Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

चुनावी मैदानमा डाक्टरहरु

खबरडबली संवाददाता

काठमाडौं। बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त छन्। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।

आजको गोरखापत्र दैनिकमा खबर छ–चिकित्सकहरूले सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माण गर्ने र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने मुद्दा अगाडि सारेका छन्। स्वास्थ्यको पहुँचलाई सर्वव्यापी बनाएर निःशुल्क स्वास्थ्य, गाउँ–गाउँमा स्वास्थ्य सेवा, प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका कार्यसूचीसहित उनीहरू चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसका डा। शशाङ्क कोइरालाले नवलपुर–१ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनी आँखारोग विशेषज्ञ हुन्। यस्तै नेपाली कांग्रेसका डा। शेखर कोइरालाले मोरङ–६ बाट उम्मेदवारी दिएका छन्।

यसैगरी चितवन–३ बाट नेकपा ९माओवादी केन्द्र० का तर्फबाट डा। भोजराज अधिकारीले उम्मेदवारी दिएका छन्। वरिष्ठ फिजिसियन डा। अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्। ललितपुर–३ बाट शल्यचिकित्सक डा। तोसिमा कार्की पनि चुनावी मैदानमा उत्रिएकी छिन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा। कार्कीले राजनीति गर्ने व्यक्ति देशका लागि भन्दा पनि स्वार्थका लागि प्रेरित भएकाले आफू चुनावी मैदानमा उत्रिनुपरेको बताइन्। उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी हुन्।

काठमाडौँ–५ मा राप्रपाका तर्फबाट प्राडा रामप्रसाद उप्रेती चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी स्याङ्जा–२ ९ख० मा नेकपा एमालेबाट डा। बुद्धिमान श्रेष्ठले उम्मेदवारी दिएका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालक डा। सुनील शर्माले मोरङ–३ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यमा डा। फरेन्द्र शाहले उम्मेदवारी दिएका छन्। वरिष्ठ बाल रोग विशेषज्ञ डा शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

सप्तरी–३ मा हाम्रो नेपाली पार्टीबाट डा। नवीन मण्डल, रौतहट–१ मा राष्ट्रिय जनमत पार्टीबाट डा। राजेन्द्रप्रसाद साह, महोत्तरी–४ मा जसपाबाट डा। सुरेन्द्रकुमार यादव, रौतहट–२ मा नेपाली कांग्रेसबाट डा। फिर्दोस आलम र पर्सा–३ ९ख० मा जसपाबाट डा मधु गुप्ता चुनावी मैदानमा उत्रिएका छन्। यस्तै छाला तथा यौन रोग विशेषज्ञ डा। प्रसन्नकुमार झाले जनमत पार्टीबाट धनुषा–३ ९क० बाट उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै ललितपुर–२ बाट दन्तरोग विशेषज्ञ सुदिन शाक्य, ललितपुर–१ बाट डा। सचिन घिमिरेले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन्। रुपन्देही–२ बाट डा। निकोलस भुसालले उम्मेदवार दिएपनि उम्मेदवारी रद्द भएको छ। 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending