Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीको समझदारी भएको हो ?

खबरडबली संवाददाता

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सबैभन्दा धेरै दल मिलेर बनेको सत्ताधारी गठबन्धनले चुनावपछि बहुमत ल्याउने दाबी गरिरहे पनि सरकारको नेतृत्व कुन दलका नेताले गर्छन् भन्नेबारे खुलाएको छैन।

अहिले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र गठबन्धनको दोस्रो ठूलो साझेदार दल नेकपा माओवादी केन्द्र दुवै दलका नेताहरूले निर्वाचनमा गठबन्धनको बहुमत आए सरकारको नेतृत्वमा आफ्नो दाबी हुने सङ्केत गरेका छन्।

एक महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामबारे अहिले नै आकलन गर्ने आधार नभए पनि सत्ताधारी गठबन्धनले बहुमत ल्याएमा प्रमुख दुई दलबीच सरकारको नेतृत्वको विषय पेचिलो बन्न सक्ने ठानिएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि केही दलसँग चुनावी तालमेल गरेको छ। तर विपक्षी दलका नेताहरूले पनि आगामी सरकारको नेतृत्वबारे निर्वाचनअघि सार्वजनिक चर्चा गरेको पाइएको छैन।

माधव नेपालले कोट्याएको प्रसङ्ग

गठबन्धनमा सहभागी दलहरूले शनिवार काठमाण्डू क्षेत्र नम्बर-२ को काँडाघारीमा आयोजना गरेको कार्यकर्ता भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट प्रधानमन्त्रीका दाबेदारबारे प्रसङ्ग निकालेका थिए।

देशमा देखापर्न सक्ने समस्या समाधानका लागि गठबन्धनले पहल गर्ने आश्वासन दिँदै नेपालले सरकारको नेतृत्वबारे कुरा उठाए पनि त्यसबारे धेरै चर्चा गरेनन्।

"वर्तमानका त प्रधानमन्त्री हुँदै हुनुहुन्छ, भविष्यका पनि प्रधानमन्त्रीहरू यहीँ छन्," मञ्चमा बसिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ फर्किएर नेपालले भने।

नेपालले भनेजस्तै चुनावमा बहुमत आए देउवा र दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति हुनसक्ने गठबन्धनमा सहभागी दलका नेताहरू बताउँछन्।

नेतृत्वमा माओवादीको दाबी

माओवादी अध्यक्ष दाहालले गत महिना पोखरामा पत्रकारहरूसँग कुरा गर्दै चुनाव पछिको सरकारबारे गठबन्धनमा कुनै छलफल नभएको बताएका थिए।

आफू प्रधानमन्त्री बन्न चाहेको भए यसअघि र चुनावअघि पनि हुनसक्ने भए पनि आफूले उक्त कुरालाई प्राथमिकता नदिएको दाबी उनले गरेका थिए।

आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो? भन्ने पत्रकारको जिज्ञासामा दाहालले भने, "को पहिला भन्ने नटुङ्गिएको भन्ने सत्य होइन।"

"अहिले प्रधानमन्त्रीको कुरामा हाम्रो डिबेट (बहस) भएको पनि छैन र गर्नेमा पनि छैन," दाहालले भनेका थिए। "चुनावपछिको कुरा कस्तो हुन्छ चुनावको परिणामले देखाउने कुरा पनि हुन्छ।"

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निर्वाचनपछि सरकारको सम्भावनाबारे कुनै छलफल नभएको बताए।

"यसबारेमा कुनै सहमति भइसकेको छैन। सरकारको नेतृत्वमा हाम्रो स्वाभाविक दाबी रहन्छ। तर जे हुन्छ सहमतिको आधारमा हुन्छ," श्रेष्ठले  भने।

कोइरालाको 'सपना'

नेपाली कांग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालाले आगामी सरकारको नेतृत्वमा आफूले दाबी गर्ने बताएका छन्।

गत साता नवलपुरबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि कांग्रेस संस्थापक नेपा बिपी पुत्र शशाङ्कले चुनावपछि प्रधानमन्त्री बन्ने "सपना देखेको" बताए।

"प्रधानमन्त्रीको पदका लागि पनि मैले सोचेको छु," अहिले नै भन्न उपयुक्त नहुने भन्दै कोइरालाले पत्रकारहरूसँग भनेका थिए।

तपाईँ प्रधानमन्त्रीको उम्मेदवार हो? भन्ने प्रश्नमा उनले थपे, "एक किसिमले उम्मेदवार नै हो। पहिले जित्नुपर्‍यो, पार्टीमा छलफल हुनुपर्‍यो।"

तर कांग्रेस नेतृ चित्रलेखा यादवले चुनावपछि सरकारको नेतृत्वका विषमा पार्टीमा कुनै छलफल नभएको बताइन्।

"यसबारेमा अहिले कुनै छलफल भएको छैन। पहिले चुनावको परिणाम आउन दिऊँ," यादवले भनिन्।

'कुरा भएको छैन'

गठबन्धनको तेस्रो ठूलो साझेदार नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले चुनाव‍पछि सरकारको नेतृत्वबारे छलफलमा गठबन्धन प्रवेश नगरेको बताए।

"चुनावपछि को प्रधानमन्त्री बन्ने, के गर्ने भन्नेमा केही पनि कुरा भएको छैन," भुसालले भने।

सरकारको नेतृत्वमा तपाईँको दलको पनि दाबी हुन्छ? भन्ने प्रश्नमा उनले भने, "चुनावपछिको स्थितिबारे हाम्रो पार्टीमा पनि केही छलफल भएको छैन।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending