काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारी र परिणाममुखी बनाउन सत्ता गठबन्धनका दलले विभिन्न समिति बनाएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुध लामाको संयोजनमा आज सम्पन्न भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय, अपिल प्रकाशन, अनुगमान, वित्तीय व्यवस्थापन र प्रचारप्रसारका लागि ‘मिडिया डेस्क’ गठन गरेको छ ।
भेलाले लामाको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्वय समिति, कांग्रेस जिल्ला सचिव भीमसेन महतको संयोजकत्वमा अपिल प्रकाशन समिति, नेकपा(एकीकृत समाजवादी)का नेता ललित बस्नेतको संयोजकत्वमा अनुगमन समिति तथा नेकपा९माओवादी केन्द्र०का नेता प्रह्लाद लामिछानेको संयोजकत्वमा वित्तीय व्यवस्थापन समिति एवं प्रचारप्रसारका लागि नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीको संयोजकत्वमा मिडिया डेस्क स्थापना गर्ने निर्णय गरेको जिल्ला सभापति लामाले जानकारी दिनुभयो ।
कांग्रेस केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) तथा नेकपा (एकीकृत समाजवादीका) स्थायी सदस्य एवं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार विरोध खतिवडालगायत गठबन्धनका अन्य जिल्ला नेता र पदाधिकारीको उपस्थितिमा सो समिति गठन गरिएको हो ।
यसैबीच नेकपा (एमाले) पनि निर्वाचन लक्षित कार्यालय स्थापना गरेको छ । कार्यालयको एमालेका बागमती प्रदेश कमिटी सदस्य र एमाले निर्वाचन परिचालन मकवानपुरका संयोजक अनन्त पौडेलले उद्घाटन गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: