Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बैतडीका मतदान केन्द्रको सुरक्षा अवस्थाबारे अनुगमन

खबरडबली संवाददाता
बैतडी । बैतडीका मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालिएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमन/निरीक्षण कार्यको अनुगमन थालेको हो । हालसम्म जिल्लाका नौ स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन/निरीक्षणकार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्करबहादुर बोहोराले जानकारी दिनुभयो । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको छ । उनले भने, “१० स्थानीय तह रहेको यहाँको पञ्चेश्वर बाहेक सबै स्थानीय तहका मतदानस्थल र मतदान केन्द्रको अनुगमन÷निरीक्षण गरिएको छ, त्यहाँ पनि केही दिनमै जाने तयारी छ ।” निर्वाचनको तयारीस्वरुप जिल्लाका स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन÷निरीक्षण कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने,“मतदानस्थल र केन्द्रको भौतिक अवस्था, सुरक्षा संवेदनशीलतालगायतका पक्षमा अनुगमन गरिएको छ, मतदानस्थल र मतदान केन्द्र अपाङ्गमैत्री छन् कि छैनन् ? सुरक्षा संवदेनशीलताका के छ ? भन्ने विषयमा अध्ययन गरेका छौँ । त्यहीअनुसार निर्वाचनमा अगाडि बढ्छौँ ।”
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending