Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ज्यानै लिने कोइली खोला, पुल माग्दै भलवाडवासी

खबरडबली संवाददाता

कपिलवस्तु । जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडवासीलाई एउटै कुराले पिरोल्छ कोइलीखोला कसरी तर्ने । दशकौँदेखि पक्की पुल माग गर्दै आएका भलवाडवासीका लागि उक्त खोला प्रत्येक वर्ष कालजस्तै बन्दै आएको छ ।

गएको साउन महिनामा एक दम्पतीलाई बिहानीपख जङ्गलबाट घर फर्कने क्रममा दिलबहादुर सुनार र राममाया सुनारलाई कोइलीखोलाले बगाउँदा उनीहरुको मृत्यु भयो । यति मात्र होइन, दुई वर्ष अगाडि विद्युत् प्राधिकरण गजेहडा वितरण केन्द्रको गाडी पनि बगायो । असोजको पहिलो हप्ता आएको बाढीले बगाउँदा तत्कालीन वितरण केन्द्रका प्रमुख कृष्ण पौडेलसहित तीन जनाको मृत्यु भयो भने  तीन जना पौडिएर बाँच्न सफल भएका थिए । यी त ठूला दुर्घटना मात्र हुन् । हरेक वर्ष कोइलीखोलाले मानवीय तथा भौतिक क्षति गर्दै आएको छ ।
बाणगङ्गा नगरपालिका–९ मा पर्ने यो साविकको भलवाड गाविस हो । वरिपरिबाट खोलाले घेरेको यो वडा बर्खामा कपिलवस्तुबाट सम्पर्क विच्छेदजस्तै हुन्छ । पहाडबाट आउने उर्लँदो बाढी तरेर बर्खामा आवातजावत गर्नसक्ने सामर्थ्य वडावासीसँग छैन । खोला तर्नुको अर्को विकल्प पनि उनीहरुलाई छैन ।

अर्घाखाँचीसँग सीमा जोडिएको भलवाडवासी नुनदेखि सुनसम्मका लागि कोइलीखोला तरेरै जानुपर्छ । “कोही बिरामी भए भने तुरुन्त खोला तर्नुको विकल्पै छैन”, भलवाडका दीपक थापा भन्छन्, “घरमा खाद्यान्न सकियो भने पनि खोला तरेरै जानुपर्छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारीलाई पनि खोला तरेरै ड्युटी जानुको विकल्प छैन ।”

विसं २०३९ देखि भलवाडवासीले खोलामा पक्की पुल माग्दै आएका छन् । हरेक चुनावमा भलवाड उम्मेदवार जिताउने पहुँच राख्छ  तर जितेका उम्मेदवारले यहाँको समस्या बुझ्न सकेका छैनन् । “हरेक चुनावमा भलवाडवासीको एउटै माग हुन्छ, पुल चाहियो तर काम गरिदिने कोही भएनन्”, भलवाडका लक्ष्मी बेल्वासेले भने।

पञ्चायतदेखि राजा हुँदै गणतन्त्रसम्म आउँदा भलवाडवासीले एउटा पुल पनि पाएनन् । साविकको भलवाड गाविसका पूर्वअध्यक्ष कुमार मधु बेल्वासे विसं २०३९ मा मोतिपुरबाट भलवाड गाविस भएदेखि नै कोइली खोलामा पुल माग्दै आएको स्मरण गर्छन्। “पञ्चायतकालदेखि पुल माग्दै आए पनि गणतन्त्रले सम्म पनि सुनेन”, उनी भन्छन् । 

विसं २०५४ मा आफू वडाध्यक्ष भएपछि कजवेमात्र  बनाउन सकेको बेल्वासेको भनाइ छ । विसं २०७४ मा निर्वाचित प्रदेशसभा सदस्य विष्णु पन्थी कोइलीखोलामा पुल बनाउन आफूले निरन्तर पहल गरिरहेको बताउछन्  । आर्थिक वर्ष २०७६(७७ मा प्रदेश सरकारले बनगाई, मोतीपुर, भलवाड–डोहोटे सडकखण्ड बनाउन लागेको र यसैमा जग्गा विवादका कारण काम रोखिएको उनको भनाइ छ  ।

भलवाड सामान्य गाउँ होइन, सिङ्गो जिल्लाको उत्तरी भेगको वडा हो । पहाडबाट बसाइँ सरी आउनेको गन्तव्य भलवाड हुने गरेको छ । कृषिको उर्वरा भूमि, नजिकै जङ्गलको सुविधा, अर्घाखाँचीसँग सीमा जोडिँदा र  हावापानी पनि राम्रो हुनाले सबैको रोजाइ भलवाड हुने गरेको छ । विगतमा थारू समुदायको बाहुल्यता हुने गरे पनि आजभोलि पहाडिया समुदायको भलवाडमा बाक्लो बसोबास छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...

जसपाले शुक्रबार बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त, ७ सेल अश्रुग्यास प्रहार

धनुषा ।धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।   प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहि...

मोदी र गान्धीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले जारी गर्याे नोटिस

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी ...

कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

सुर्खेत । नेपाली कांगे्रसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्म...

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविर...

क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ ...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएको छन् । प्राकृतिक स्रोतमा धनी ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies