Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री खापुङ

खबरडबली संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु रोग नियन्त्रण गर्न देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताएका छन् । डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत महाशाखा प्रमुखको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा वडासम्म नै उक्त अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खापुङले भने, “सबैभन्दा धेरै जनतासँग जोडिने स्थानीय तहको पनि वडामा जनप्रतिनिधिको नेतृत्वमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सकेमा अझ बढी प्रभावकारी हुने हाम्रो बुझाइ छ । सोहीअनुसार नियन्त्रणका लागि अगाडि बढेका छौँ ।”

प्रत्येक शनिबारको बिहान उक्त अभियान सञ्चालन गर्न आमनागरिकलाई पनि आह्वान गर्दै आएको उनले सुनाए । “आफ्नो घर, छर–छिमेक, गमला, खाल्डाखुल्डी, पानी जमेका ठाउँ खोजेर नष्ट गर्ने अभियानमा सहभागिता जनाउन मन्त्रालयबाट सम्पूर्णलाई आह्वान गरिएको छ”, उनले भने ।

डेङ्गु नियन्त्रणका लागि विद्यालय, होटल एशोसिएशनसँग छलफल गरेर अभियान सञ्चालन गर्नेबारे छलफल भइरहेको उनको भनाइ छ । डेङ्गुका बिरामीलाई उपचार गर्न सबै अस्पताल ‘अपडेट’ गराएको उहाँले जानकारी दिए । सिटामोल अभावबारे औषधि उत्पादकसँग पटकपटक छलफल गरिएको र बजारमा औषधि अभाव हुन नदिन समझदारी निर्णय भएको उहाँले स्पष्ट पारे। डेङ्गु रोग नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन भएका छन ।  

डेङ्गुले बिहान र बेलुका बढी टोक्ने भएकाले विशेष गरि दिउँसो शरीर ढाक्ने लुगा लगाउन आग्रह गर्दै उनले भने, “लामखुट्टे नियन्त्रण गर्नु यसको सबैभन्दा पहिलो उपाय हो । घर बाहिर निस्कदा, यताउता हिँड्दा पूरै जीउ ढाक्ने लुगा लगाउनुपर्छ, सकेसम्म आफैँ सचेत हुनुपर्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

विश्वकप क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ खेल तालिका

काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...

एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...

मुहान क्षेत्रका बासिन्दाले पानी नपाए मेलम्चीको आपूर्ति रोक्ने सांसद पाण्डेको चेतावनी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...

नख्खु कारागारबाट फरार प्रतिवादी मकवानपुरबाट पक्राउ

हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...

प्रतिनिधिसभामा विपक्षीको अडान कायम, प्रधानमन्त्रीसँग सदनमै जवाफ माग

काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कथित दोहोरो मापदण्ड अपनाएको सांसद राईको आरोप

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?

सांसद राईको असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?

काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending