Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

काठमाडौं-१० को चुनावी मैदानमा संघर्षशील नेतृ अन्जना

खबरडबली संवाददाता

काठमाडों । नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभाका लागि संघर्षशील नेतृ अन्जना विशंखेलाई मैदानमा उतारेको छ । काठमाडौंमै जन्मी हुर्की मुलुक परिवर्तनको आन्दोलनमा होमिएका विशंखे एक परिचित नाम हो ।

विशंखेको जन्म २०३१ साल असार २८ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका- १० सतुङ्गलमा भएको थियो । 

नेपालको वामपन्थी आन्दोलनमा समाहित महिला दलित उत्पीडित जातीजनजातिहरूको अधिकार प्राप्तिको आन्दोलनमा सदैव अग्रमोर्चामा रहने विशंखेले ३ वर्ष शिक्षण पनि गरेकी थिइन् । स्नातक तहसम्म अध्ययन गरेकी उनलाई नेपाली, अंग्रेजी, हिन्दी, नेवारी भाषाको ज्ञान छ ।

विशंखेले जनएकता साप्ताहिकको स्तम्भकारका रूपमा पनि कलम चलाइन् । विभिन्न पत्रपत्रिकाहरूमा उनका थुप्रै लेख रचनाहरू प्रकाशित छन् । चीन, बंगलादेश, श्रीलङ्का, भारत, अमेरीका, ब्राजिल, सिंगापुरको भ्रमण गरेकी विशंखेमा ती देशको जस्तै विकास र समृद्धी नेपालमा पनि ल्याउने हुटहुटी छ । सोही उद्देश्य पूर्तिका लागि आफू चुनावी मैदानमा होमिएको उनी बताउँछिन् ।

विशंखेले वि। सं। २०४५ सालमा नेकपा मालेनिकट अखिल नेपाल महिला सघंबाट राजनीतिक जीवन सुरु गरेकि थिइन् । उनी २०४७ मा नेपाल क्रान्तिकारी विद्यार्थी संघको सदस्य, २०४८ अनेरास्ववियु पद्मकन्या कलेजको उपाध्यक्ष, २०४८ अखिल नेपाल महिला संघ जिल्ला सदस्य, २०५० अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै २०५२ सालमा नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गरिन् ।

विशंखे २०५३ मा पूर्णकालीन कार्यकर्ता भइ कम्युनिष्ट आन्दोलनमा होमिएकी हुन् । २०५४ अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य, २०५६ नेकपा (एकता केन्द्र) को एरीया समिति, २०५७ मा जिल्ला समिति सदस्य हुदै २०५७ अखिल नेपाल महिला संघ महासचिव भइन् ।

नेकपा (एकता केन्द्र मसाल) पार्टीको २०५७ देखि २०५९ सम्म चितवन जिल्ला समिति सदस्य तथा पूर्वी क्षेत्रीय समिति इन्चार्ज भएकी विशंखे २०५९ मा नेकपा (एकता केन्द्र) की केन्द्रीय सदस्य भइन् । केन्द्रीय सदस्य भएपछि २०५९ देखि २०६३ सम्म मकवानपुर जिल्ला समिति सेक्रेटरी बनिन् ।

ऐतिहासिक २०६२र६३ को जनआन्दोलनमा काठमाडौंमा विशंखे घाइते तथा गिरफ्तार भइन् । उनी नेकपा (एकता केन्द्र) र नेकपा माओवादी एकतापछि २०६४ मा एनेकपा माओवादीकी केन्द्रीय समिति सदस्य बनिन् ।

२०६४ देखि २०७० भोजपुरा राज्य समिति सेक्रेटरी र २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला सघ (क्रान्तिकारी) को कार्यालय सदस्य तथा २०७३ मा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सचिवालय सदस्य बनिन् । 

२०७१ सालमा अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी महासंघको फ्र्याक्सन इन्चार्ज बनेकी विशंखे २०७३ देखि २०७४ सम्म प्रदेस नं ३ को कार्यालय सदस्यसँगै ललितपुर जिल्ला इन्चार्ज र २०७४ मा सम्पर्क समितिको फ्र्याक्सन इन्चार्ज भइन् ।

२०७४ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचमा एकता भएपछि उनी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला सह(ईन्चार्ज बनिन् । २०७८ मा नेकपा विभाजनपछि विशंखे माओवादी केन्द्रको छोटो समय बागमती प्रदेश समिति सचिव बनिन् ।

विशंखे २०७८ मा भएको नेकपा माओवादी केन्द्रको महाधिवेसनबाट स्थायी समिति सदस्यसहित बागमति प्रदेश सह ईन्चार्ज बनिन् ।

उनी २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य बनिसकेकी छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending