Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

नेविसंघमा देउवा–गगन पक्षका प्रतिनिधि छानिदा शेखर पक्ष असन्तुष्ट

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्यार्थी संघभित्र प्रतिनिधि खटाएको विषयलाई लिएर विवाद देखिएको छ । नेविसंघले १२ औं महाधिवेशन केन्द्रीत राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियानका लागि ७७ जिल्ला र क्याम्पसहरूमा प्रतिनिधि खटाएको छ ।

प्रतिनिधिले बैठक बोलाउन सहजीकरण गर्ने, सदस्यता वितरण कार्यका लागि तल्लो तहमा प्रतिनिधि खटाउने, राय, सुझाव संकलन गर्ने लगायतका कार्य गर्नेछन् ।

७ पुसबाट तोकिएको क्षेत्रमा काम गर्ने गरी ७७ जिल्ला र ११३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि छनोट गरिएको छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा एक जना र दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा भने दुई जना प्रतिनिधि तोकिएको छ ।

सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा निकटका विद्यार्थी नेताहरू प्रतिनिधि बनेका छन् । प्रतिनिधिमा सहभागी नभएका संस्थापनइतरका नेता डा।शेखर कोइराला पक्षका विद्यार्थीले आपत्ति जनाएका छन् ।

केन्द्रीय सदस्य प्रतिनिधि बनाएर पठाउनु विधान विपरित हुने कोइराला पक्षधर विद्यार्थी नेता प्रेमिका रानामगरले बताइन् । ‘अधिवेशन गराउनका लागि केन्द्रले प्रतिनिधि खटाउन सक्छ तर सदस्यता वितरणका लागि खटाउन मिल्दैन,’ रानामगरले अनलाइनखबरसँग भनिन्, ‘अधिवेशन नगराउने मनसायले विवाद सिर्जना गर्नका निमित्त यो काम भएको छ ।’

प्रतिनिधि छनोट गर्दा आफ्नो पक्षसँग संवाद नगरिएको रानामगरले दाबी गरिन् । यता, संस्थापन पक्षले भने विधान विषय उठाउनु तर्कहीन भएको उल्लेख गरेको छ । प्रतिनिधि चयन हुँदा ४० शेखर पक्षकालाई हुनुपर्ने माग रहेकाले सहमति बन्न नसकेको संस्थापन पक्षको भनाई छ ।
सदस्यता वितरण र सुझाव संकलनका लागि प्रतिनिधि खटाउन विधानले नरोक्ने संघका प्रवक्ता सुरज सेजुवाल बताउँछन् । ‘उहाँहरूले प्याकेजमा भागबन्डा चाहियो भन्नुभएको थियो । ४० प्रतिशत प्रतिनिधि माग्नुभयो,’ सेजुवालले भने, ‘महामन्त्री गगन पक्षलाई जति दिने हो हामी नै दिन्छौं भनेर अडान राख्नुभयो ।’

समूहभित्रको आपसी समस्या प्रतिनिधि छनोटको क्रममा शेखर पक्षका विद्यार्थी नेताहरुले देखाएको प्रवक्ता सेजुवालले बताए । प्रतिनिधिमा कतिपय शेखर पक्षका पनि सहभागी भएको सेजुवालको दाबी छ ।

जिल्ला र क्याम्पस गरेर करिब तीन सय जनालाई प्रतिनिधि बनाइएको छ । त्यसमध्ये एक सय २१ जना महामन्त्री थापा निकट भएको उनी निकटका विद्यार्थी नेताहरुले दाबी गरेका छन् । प्रतिनिधि छनोट र सदस्यता वितरणमा सहमति बने अनुसार जिल्ला र क्याम्पसहरुमा प्रतिनिधि खटाउने कार्य भएको महामन्त्री थापा निकट विद्यार्थी नेता सुशान्त आचार्यले जानकारी गराए सदस्यता बाँड्ने संगठनको नियमित कार्य भएकाले आपत्ति जनाउने विषय नभएको अर्का विद्यार्थी नेता सुवास पौडेलले बताए ।

प्रतिनिधि छनोटप्रति आपत्ति जनाएका शेखर पक्षका विद्यार्थीहरूले संघमा समानान्तर गतिविधि गर्ने चेतावनी दिएका छन् । संस्थापनइतरको विद्यार्थी नेता रानामगरले महाधिवेशन गर्ने गरी आफ्नो पक्षले प्रतिनिधि खटाउने बताइन् ।

संघका अध्यक्ष दुजाङ शेर्पाको कार्यप्रति आपत्ति जनाउँदै संस्थापनइतर पक्षले विज्ञप्ति निकालेको छ । अध्यक्षको गैर जिम्मेवारी र अर्कमण्यताका कारण संघ लगाम विनाको घोडा जस्तो देखिएको असन्तुष्ट पक्षले जनाएको छ । अध्यक्षको गतिविधिले संगठन भित्र विवाद सिर्जना गर्ने कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संगठनको गरिमालाई धमिल्याउने निजि शैक्षिक संस्थाहरूमा संघका नाममा चन्दा असुली गर्ने, देशभरि संगठनलाई धरासायी बनाउदै संगठनको अस्तित्व कोमामा पु¥याउने कार्य अध्यक्ष शेर्पाले गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।

२०७३ सालपछि संघको अधिवेशन हुन सकेको छैन । त्यसयता तदर्थ समितिमा सञ्चालित संघमा ७५२ जनाको कार्यसमिति छ । पार्टीले यसैवर्षभित्र १२ औं महाधिवेशन गर्न संघलाई निर्देशन दिएको छ । अधिवेशन गराउनका लागि पार्टीबाट सहजीकरण र समन्वय गर्नका लागि सहमहामन्त्री किशोरसिंह राठोरलाई निर्देशक समितिको संयोजक तोकिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अदालतले खोले पनि कांग्रेसभित्र ‘गाँठो’ बाँकी : एकता कुरा, अविश्वास गहिरो

काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...

यस्तो छ आजका लागि कालीमाटी तरकारी बजारमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...

बेनीमा शान्ति पार्क बनाउने योजना अन्योलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...

सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...

सुकुम्बासी बस्ती खालि गर्न अगाडि बढ्यो प्रहरी

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...

थापाथलीमा ‘डोजरको घडी’ : सवा ८ पछि कारबाही, पहिले आफैँ सामान सार्न व्यस्त स्थानीय

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending