काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जालमार्फत आफू स्तब्ध र मर्माहत बनेको उल्लेख गर्दै दुर्घटनामा ज्यान गुमाउने अधिकांश नागरिक सिस्ने गाउँपालिका–५ टाकुराका रहेको जनाएका छन्।
उनले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रचण्डले घाइतेको निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न तथा मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्। साथै, उद्धार र राहत कार्य प्रभावकारी बनाउन सुरक्षा निकायसँग समन्वय गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको पनि बताएका छन्।
यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सडक सुरक्षा तथा आवश्यक पूर्वतयारी मजबुत बनाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै प्रचण्डले प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
रुकुम पूर्व–रोल्पा सडकखण्डमा भएको यो दुर्घटनाले फेरि एकपटक दुर्गम क्षेत्रको सडक सुरक्षा, सवारी व्यवस्थापन र आपतकालीन उद्धार प्रणालीमाथि प्रश्न उठाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - २०:३८
झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध ...
बैशाख २३ गते, २०८३ - २०:२९
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा जोडिइसकेको दाबी गरेका छ...
बैशाख २३ गते, २०८३ - २०:२४
काठमाडाैँ। संयुक्त राज्य अमेरिका र इरानबिच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति ...
बैशाख २३ गते, २०८३ - २०:१८
सुर्खेत । गुराँस गाउँपालिका का अध्यक्ष टोपबहादुर बिसी माथि प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेको आरोप लागेको छ। वैशाख २१ गते दिउँसो करिब २...
बैशाख २३ गते, २०८३ - २०:१०
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्क...
बैशाख २३ गते, २०८३ - १९:३८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्य...
बैशाख २३ गते, २०८३ - १९:३४
काठमाडौं। वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हु...
बैशाख २३ गते, २०८३ - १९:३३
काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर...
बैशाख २३ गते, २०८३ - १९:२९
बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्म...
बैशाख २३ गते, २०८३ - १९:२५
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।...


प्रतिकृया लेख्नुहोस्: