काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।
जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् ।
यसैगरी प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ को लागि ६ सय १६ जना, मधेश प्रदेशको लागि ८ सय ६३ जना, वाग्मती प्रदेशको लागि ७ सय ५४ जाना, गण्डकी प्रदेशको लागि ३ सय ४४ जना, लुम्बिनी प्रदेशको लागि ५ सय ७९ जना, कर्णाली प्रदेशको लागि २ सय जना र सुदूरपश्चिम प्रदेशको लागि ३ सय ५२ जना उम्मेदवारहरू रहेका छन् ।
आयोगले राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची बुधबार प्रकाशन गरेको छ ।
समानुपातिकतर्फ दलहरुले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५ सय ५० जना व्यक्तिहरुको नाम आयोगले यसअघि नै सूचीबाट हटाइसकेको छ । दलहरूले पेस गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी ६ हजार ४ सय ५७ जना उम्मेदवारहरू छन्।
उम्मेदवारहरूको नामावली निर्वाचन आयोगले आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०७९ - १८:०२
एजेन्सी । यू-२० महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भारतमाथि शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ। भारतलाई ३-१ ले हराउँदै नेपाल...
माघ २४ गते, २०७९ - १६:१७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ...
माघ २४ गते, २०७९ - १५:५६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ। मं...
माघ २४ गते, २०७९ - १४:०३
काठमाडौं । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुन...
माघ २४ गते, २०७९ - १३:२८
काठमाडौं। कर्णाली प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते देशमा जनयुद्धु शुर...
माघ २४ गते, २०७९ - ११:४९
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट...
माघ २४ गते, २०७९ - ११:४३
काठमाडौं । अन्तराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) की प्रमुख सामन्था पावर काठमाडौं ओर्लनासाथै भक्तपुरको सानोठिमी स्थित आदर्श मावि पुगेकी छ...
माघ २४ गते, २०७९ - ११:३७
काठमाडौं । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिय...
माघ २४ गते, २०७९ - ११:००
काठमाडौं। गण्डकी प्रदेश सभाको बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न...
माघ २४ गते, २०७९ - १०:३२
काठमाडौं । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आइपसगेकी छिन् । उनले आज प्रधानमन...
प्रतिकृया लेख्नुहोस्: