Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद, अघि बढ्यो नेतृत्व चयन प्रक्रिया

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय गरेको छ ।

पार्टीको निर्णय अनुसार सुरुमा उमेर हद लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् आउने परिणामको आधारमा गरिने छ । त्यसपछि बल्ल नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिने । यो प्रक्रिया यही पुस महिनाभित्र सम्पन्न गरिसक्ने तयारी छ ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले निर्वाचनको मोडालिटी टुंगो लागिसकेकाले आज कार्यतालिका सार्वजनिक हुने सम्भावना रहेको बताए । ‘हामीले आज पार्टीको निर्वाचन आयोगसँग छलफल गर्दैछौं । निर्वाचन कहाँ–कहाँ कसरी–कसरी गर्ने भन्ने कुरा छलफलबाट टुंगो लागिसकेपछि कार्यतालिका आजै सार्वजनिक हुनसक्छ ।’

३२ वर्षे उमेर हदमा भोटिङ

गत असोज १० गतेदेखि कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्ष उमेर हदको विकल्पमा भोटिङ गर्ने भनिएको थियो । तर विवादका कारण सम्मेलन स्थलमा तोडफोड भएपछि सम्मेलन स्थगित गरेर २३ र २४ मंसिरमा गर्ने भनिएको थियो । तर निर्धारित समयमा सम्मेलन हुन सकेन ।

अहिले भने ३२ वर्ष उमेर हद कायम गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको फ्र्याक्सन इन्चार्ज शर्माले जानकारी दिए । ‘अब उमेर हदमा एउटा मात्र विकल्प छ । ३२ वर्ष उमेर हद लगाउने कि नलगाउने भनेर भोटिङ हुन्छ र त्यसबाट जे नतिजा आउँछ, त्यही अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्छ ।’

स्रोतका अनुसार उमेर हद सम्बन्धी चुनाव जिल्ला–जिल्लामा गराउने तयारी छ । त्यसपछि नेतृत्व चयनको लागि चुनाव हुने छ । ३२ वर्षे उमेर हद लागू भए अध्यक्षका डेढ दर्जन दाबेदार प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।

विवाद समाधान

भोटिङ सुरु गर्नुअघि विभिन्न जिल्लाको प्रतिनिधि विवाद समेत समाधान गरिसकिएको छ । नवलपुर, कास्की, ताप्लेजुङ, काभ्रे, सिटिइभिटी जिल्ला कमिटीको विवाद समाधान गरिएको एक नेताले जानकारी दिए । ‘तीमध्ये कतिपय जिल्लाबाट प्रतिनिधिहरुको दुईवटा नामावली आएका थिए, केहीमा सिनियर छुटेको, केहीमा छात्रा छुटेको भन्ने कुराहरु थिए,’ ती नेताले अनलाइनखबरसँग भने, ‘त्यो विवादका कारण पनि राष्ट्रिय सम्मेलनमा उमेर हदको विषयमा भोटिङ हुन सकेको थिएन । अहिले सर्वसम्मत रुपमा विवाद समाधान गरिएकाले अब भोटिङ गराउनका लागि छलफल अघि बढेको छ ।’

स्रोतका अनुसार अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुन्नका लागि २३ सय २३ जना प्रतिनिधि निश्चित गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रबि लामिछानेको तस्विर सार्बजनिक गर्ने डा. भुषालमाथी कारबाही हुने

पोखरा  । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको हिरासतको तस्विर सार्बजनिक गर्नेलाइ कारबाही हुने भएको छ ।  जिल्ला प्रहरी कार्यालय, कास्कीले ह...

यात्रुबस दुर्घटना हुँदा ५० जनाको मृत्यु, ७६ जना घाइते

काठमाडाैं  । अफगानिस्तानमा बस दुर्घटना हुदाँ ५० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी अफगानिस्तानमा दुईवटा राजमार्ग दुर्घटनामा परी ५० जनाको मृत्यु भएको ह...

कारोबारको अन्तिम दिन उच्च अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ । अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार यो स...

नेविसंघमा देउवा–गगन पक्षका प्रतिनिधि छानिदा शेखर पक्ष असन्तुष्ट

काठमाडौं । नेपाल विद्यार्थी संघभित्र प्रतिनिधि खटाएको विषयलाई लिएर विवाद देखिएको छ । नेविसंघले १२ औं महाधिवेशन केन्द्रीत राष्ट्रव्यापी सदस्यता वितरण ए...

अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद, अघि बढ्यो नेतृत्व चयन प्रक्रिया

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय गरेको छ । ...

महोत्तरीमा आगलागी हुँदा १० लाख बढीको क्षति

काठमाडौं । महोत्तरीमा विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ । नगरपालिका- १ स्थित औरहीबजारमा १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले...

सिंहदरबार वैद्यखानामा स्वास्थ्य मन्त्रीको अनुगमन

औषधीको उत्पादन बढाउनचाहिने खर्च सरकारले दिन्छ, तलब बाँड्नका लागि सरकारको मुख नताक्नुस्

युवती हत्याको आरोपमा एक जना पक्राउ

काठमाडौं । १७ वर्षीया युवतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घादिङ गजुरी गाउँपालिका–३ भई हाल काठमाडौं महानगरपाल...

रविको हिरासतभित्रको फोटो आफुले खिचेको डा‍ निकोलस भुसालकाे प्रष्टिकरण

भाइरल गराउन, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy