जुम्ला । देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी लक्ष्मी कुमाईंले बताए।
जुम्लामा मात्र उत्पादन हुने अति लोकप्रिय मार्सीधान यो वर्ष गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षाले क्षति पु¥याउँदा विशेषगरी सिञ्जा क्षेत्रका किसान मर्कामा परेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। सिञ्जाका सबै धान उत्पादन हुने खेतमा वर्षाले पूर्णरूपमा क्षति भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन जिल्लाका चन्दननाथ, तातोपानी, गुठीचौर, तिला र पातारासी गाउँपालिकामा यतिबेला घरमा धान भित्र्याउन सुरु भएको छ । मौसममा सुधार आएपछि जिउलोभरि मार्सीधान भित्र्याउा किसान लागिपरेका छन् । उनीहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त हुने गरेका छन् । एक हप्तासम्म वर्षा नभएको भए सबै धान घरमा ल्याइसकिने तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईंले बताए।
जुम्लामा चैतदेखि धान खेती सुरु हुन्छ । चन्दननाथ बाबाले प्रतिपादन गरेको भनिएको मार्सीधान निकै लोकप्रिय धान बाली हो । पछिल्लो समय रोगकिराको सङ्क्रमण र बीउ पुरानो भएकाले उत्पादनमा कमी आउन थालेको छ । अहिले जुम्ली किसान जिउलोमा धान काट्न र चुट्न व्यस्त छन् ।
मार्सी धानको चामल प्रतिकेजी रु एक सय ५० देखि दुई सयमा बिक्री हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिनुभयो । जुम्ली मार्सीधानका लागि किसानको आफ्नै प्रकारको क्यालेन्डर छ । सोहीअनुसार प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने गरिन्छ । सो दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । चैत १६ गते भिजाएको बीउ सुकाउने र चैत २० गते ब्याडमा लगेर छर्ने गरिन्छ ।
जेठ पहिलो सातादेखि धान रोप्न सुरु गर्ने, असारमा पहिलो सातामा गोडमेल गर्ने र २० दिनपछि दोस्रो गोडमेल हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष नौ सय ५० हेक्टरमा धान खेती गरिएकामा छ हजार सात सय ८५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सीधान उत्पादन हुने गरेको कार्यालयका प्राविधिक सुकिराम नेपालीले बताउनुभयो । जिल्लाका किसानलाई चन्दननाथ–१, ३ र लेकाली जातको धान सिफारिस गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
विश्वकै उच्च स्थानमा रहेको यहाँको पातारासी गाउँपालिकाको छुमचौर जिउलोमा मार्सीधानको खेतीसमेत हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: