Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सप्तरीमा ६ हजार मतदाता थप

खबरडबली संवाददाता
सप्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई हजार पाँच सय ३९ महिला र तीन हजार तीन सय ९० मतदाता थपिएका हुन् । अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा भएका चार लाख १८ हजार तीन सय ७४ मतदाताले सप्तरीमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता सूचीमा नाम दर्ता भएका मतदातामध्ये दुई लाख १७ हजार दुई सय ८२ पुरुष, दुई लाख एक हजार ७१ महिला र २१ जना अन्य रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनुभयो । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा चार लाख १२ हजार चार सय ४५ मतदाता थिए । जस्मा महिला एक लाख ९८ हजार पाँच सय ३२, पुरुष दुई लाख १३ हजार आठ सय ९२ र २१ अन्य थिए । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी उमेश यादवका अनुसार सप्तरीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं १ मा ५८ हजार दुई सय २९ पुरुष, ५४ हजार नौ सय ५८ महिला र आठ अन्य गरी एक लाख १३ हजार एक सय ९५ मतदाता छन् । प्रदेशसभा १ ९क० मा ३० हजार दुई सय ८४ पुरुष, ३० हजार चार सय ८५ महिला र आठ अन्य गरी ६० हजार सात सय ७७ मतादाता छन् । प्रदेश १ ९ख० मा २७ हजार नौ सय ४५ पुरुष र २४ हजार चार सय ७३ महिला गरी ५२ हजार चार सय १८ मतदाता छन् । प्रतिनिधिसभा क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला र दुई अन्य गरी ९५ हजार तीन सय ९४ मतदाता रहेका छन् । प्रदेश २ ९क० मा २६ हजार आठ सय २२ पुरुष, २३ हजार ९६ महिला गरी ४९ हजार नौ सय १८ मतदाता छन् । प्रदेश सभा २ ९ख० २४ हजार दुई सय १५ पुरुष, २१ ह्जार दुई सय ५९ महिला र दुई अन्य गरी ४५ हजार चार सय ७६ मतदाता छन् । प्रतिनिधिसभा क्षेत्र नं ३ मा ५४ हजार आठ सय ३६ पुरुष, ५० हजार ५० महिला र ६ अन्य गरी एक लाख चार हजार आठ सय ९२ मतदाता छन् । प्रदेश ३ ९क० मा २८ हजार ४४ पुरुष, २६ हजार दुई सय तीन महिला र तीन अन्य गरी ५४ हजार दुई ५० मतदाता छन् । प्रदेशसभा ३ ९ख० २६ हजार सात सय ९२ पुरुष, २३ हजार आठ सय ४७ महिला र तीन अन्य गरी ५० हजार ६ सय ४२ मतदाता छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा ५३ हजार एक सय ८० पुरुष, ५१ हजार सात सय आठ महिला र पाँच अन्य गरी एक लाख चार हजार आठ सय ९३ मतदाता छन् । प्रदेश ४ ९क० मा २७ हजार तीन सय २९ पुरुष, २८ हजार ४७ महिला र पाँच अन्य गरी ५५ हजार तीन सय ८१ मतदाता छन् । प्रदेशसभा ४ ९ख० २५ हजार आठ सय ५१ पुरुष, २३ हजार ६ सय ६१ महिला गरी ४९ हजार पाँच सय १२ मतदाता छन् । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगन गरेको थियो । सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को राजविराज–७ स्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको नवनिर्मित भवनमा राखिएको छ । यसैगरी निवार्चन क्षेत्र नं १ को सर्वोदय मावि कञ्चनरूपमा, क्षेत्र नं ३ को शम्भुनाथ नगरपालिका–७ को कार्यालय कठौना र क्षेत्र नं ४ को खडक नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मौलिक परम्परा र वेशभूषा बिर्सन हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...

मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...

टुँडिखेलमा यसरी मनाइयो ‘विश्व ध्यान दिवस’

काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...

रास्वपाको केन्द्रीय समिति बैठकबारे आन्तरिक छलफल, रविलाई ३ बजे स्वागत गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै, समावेशी कोटामा हेरफेर

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...

मुस्ताङमा ९५ क्यामरामार्फत हुँदै छ हिउँ चितुवाका सर्वेक्षण

मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...

सप्तरीको कञ्चनरुपमा आगलागीपछि झडप: दुई जनामाथि चुलेसी प्रहार, पाँच जना फरार

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...

नोबेल अस्पतालको भवनबाट खसेर प्रशिक्षार्थी चिकित्सकको मृत्यु

विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending