधारणका लागि भोलीदेखि धरहरा खुला, निःशुल्क चढ्न पाइने

काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा सर्वसाधारणका लागि  भोलीदेखि खुला रहने भएको छ । २७ भदौको मन्त्रिपरिषद बैठकले ३ असोजदेखि अन्तरिम ...

नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने...

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई धारण...

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ४ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से ४ अङ्कले घटेर २५७६. ७६ विन्दुमा रोकिएको हो । आज ३२० कम्पनिको कारोबार हुदा एक करोड ३९ ...

विद्यालय शिक्षा ऐन छिटो पारित गर्छौंः शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएको छिन् । आइतबार रा...

रामेछाप पहिरोमा ज्यान गुमाएका र बेपत्ताका परिवारलाई राहत रकम दिन समस्या

रामेछाप। हकवाला पहिचान हुन नसक्दा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरोमा ज्यान गुमाएका तीन जना र बेपत्ता दुई जनाको परिवारलाई सरकारले अझै ...

रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । यस अघि आइपिएल टिम दिल्ली क्यापिट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy