Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

माओवादीबाट नुवाकोट-१ मा उम्मेदवार बनेका हितबहादुर

खबरडबली संवाददाता

काठमाडौं  ।  हितबहादुर तामाङ नुवाकोटमा मात्र नभएर राष्ट्रिय राजनीतिमै परिचित नाम हो । जनताको मुक्तिका लागि वर्गसंघर्षको भट्टीमा खारिएका उनी सदैव जनताको सुखदुःखमा साथैमा रहे ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा) मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिएका हुन् हितबहादुर तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तानका रूपमा उनको जन्म भएको हो । तामाङका एक दाइ एक भाइ र तीन दिदीबहिनी छन् ।

दुई छोरी र एक छोराका पिता हितबहादुर हाल काठमाडौंको चण्डोलको डेरामा सपरिवार बस्दै आएका छन् । दाजुभाइ सामान्य किसानी कर्ममा रहे हितबहादुर भने वर्गीय उत्पीडन परिवर्तनका लागि वर्गसंघर्षमा होमिए ।

हितबहादुरले नुवाकोटकै अमर ज्योति उच्च माध्यमिक विद्यालय खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेर सोही विद्यालयबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गरे । २०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष शिक्षण गरे ।

राजनीतिक पृष्ठभूमि

हितबहादुर १६ वर्षको कलिलो उमेरमै २०३६ सालमा मार्क्सवाद, लेनिनवाद तथा माओवादको दर्शनबाट प्रभावित भइ कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव भए । 

भ्रातृ संगठनमा सक्रिय रहँदै गर्दा उनले २०४७ सालमा नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिए । २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष तथा २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बने ।

२०४९ सालमा राष्ट्रिय सम्मेलनबाट डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त जनमोर्चाको केन्द्रीय समिति सदस्य बनेका उनि २०५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी) बने ।

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि तामाङ जनयुद्धमा सहभागी हुँदै भूमिगत भए । भूमिगतकालमा २०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । २०५८ सालमा नुवाकोट जिल्लाको जनसरकार प्रमुख,  २०५९ सालमा बाबुरामको नेतृत्वमा गठित केन्द्रीय जनपरिषद्को सदस्य र २०६० साल माघ १ गते ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बने ।

खुला राजनीतिमा होस् वा युद्धकालीन कठिन दिनमा तामाङ नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल रहे । उनको नेतृत्वदायी क्षमताको मूल्यांकन गर्दै २०५९ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो ।

तामाङ वर्गमुक्तिको आन्दोलनमा होमिँदा भारतमै जेल जीवन बिताउन बाध्य भए । २०६० साल जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले उनलाई गिरफ्तार गरी पटनास्थित जेलमा राख्यो । तर, पनि तामाङ झुकेनन् । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २५ महिनाको जेल जीवनबाट उनी ।

आफ्नो समुदायमा पछाडि परेकाहरूलाई प्रेरणा बन्ने गरेका तामाङ चेतना, शिक्षा, समानता, विकासका कुरा आमनागरिकलाई बुझाएर सिकाएर समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतामा अडिग छन् । उनी जातीय वा अन्य कारण पछाडि पारिएका वर्गलाई उत्थान गर्नका लागि लाग्नुपर्छ भन्ने कुरामा सचेत थिए ।

पछि माओवादीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापकसमेत बने । उनी नुवाकोटमा वामपन्थी आन्दोलनका अगुवा हुनुका साथै वर्गीय र जातीय आन्दोलनका अथक योद्धा थिए ।

आफ्नै क्षमता र संघर्षमा समाज र राजनीतिलाई सँगसँगै डोरोर्‍याएका तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बने ।

जनयुद्धकै मूल एजेन्डा संविधानसभाबाट संविधान निर्माणको लागि २०६४ सालमा देशमा पहिलो संविधानसभा निर्वाचन भएको थियो । उनी आफ्नै जिल्लाको क्षेत्र नम्बर २ को उम्मेदवार बने । पार्टी युद्धबाट भर्खर उदाउँदै गरेको । देशभर माओवादी उम्मेदवारको जितको लहर आयो । कांग्रेसको बलियो पकड भएको उनको क्षेत्रमा उनले जित हासिल गर्न सकेनन् तर नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतसँग कडा प्रतिष्पर्धा भयो । तामाङ झिनो मतले पराजित भए ।

हितबहादुर हारमा आत्तिने जितमा जोसिने मान्छे थिएनन् । उनी हरेक समयलाई आफ्नै गतिमा जान दिनुपर्छ, धैर्यता नै मानिसको जितको असल हतियार हुनसक्छ भन्ने मान्यता राख्छन् । पहिलो संविधानसभाले संविधान जारी गर्न नसक्ने लगभग निश्चित जस्तै भएपछि पार्टीले जनपरिषद् गठन गर्‍यो । पार्टीले सबै प्रदेशस्तरमा प्रदेश ताम्सालिङ स्वायत्त जनपरिषद् गठन गर्‍यो हितबहादुर त्यसको प्रमुख बने ।

पहिलो संविधानसभाबाट प्रतिक्रियावादीहरूले जनताको संविधान बनाउन नदिएपछि २०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । हितबहादुर दोस्रो पटक मैदानमा उत्रिए । तर पनि उनले सफलता हात पार्न सकेनन् ।

दोस्रो संविधानसभाबाट २०७२ सालमा नेकपा (माओवादी केन्द्र) को पहलमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा हितबहादुर तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बने । त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, कांग्रेसलगायत दल अर्कोतिर थिए । 

तामाङ वाम-गठबन्धनका साझा उम्मेदवारका रूपमा नुवाकोट क्षेत्र नं १ बाट कांग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

यसरी ४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा खेलकुदमन्त्री समेत बने । अहिले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ मा तामाङ वाम-लोकतान्त्रिक गठबन्धनबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा साझा उम्मेदवार बनेका छन् ।  

पार्टीबाट निर्विरोध उम्मेदवार सिफारिस भइ कांग्रेस-माओवादी-एकीकृत समाजवादीको साझा उम्मेदवार बनेका तामाङ पार्टीभित्र इमान्दार, कुशल संगठक र सालिन नेताका रूपमा परिचित छन् ।

आफ्नो क्षेत्रमा आम नागरिक/मतदातासँग सहज पहुँच राख्ने र सरल शैलीका तामाङ स्पष्ट वक्ता हुन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending