Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

नेटो देशहरूले युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बलियो पार्ने

खबरडबली संवाददाता

काठमाडौं । नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ। 

पछिल्ला क्षेप्यास्त्र हमलापछि यूके, क्यानडा, फ्रान्स र द नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन्। 

अमेरिकाले यसअघि नै त्यस्तो बाचा गरेको थियो।  जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ। 

ब्रसल्सस्थित पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा त्यस्ता बाचाहरू गरिएका हुन्। 

ऐतिहासिक

किएभले उक्त सम्मेलनलाई "ऐतिहासिक" बताएको छ। किएभका अनुसार गत सोमवार र मङ्गलवार रुसले युक्रेनी ऊर्जा पूर्वाधार र अन्य गैरसैनिक निशानामा १०० भन्दा धेरै क्षेप्यास्त्र र कैयौँ ड्रोनहरूमार्फत् हमला गरेको थियो।

हमलाको पहिलो दिनमा कम्तीमा १९ जना मानिसहरू मारिएका थिए। त्यससँगै कैयौँ युक्रेनी सहरहरूमा व्यापक रूपमा विद्युत् अवरुद्ध हुनुका साथै पानीको आपूर्ति काटिएको छ। 

रुसी राष्ट्रपति पुटिनले ती हमलाहरू रुसलाई अधीनस्थ क्राइमियासँग जोड्ने एउटा मुख्य पुलमा भएको प्रहारको जबाफ भएको बताएका छन्। 

क्राइमियालाई मस्कोले सन् २०१४ मा आफूमा गाभेको थियो। रुसले शनिवार उक्त पुलमा भएका विस्फोटन युक्रेनको गुप्तचर निकायले गराएको बताउँछ जुन दाबीलाई किएभले खारेज गरेको छ। 

कस्ता सहयोग ?

यूकेले हवाई प्रतिरक्षा सम्बन्धी क्षेप्यास्त्र प्रणालीहरू र सूचना सङ्कलन र बन्दोबस्त क्षमताका निम्ति सयौँ हवाई ड्रोनहरू युक्रेनलाई दिनेछ। 

उसले लामो दूरी प्रहार गर्ने १८ वटा हाविज्जर आर्टिलरी गन समेत दिनेछ। लण्डनले त्यस्ता ६४ वटा अस्त्र यसअघि नै दिएको छ। 

यूकेका रक्षामन्त्री बेन वालेस भन्छन्, 'यी अस्त्रहरूले युक्रेनलाई हमलाहरूबाट आफ्नो आकाशको रक्षा गर्न र आफ्नो समग्र क्षेप्यास्त्र प्रतिरक्षा बलियो पार्न सघाउनेछ।'

बुधवार ब्रसल्समा बोल्दै अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले "उनीहरू [युक्रेनी]लाई प्रभावकारी बनाउन चाहिने कुरा सुनिश्चित गर्न हामीले सक्ने सबै कुरा गर्ने" बताए। 

फ्रेन्च राष्ट्रपति एमानुएल माँक्रोले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताए।  तर फ्रान्स टू टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले त्यो कुन प्रणाली हो भन्ने चाहिँ प्रस्ट पारेनन्। 

उनले त्यसको मुख्य काम भनेको मानिसहरूलाई ड्रोनबाट सुरक्षित राख्नु हुने बताए। द नेदरल्यान्ड्सले डेढ करोड युरो पर्ने हवाई रक्षा सम्बन्धी क्षेप्यास्त्र प्रणाली दिने जनाएको छ। 

क्यानडाले ४ करोड ७० लाख  क्यानडेली डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने बाचा गरेको छ जसमा भूउपग्रह सञ्चार र ड्रोन क्यामेराहरू समेटिएका छन्। 

हवाई कवच

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महिनौँदेखि आफ्ना साझेदारहरूलाई युक्रेनको "हवाई सुरक्षा कवच" सिर्जना गर्न हवाई प्रतिरक्षा प्रणालीहरू उपलब्ध गराउन आग्रह गर्दै आएका थिए। 

बुधवारको भिडिओ सन्देशमा उनले भनेका छन्, "रुसी आतङ्क जति बढी ढिट र निर्मम बन्दै जान्छ त्यति नै बढी विश्वले युक्रेनलाई आफ्नो आकाश सुरक्षाका लागि सहयोग गर्दै जानेछ जुन हाम्रो समयमा युरोपका लागि सबैभन्दा महत्त्वपूर्ण मानवीय कार्य हो।"

रुसले बारम्बार युक्रेनका साझेदारहरूलाई त्यस्ता परिष्कृत अस्त्र प्रणाली उपलब्ध गराउने कदमविरूद्ध चेतावनी दिँदै आएको छ। त्यसो गर्दा उनीहरू २४ फ्रेब्रुअरीमा सुरु भएको युक्रेन युद्धमा सहभागी भएको ठहर्ने मस्कोको जोड छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending