बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि बैतडीमा पाँच मतदान केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदाता सङ्ख्याको आधारमा मतदानकेन्द्र थप गरिएका हुन् । जिल्लाको दशरथचन्द नगरपालिकाका तीन, मेलौली नगरपािलका र पुर्चौँडी नगरपािलकामा एकरएक मतदान केन्द्र थप गरिएका छन् । दशरथचन्द नगरपालिका–१ मा रहेको मणिलेक मावि र गुरुखोलामा दुई मतदान केन्द्र रहेकोमा थप एक गर्दै तीन केन्द्र बनाइएका छन् ।
दशरथचन्द नगरपालिका–४ मा रहेको शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका–५ को वडा कार्यालय पल्लाचौँडाली, पुर्चौँडी नगरपालिका–६ मा रहेको जनता मावि रौनालीचौर, मेलौली नगरपालिका–२ मा रहेको कोटेश्वर माविमा एक मतदान केन्द्र रहेकोमा त्यहाँ पनि एकरएक थप्दै दुई बनाइएका छन् । यस्तै यहाँका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गरिएको छ । आवश्यकतानुसार ११ ओटा मतदानस्थलमध्ये ६ ओटा नाम परिवर्तन गरिएको छ, भने पाँच ओटाको स्थान परिवर्तन गरिएको हो ।
दशरथचन्द नगरपालिका–५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौँडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय र वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राखिएको छ ।
यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राखिएको छ । यस्तै पुर्चौँडी नगरपालिका–७ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ७ को कार्यालय नाम राखिएको छ । यस्तै पाँच ओटा मतदानस्थलको ठाउँ परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका–८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरी, साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका–२ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धर्मघर मावि सलेना, दोगडाकेदार गाउँपालिका–७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भूमेश्वर आधारभूत विद्यालय रिखाली र सिगास–४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल वडा नं ४ को कार्यालयमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी नाम र स्थान परिवर्तन गर्न यसअघि आयोगलाई सिफारिस गरिएको र सोही सिफारिसको आधारमा परिवर्तन भएर आएका हुन् । जिल्लामा एक सय २९ ओटा मतदानस्थलका दुई सय १० ओटा मतदान केन्द्र रहेका छन् ।
बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछन् । गत वैशाखमा सम्पन्न स्थानीय तको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६०६ मतदाता रहेका थिए । यहाँ प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:२३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। ...
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...




प्रतिकृया लेख्नुहोस्: