Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भोलि मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

खबरडबली संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भोलि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विभिन्न प्रतियोगितामा नेपाल र बङ्गलादेश हालसम्म २६ पटक आमने सामने भएका छन् । जसमध्ये आधाभन्दा बढि खेलमा बङ्गलादेश विजयी भएको छ ।

नेपाल र बङ्गलादेशको पछिल्लो भेट भने सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा भएको थियो । त्यतिबेला नेपाल र बङ्गलादेशलले १–१ गोलको बराबरी खेलेका थिए । उक्त प्रतियोगिताको लागि एन्फाले भिआइपितर्फ रु एक हजार र साधारण प्याराफिटतर्फ रु पाँच सय मूल्य तोकेको छ । त्यसैगरी एन्फाले यस खेलका लागि भिआइपीतर्फको ८० वटा सिट रु पाँच हजारको दरले मूल्य तोकेको छ । 

फुटबल खेललाई सहयोग गर्ने चाहने व्यक्तिका कदर र सहजै टिकट उपलब्ध गर्नको लागि रु पाँच हजार मूल्य राख्ने निर्णय गरेको एन्फाले जनाएको छ । टिकट भने अनलाइन नभइ भौतिक रुपमा नै बिक्री हुनेछ । नेपाली टोलीमा कप्तान किरण चेम्जोङसहित विशाल श्रेष्ठ, दीपक कार्की, विकास कुथु, रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजबंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल, सुदीप गुरुङ, तेज तामाङ र सेसेहाङ आङदेम्बे छन् । 

त्यसैगरी विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्युठकुरी, एरिक विष्ट, विमल घर्तीमगर, अन्जन विष्ट, हृतिक खड्का, मनिस डाँगी र आषिश चौधरी छन् 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...

जसपाले शुक्रबार बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त, ७ सेल अश्रुग्यास प्रहार

धनुषा ।धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।   प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहि...

मोदी र गान्धीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले जारी गर्याे नोटिस

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी ...

कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

सुर्खेत । नेपाली कांगे्रसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्म...

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविर...

क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ ...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएको छन् । प्राकृतिक स्रोतमा धनी ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies