Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

सप्तरीमा ६ हजार मतदाता थप

खबरडबली संवाददाता
सप्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई हजार पाँच सय ३९ महिला र तीन हजार तीन सय ९० मतदाता थपिएका हुन् । अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा भएका चार लाख १८ हजार तीन सय ७४ मतदाताले सप्तरीमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता सूचीमा नाम दर्ता भएका मतदातामध्ये दुई लाख १७ हजार दुई सय ८२ पुरुष, दुई लाख एक हजार ७१ महिला र २१ जना अन्य रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनुभयो । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा चार लाख १२ हजार चार सय ४५ मतदाता थिए । जस्मा महिला एक लाख ९८ हजार पाँच सय ३२, पुरुष दुई लाख १३ हजार आठ सय ९२ र २१ अन्य थिए । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी उमेश यादवका अनुसार सप्तरीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं १ मा ५८ हजार दुई सय २९ पुरुष, ५४ हजार नौ सय ५८ महिला र आठ अन्य गरी एक लाख १३ हजार एक सय ९५ मतदाता छन् । प्रदेशसभा १ ९क० मा ३० हजार दुई सय ८४ पुरुष, ३० हजार चार सय ८५ महिला र आठ अन्य गरी ६० हजार सात सय ७७ मतादाता छन् । प्रदेश १ ९ख० मा २७ हजार नौ सय ४५ पुरुष र २४ हजार चार सय ७३ महिला गरी ५२ हजार चार सय १८ मतदाता छन् । प्रतिनिधिसभा क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला र दुई अन्य गरी ९५ हजार तीन सय ९४ मतदाता रहेका छन् । प्रदेश २ ९क० मा २६ हजार आठ सय २२ पुरुष, २३ हजार ९६ महिला गरी ४९ हजार नौ सय १८ मतदाता छन् । प्रदेश सभा २ ९ख० २४ हजार दुई सय १५ पुरुष, २१ ह्जार दुई सय ५९ महिला र दुई अन्य गरी ४५ हजार चार सय ७६ मतदाता छन् । प्रतिनिधिसभा क्षेत्र नं ३ मा ५४ हजार आठ सय ३६ पुरुष, ५० हजार ५० महिला र ६ अन्य गरी एक लाख चार हजार आठ सय ९२ मतदाता छन् । प्रदेश ३ ९क० मा २८ हजार ४४ पुरुष, २६ हजार दुई सय तीन महिला र तीन अन्य गरी ५४ हजार दुई ५० मतदाता छन् । प्रदेशसभा ३ ९ख० २६ हजार सात सय ९२ पुरुष, २३ हजार आठ सय ४७ महिला र तीन अन्य गरी ५० हजार ६ सय ४२ मतदाता छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा ५३ हजार एक सय ८० पुरुष, ५१ हजार सात सय आठ महिला र पाँच अन्य गरी एक लाख चार हजार आठ सय ९३ मतदाता छन् । प्रदेश ४ ९क० मा २७ हजार तीन सय २९ पुरुष, २८ हजार ४७ महिला र पाँच अन्य गरी ५५ हजार तीन सय ८१ मतदाता छन् । प्रदेशसभा ४ ९ख० २५ हजार आठ सय ५१ पुरुष, २३ हजार ६ सय ६१ महिला गरी ४९ हजार पाँच सय १२ मतदाता छन् । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगन गरेको थियो । सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को राजविराज–७ स्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको नवनिर्मित भवनमा राखिएको छ । यसैगरी निवार्चन क्षेत्र नं १ को सर्वोदय मावि कञ्चनरूपमा, क्षेत्र नं ३ को शम्भुनाथ नगरपालिका–७ को कार्यालय कठौना र क्षेत्र नं ४ को खडक नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेस प्रदेशका कर्मचारीको तलब १० प्रतिशतले बढ्ने

काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशतले बढाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारले उक्त निर...

प्रतिनिधिसभामा सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेको छन् । बैठकमा ‘विनियोजन विधेयक, ...

एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध गर्न पुनर्गठन आवश्यक : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु आवश्यक रहेको बताएक...

रास्वपा कर्णाली प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। पार्टी स्रोतका अनुसार वर्तमान सभापति मदन खड...

मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे ज्ञानबहादुर शाहीको टिप्पणी: कडा सन्देश हो, हिंसा होइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दिएको ‘खुट्टा भाँच्ने’...

नक्कली पाँच सयका नोटसहित बबिता थापा पक्राउ

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार ...

दुई दिनमै ४१ जना लागुऔषध सम्बन्धी घटनामा संलग्न पक्राउ

दमक । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, ...

निर्माणाधीन संसद् हलको निरीक्षण गर्दै सभामुख अर्यालले भने: अब निश्चित मिति चाहियो

समयमै काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी

नेपाल–भारत सीमामा पर्खाल लगाउन सांसद आशिका तामाङको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाक...

प्रहरीको भूमिकामाथि हर्क साम्पाङको प्रश्न

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending