काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रतिगमनकारी शक्तिले सत्ता गठबन्धन भत्काएर देशलाई फेरि प्रतिगमनतर्फ लैजान खोजेको बताएको छ। सिट बाँडफाँटमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र भइरहेको बताएको छ।
सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा)का नेताहरू आजको गठबन्धन बैठकमा सहभागी भएनन्। जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू नेकपा एमालेसँग चुनावी तालमेलका लागि अन्तिम तयारीमा रहेको बताइएको छ। १६ सिट पाउने भएपछि गठबन्धनसँग असहमति जनाउँदै अध्यक्ष यादव बिहीबार बालकोट पुगेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको ड्राफ्टसमेत भएको बताइएको छ।
सोही सन्दर्भमा अध्यक्ष प्रचण्डको सचिवालयले संविधानको रक्षाका लागि गठबन्धन बनेको र त्यो भत्काउँदा संघीयता र प्राप्त उपलब्धिमाथि घात हुने बताएको छ। गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमा बनेको भन्दै प्रचण्डका स्वकीय गंगा दाहालले गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस् भन्ने आफूहरूको चाहना रहेको बताएकी छन्। यही मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतन्त्र , संघीयता र प्राप्त उपलब्धिमाथि घात हुने उनको ठहर छ।
प्रचण्डका स्वकीय दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सत्ता या अरू लाभहानी खोज्न चाहना राखेको भए दुई-दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरूले एमालेसँग मिलेर सत्ता लाभ लिन सक्थे। तर लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरू जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वाभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौं।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
मंसिर १ गते, २०८० - १५:३१
काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ । बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...
प्रतिकृया लेख्नुहोस्: