काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिला एउटै दलका सहकर्मीका साथै चुनावी तालमेल गरेर सहयात्री बनेका नेताहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा खडा भएका छन् ।
अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी र सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो ।
अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेका दल र नेताहरू अहिले सबैभन्दा नजिकका सहयोगी बन्न पुगेका छन् । पार्टीले दिएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै विद्रोही बनेकालाई छाड्ने हो भने प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमा पूर्वसहकर्मीसँग एमालेका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्दैछन् ।
एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्दै प्रतिस्पर्धामा उत्रिएको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले आगामी चुनावमा सोही पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछ ।
कांग्रेससँग गठबन्धन गर्दै प्रतिनिधिसभा सदस्यका लागि ४७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्रको धेरै ठाउँमा एमालेसँग प्रतिस्पर्धा हुने देखिन्छ । यो समाचारनागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - ०९:३०
संविधान संशोधन गर्न कार्यदल गठन गरिने
पौष ११ गते, २०८१ - ०९:०७
पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरग...
पौष ११ गते, २०८१ - ०९:०३
भरतपुर । महिला यू–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष...
पौष ११ गते, २०८१ - ०८:५८
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
पौष ११ गते, २०८१ - ०८:४१
दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड...
पौष ११ गते, २०८१ - ०८:००
काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले अन्य फौजदारी अभियोग लागेका व्यक्ति र रवि लामिछानेमाथि गरिएको व्यवहार फरक भएको आरोप लगाएका छन् । उनले...
पौष ११ गते, २०८१ - ०७:५०
काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । कम्युनिस्ट पार्टीलाई एकीकृत गर...
पौष ११ गते, २०८१ - ०७:४२
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छ...
पौष ११ गते, २०८१ - ०७:३८
काठमाडौं । देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ । प्...
पौष ११ गते, २०८१ - ०७:२२
पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौं, पोखरा, नारायणगढदेखि बुटवलबा...
प्रतिकृया लेख्नुहोस्: