Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नवौँ राष्ट्रिय खेलकुद : उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा

खबरडबली संवाददाता

पोखरा । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रंगशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन्। 

प्रतियोगिताअन्तर्गत १५ खेल र केही फाइनल खेल पोखरा रंगशालामा हुने भएका छन्। प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रंगशालाभित्र ‘इनडोर’ र ‘आउटडोर’ खेल सञ्चालन हुनेछन्। पोखरा रंगशालाभित्र एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट (महिला), टेनिस, बक्सिङ, भलिबल (पुरुष), जिम्न्यास्टिक, ह्याण्डबल (महिला र पुरुष), सफ्ट टेनिस र स्क्वासका खेल हुनेछन्।

यसैगरी उसु, बास्केटबल (पुरुष), आर्चरी, फेन्सिङ र खोखो (महिला र पुरुष) खेल हुने तय भएको छ। पुरुष फुटबल पोखराकै गोस्तेघाट खेलमैदानमा तथा पोखरा रंगशालामा हुनेछन्। महिला फुटबल स्याङ्जाको वालिङ, पृथ्वीनारायण क्याम्पस र पोखरा रंगशालामा हुने तय भएको छ। 

पोखरा रंगशाला बाहिर केही खेल स्थल तोकिएका छन्। फुल कन्ट्याक्ट कराते र जुडो पोखराको प्रदर्शनी केन्द्र, शारीरिक सुगठन पोखरा सभागृह, पौडी फिस्टेल एकेडेमी तथा टेबल टेनिस कोल्मा बाहकोट समाजघरमा हुनेछ। महिला हक्की गण्डकी बोर्डिङ स्कुल  र पुरुषको गौरीशंकर खेलमैदान, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघ, गल्फ हिमालयन गल्फ कोर्ष, साइक्लिङ रानीवन, ट्रायथोलन लेकसाइड, प्याराग्लाइडिङ सराङकोट, रग्वी भण्डारढिक खेलमैदान र कबड्डी रञ्जित पार्टी प्यालेसमा सञ्चालनको तयारी गरिएको छ।

प्रतियोगिताका ३६ खेलमध्ये सुटिङबाहेक गण्डकीमा हुँदैछन्। पूर्वाधार नभएकाले सुटिङ काठमाडौंमा हुने खेलस्थल व्यवस्थापन समितिका उपसमितिका संयोजक राजेश गुरुङले बताए। पुरुष क्रिकेट यसअघि नै काठमाडौंमा सम्पन्न भइसकेको छ। गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ बाहेकका जिल्लामा खेल खेलाइँदैछ। राष्ट्रिय खेलकुद आउन अब दुई साता बाँकी रहँदा तोकिएका खेलका पूर्वाधारको मर्मत र सरसफाइ सुरु भएको छ। 

प्रतियोगितालाई भव्य बनाउन पूर्वाधार स्तरोन्नति सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए। उनका अनुसार तोकिएका खेलस्थललाई खेल्न योग्य बनाउने तथा पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ, पानीको व्यवस्थालगायत काम भइरहेका छन्। दशैँअघि पूर्वाधारको मर्मत सम्पन्न गर्ने योजना छ।

‘राष्ट्रिय खेलकुदका लागि तोकिएको खेल पूर्वाधारलाई राम्रो बनाउन स्तरोन्नति र मर्मत तथा सरसफाइ काम भइरहेको छ’, योगीले भने, ‘खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रंगरोगनलगायत काम सकेर व्यवस्थित प्रतियोगिता सञ्चालन गर्ने योजना छ।’

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय  खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट ७०० दुई खेलाडीले नाम दर्ता गराएका छन्। गण्डकीले सहभागिता जनाउने सबै खेलको अहिले विशेष प्रशिक्षण भइरहेको छ। दशैँलगत्तै बन्द प्रशिक्षण हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय दलहरूले नेपाललाई प्रभाव पर्ने कस्ता चुनावी मुद्दा अगाडि सारेका छन् ?

काठमाडौं । भारत सरकारले अघि बढाएका परराष्ट्र सम्बन्ध र छिमेकी देशहरूसँग सोझै जोडिने कतिपय विषयले पनि अहिले सुरु भएको निर्वाचनमा महत्त्वपूर्ण स्थान पाए...

माल्दिभ्सका राष्ट्रपति मुइज्जुको दललाई अत्यधिक बहुमत

काठमाडौं । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मा...

नेकपा एसले किन बोलायो स्थायी कमिटी बैठक ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा ज...

व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन सकेको छैन : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका ...

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला ...

फोहरबाट मोहर बनाउन जुटे रामेछापका युवा

रामेछाप । नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् । कागजजन्य फोहर सङ्कलन गरी अण्डा...

अर्थमन्त्री पुन भन्छन्- कसैको विरोध छैन, राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वा...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । ...

लोकतन्त्र दिवस- राजतन्त्र ढलेर नयाँ व्यवस्था आयो, जनतामा आशा पलाएन

काठमाडौं । वैशाख ११ गते, २०६२र०६३ को जनआन्दोलन सफल भएको दिन  आज लोकतन्त्र दिवस परेको छ। २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस म...

शुक्लाफाँटामा बढ्यो बाघको संख्या, दश बर्षमा १३ बाट ४४ पुग्यो

कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।  नि...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies