Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

नेटो देशहरूले युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बलियो पार्ने

खबरडबली संवाददाता

काठमाडौं । नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ। 

पछिल्ला क्षेप्यास्त्र हमलापछि यूके, क्यानडा, फ्रान्स र द नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन्। 

अमेरिकाले यसअघि नै त्यस्तो बाचा गरेको थियो।  जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ। 

ब्रसल्सस्थित पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा त्यस्ता बाचाहरू गरिएका हुन्। 

ऐतिहासिक

किएभले उक्त सम्मेलनलाई "ऐतिहासिक" बताएको छ। किएभका अनुसार गत सोमवार र मङ्गलवार रुसले युक्रेनी ऊर्जा पूर्वाधार र अन्य गैरसैनिक निशानामा १०० भन्दा धेरै क्षेप्यास्त्र र कैयौँ ड्रोनहरूमार्फत् हमला गरेको थियो।

हमलाको पहिलो दिनमा कम्तीमा १९ जना मानिसहरू मारिएका थिए। त्यससँगै कैयौँ युक्रेनी सहरहरूमा व्यापक रूपमा विद्युत् अवरुद्ध हुनुका साथै पानीको आपूर्ति काटिएको छ। 

रुसी राष्ट्रपति पुटिनले ती हमलाहरू रुसलाई अधीनस्थ क्राइमियासँग जोड्ने एउटा मुख्य पुलमा भएको प्रहारको जबाफ भएको बताएका छन्। 

क्राइमियालाई मस्कोले सन् २०१४ मा आफूमा गाभेको थियो। रुसले शनिवार उक्त पुलमा भएका विस्फोटन युक्रेनको गुप्तचर निकायले गराएको बताउँछ जुन दाबीलाई किएभले खारेज गरेको छ। 

कस्ता सहयोग ?

यूकेले हवाई प्रतिरक्षा सम्बन्धी क्षेप्यास्त्र प्रणालीहरू र सूचना सङ्कलन र बन्दोबस्त क्षमताका निम्ति सयौँ हवाई ड्रोनहरू युक्रेनलाई दिनेछ। 

उसले लामो दूरी प्रहार गर्ने १८ वटा हाविज्जर आर्टिलरी गन समेत दिनेछ। लण्डनले त्यस्ता ६४ वटा अस्त्र यसअघि नै दिएको छ। 

यूकेका रक्षामन्त्री बेन वालेस भन्छन्, 'यी अस्त्रहरूले युक्रेनलाई हमलाहरूबाट आफ्नो आकाशको रक्षा गर्न र आफ्नो समग्र क्षेप्यास्त्र प्रतिरक्षा बलियो पार्न सघाउनेछ।'

बुधवार ब्रसल्समा बोल्दै अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले "उनीहरू [युक्रेनी]लाई प्रभावकारी बनाउन चाहिने कुरा सुनिश्चित गर्न हामीले सक्ने सबै कुरा गर्ने" बताए। 

फ्रेन्च राष्ट्रपति एमानुएल माँक्रोले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताए।  तर फ्रान्स टू टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले त्यो कुन प्रणाली हो भन्ने चाहिँ प्रस्ट पारेनन्। 

उनले त्यसको मुख्य काम भनेको मानिसहरूलाई ड्रोनबाट सुरक्षित राख्नु हुने बताए। द नेदरल्यान्ड्सले डेढ करोड युरो पर्ने हवाई रक्षा सम्बन्धी क्षेप्यास्त्र प्रणाली दिने जनाएको छ। 

क्यानडाले ४ करोड ७० लाख  क्यानडेली डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने बाचा गरेको छ जसमा भूउपग्रह सञ्चार र ड्रोन क्यामेराहरू समेटिएका छन्। 

हवाई कवच

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महिनौँदेखि आफ्ना साझेदारहरूलाई युक्रेनको "हवाई सुरक्षा कवच" सिर्जना गर्न हवाई प्रतिरक्षा प्रणालीहरू उपलब्ध गराउन आग्रह गर्दै आएका थिए। 

बुधवारको भिडिओ सन्देशमा उनले भनेका छन्, "रुसी आतङ्क जति बढी ढिट र निर्मम बन्दै जान्छ त्यति नै बढी विश्वले युक्रेनलाई आफ्नो आकाश सुरक्षाका लागि सहयोग गर्दै जानेछ जुन हाम्रो समयमा युरोपका लागि सबैभन्दा महत्त्वपूर्ण मानवीय कार्य हो।"

रुसले बारम्बार युक्रेनका साझेदारहरूलाई त्यस्ता परिष्कृत अस्त्र प्रणाली उपलब्ध गराउने कदमविरूद्ध चेतावनी दिँदै आएको छ। त्यसो गर्दा उनीहरू २४ फ्रेब्रुअरीमा सुरु भएको युक्रेन युद्धमा सहभागी भएको ठहर्ने मस्कोको जोड छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending