काठमाडौं । चुनावमा जाने कुनै तार्किक एजेन्डा र कार्यक्रम नै नभएको एमालेले पार्टी प्रवेशको राजनीतिलाई एकमात्र चुनावी प्रचार स्टन्ट बनाइरहेको छ । त्यसको पछिल्लो उदाहरण हो, पूर्व आइजी सर्वेन्द्र खनालको ‘एमाले प्रवेश’।
सबैलाई थाहा छ, सर्वेन्द्र खनाल एमालेकै मान्छे हुन् । २०७७ को सुरुमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याउँदा महेश बस्नेतलाई सर्वेन्द्रले नै साथ दिएका थिए । त्यतिबेला ओलीका मान्छेहरूले त्यो अपहरण आइडिया सर्वेन्द्रकै हो भनेर आफूलाई बचाउ गरेका थिए ।
अपहरणको उद्देश्य के थियो भने आफ्नै पार्टी समेत फुटाउने नियतले तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेश अनुसार पहिला जनता समाजवादी पार्टीलाई फुटाउनु । अनि फुटेको पक्षसंग एकता गरेर आफ्नो ४० प्रतिशत पुर्याउनु ।
संविधानमा पार्टी फुटाउन ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य हुनैपर्ने प्रावधान छ । जसलाई फेरेर ओलीले ‘४० प्रतिशत सांसद वा ४० प्रतिशत केन्द्रीय सदस्य’ भए हुने अध्यादेश ल्याएका थिए ।
आम बिरोधपछि ओली उक्त अध्यादेश खारेज गर्न बाध्य भए । तर, त्यस प्रकरणको लगत्तै आफूलाई कसैले एमालेको रूपमा बुझे कुनै आपत्ति नहुने सार्वजनिक प्रतिक्रिया सर्वेन्द्रले दिएका थिए । अपहरित जसपा सांसद डा. यादव भने भागेर पार्टी सम्पर्कमा पुगेका थिए ।
तिनै सर्वेन्द्र आइतबार एमालेमा आएको र अब एमालेलाई ठुलो पार्टी बन्न कसैले नरोक्ने दाबी गरिरहे। उनले ओलीजस्तो राष्ट्रवादी आफूले अरू कोही प्रधानमन्त्री नदेखेको समेत बताउन भ्याए।
‘मेरो कार्यावधिभर सातवटा प्रधानमन्त्री पाएँ। तर, उहाँजस्तो राष्ट्रवादी प्रधानमन्त्री अरू कोही पनि मैले पाइनँ। त्यसैले उहाँकै शीतल छहारी पाउने विश्वासका साथ एमाले रोजेँ’ उनको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: