काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताएका छन्।
आजदेखि यहाँ शुरु भएको नाडा इभी अटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरका कारण उत्पादनमूलक उद्योगको विकास र विस्तारमा समस्या देखा परेको बताए ।
उनले भने, “जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला रु पक्कै पनि हुँदैन । यहाँ समस्या छ । यो समस्या हल गर्नुपर्छ ।”
उनले बिना लगानी सहजै रूपमा ब्याज आउँछ भने किन उत्पादनमा लगाउने रु भन्ने प्रवृत्तिको विकास हुन जाने भएकाले त्यसको निराकरणका लागि मन्त्रालयले पहल गरिरहेको उल्लेख गरे।
उनले पछिल्ला दिनमा देखिएको यस्ता समस्याको निरुपणका लागि गम्भीर किसिमको निष्कर्ष निकालिने र केही न केही हल आवश्यक रहेको स्पष्ट पारे। उनले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने र सबैले जिम्मेवारी लिने हो भने यस्ता समस्याहरु हल हुने विश्वास व्यक्त गरे ।
उनले अर्थतन्त्र बलियो बनाउनका सबै तह र तप्काका बीचमा साझा सहकार्यको जरुरी रहेको र निर्यात बढाउँदै आयात प्रतिस्थापन गर्ने सन्दर्भ नै उत्तम विकल्प भएको धारणा राखे।
उनले भने, “हामी सबै लागौँ । निजी क्षेत्रलाई काम गर्न थप सहज पार्ने हो । जुनसुकै अवस्थामा पनि हामी नेपाली आफैँ आफ्नो उत्पादनमा बाँच्न सक्ने हुनुपर्छ ।”
उनले विद्युतीय सवारी साधन सँगसँगै हाइड्रोजनबाट चल्ने सवारी साधनका बारेमा पनि सोच्नुपर्नेमा जोड दिए। उनले भने, “धेरैको ध्यान अहिले त्यसतर्फ गइरहेको पनि छ । तर, यसलाई व्यावसायिकरूपले कसरी उत्पादन गर्ने भनेर सोच्न आग्रह गर्छु ।”
उनले अबको समय भनेको ग्रिन हाइड्रोजनको भएकाले हामीले पनि त्यतातिर जानुपर्ने बताए। अर्थमन्त्री शर्माले जुनसुकै चुनौती आए पनि हामी आफैँ बाच्न सक्छौँ र थेग्न सक्छौँ भन्ने स्तरमा मुलुकलाई पु¥याउनुपर्नेमा जोड दिए।
उहाँले हाल बढी भएको बिजुली निर्यात भइरहेको सन्दर्भ जोड्दै त्यसलाई उत्पादनमा लगाउनुपर्ने उल्लेख गरे। उनले भने, “हामीले विद्युत् निर्यात गर्ने नभएर विद्यत्बाट उत्पादित वस्तुहरुको निर्यात गर्ने हो । अब विद्युत्बाट उत्पादित हाइड्रोजनको निर्यात गर्ने हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: