काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारी र परिणाममुखी बनाउन सत्ता गठबन्धनका दलले विभिन्न समिति बनाएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुध लामाको संयोजनमा आज सम्पन्न भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय, अपिल प्रकाशन, अनुगमान, वित्तीय व्यवस्थापन र प्रचारप्रसारका लागि ‘मिडिया डेस्क’ गठन गरेको छ ।
भेलाले लामाको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्वय समिति, कांग्रेस जिल्ला सचिव भीमसेन महतको संयोजकत्वमा अपिल प्रकाशन समिति, नेकपा(एकीकृत समाजवादी)का नेता ललित बस्नेतको संयोजकत्वमा अनुगमन समिति तथा नेकपा९माओवादी केन्द्र०का नेता प्रह्लाद लामिछानेको संयोजकत्वमा वित्तीय व्यवस्थापन समिति एवं प्रचारप्रसारका लागि नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीको संयोजकत्वमा मिडिया डेस्क स्थापना गर्ने निर्णय गरेको जिल्ला सभापति लामाले जानकारी दिनुभयो ।
कांग्रेस केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) तथा नेकपा (एकीकृत समाजवादीका) स्थायी सदस्य एवं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार विरोध खतिवडालगायत गठबन्धनका अन्य जिल्ला नेता र पदाधिकारीको उपस्थितिमा सो समिति गठन गरिएको हो ।
यसैबीच नेकपा (एमाले) पनि निर्वाचन लक्षित कार्यालय स्थापना गरेको छ । कार्यालयको एमालेका बागमती प्रदेश कमिटी सदस्य र एमाले निर्वाचन परिचालन मकवानपुरका संयोजक अनन्त पौडेलले उद्घाटन गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १२:३९
तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्व...
फाल्गुन २९ गते, २०८२ - १२:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...
फाल्गुन २९ गते, २०८२ - १२:०७
बैतडी। बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्। ...
फाल्गुन २९ गते, २०८२ - ११:५७
काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको...
फाल्गुन २९ गते, २०८२ - ११:५१
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको...
फाल्गुन २९ गते, २०८२ - ११:३९
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको...
फाल्गुन २९ गते, २०८२ - ११:२८
काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई...
फाल्गुन २९ गते, २०८२ - ११:०८
जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...
फाल्गुन २९ गते, २०८२ - १०:५९
म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...
फाल्गुन २९ गते, २०८२ - १०:३३
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका...


प्रतिकृया लेख्नुहोस्: