Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

परिणाम बदलिरहने कास्की १ मा निर्वाचन रोचक बन्दै

खबरडबली संवाददाता

कास्की । कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ ।  विगतका निर्वाचन हेर्दा परिणाम बदलिइरहेको यस क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा नतीजा आफ्नो पक्षमा पार्ने लक्ष्य साथ उम्मेदवार चुनावी अभियानमा जुटेका छन् ।
    
यसअघिको आमनिर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भएकोमा बाम गठबन्धनले विजय हासिल गरेको थियो । अहिले भने उक्त समीकरण फेरिएर कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० सहितका पाँच राजनीतिक दलको गठबन्धन एकातर्फ छ भने नेकपा एमाले, अन्य दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावी परिणामलाई आफ्ना पक्षमा पार्न यतिखेर उम्मेदवार गाउँ पसिसकेका छन् । गाउँ बस्तीमा यतिखेर धान भित्र्याउन सर्वसाधारण लागिरहेका अवस्थामा घरदेखि खेतका खलासम्म उम्मेदवारको सक्रियता बढेको छ । पोखराको खुलेको मौसमका कारण तालतलैयाका छेउछाउ र पदमार्गमा पर्यटक देखिएका छन् भने उम्मेदवारलाई भने भोट तान्ने गरी मतदाता रिझाउन भ्याइनभ्याइ छ ।

वर्षभरि दुःख गरेर फलाएको धान थन्क्याउने हतारोमा रहेका सर्वसाधारणसँग हात जोड्दै पुगेका उम्मेदवारले स्थानीय समस्या र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
    
यस पटकको निर्वाचनमा कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका  जिल्ला सभापति किशोरदत्त बराल उम्मेदवार छन् भने नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष मनबहादुर गुरुङ उम्मेदवार छन् । प्रदेशसभा सदस्यतर्फ प्रदेशसभा ९क० र ९ख० मा गठबन्धनका तर्फबाट क्रमशः नेकपा माओवादी केन्द्रका दीपक कोइराला र नेपाली कांग्रेसका दीपक गुरुङ उम्मेदवार छन् भने नेकपा एमालेका खगराज अधिकारी र बेदबहादुर गुरुङ उम्मेदवार छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यस क्षेत्रमा कूल एक लाख १० हजार सात सय १५ मतदाता छन् । जसमध्ये प्रदेशसभा ९क० मा ५८ हजार चार सय ४५ र ९ख०मा ५२ हजार दुई सय ७० मतदाता छन् । सो क्षेत्रमा १३४ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्वर एकका निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । यस क्षेत्रमा प्रनिधिसभामा कूल १४ जना र प्रदेशसभा क र खमा आठ आठजना उम्मेदवार रहेका छन् । विकासको पर्याप्त सम्भावना बोकेको यस क्षेत्रमा रुपा र मादी गाउँपालिका, पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडा पर्दछन् ।

यस क्षेत्रको प्रदेश ९क० मा रुपा गाउँपालिका र पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ नं वडा पर्दछन् भने प्रदेश ९ख० मा मादी गाउँपालिका र महानगरपालिकाका १०, १२, १३, १४ र २८ नं वडा छन् । यहाँका मादी र रुपा गाउँपालिका जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना बोकेर पनि अपेक्षित विकास नभएका क्षेत्र हुन् भने महानगरका वडा पनि विकास दृष्टिले अझै ओझेलमा छन् ।

पर्यटकीयरुपमा आकर्षक गन्तव्य सिक्लेस, ताङ्तिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य यही क्षेत्रमा पर्दछन् । त्यस्तै कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर, दूधपोखरी यहाँका आकर्षण हुन् । पदयात्रा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण यस क्षेत्रमा मादीको सिक्लेसदेखि मनाङ र लमजुङसम्म, त्यस्तै नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङ्तिङदेखि सिक्लेससम्मका पदमार्ग पर्यटकलाई आकर्षित गर्न सकिन्छ । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिने कफुचे हिमताल पनि यही क्षेत्रमा पर्दछ ।

निर्माणाधीन सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङ्तिङलगायतका सडकको स्तरोन्नतिलाई यस क्षेत्रका स्थानीयले उम्मेदवारसँग विकासको प्रतिबद्धता खोजेका छन् ।

दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी पाइने यहाँ लेकाली भेगमा पाइने टुसालाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउन सकिन्छ । रुपातालको पर्यटकीय सम्भावनासँगै यहाँबाट जलविद्युत् निकाल्ने गरी सम्भाव्यता अध्ययनको पहल अघि बढिसकेको छ भने व्यावसायिक माछापालन पनि आयआर्जनका लागि महत्वपूर्ण विकल्प बन्ने देखिन्छ ।

यहाँका हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव, तल्लो गगनगौंडाका राधाकृष्ण, कालिका मन्दिरलगायतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि यसै क्षेत्रको पर्यटकीय गन्तव्य हो । तालबेँसी, खाल्टे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकासका पर्याप्त सम्भावना छन् ।

त्यस्तै शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिंकरोड र बेगनास भोर्लेटारलगायतका सडक यहाँका चुनावी मुद्दा बन्दै आएका छन् । महानगरका वडा अधिकांश ग्रामीण भेगमा नै रहेकाले तिनको विकास गर्न उम्मेदवारसँग प्रतिबद्धता खोजिने विजयपुरका मतदाता राजेश घिमिरेले बताए ।

कृषि पर्यटनमा क्रान्तिका माध्यमबाट देशको समृद्धि र शान्तिको बाटो अँगाल्न सकिने बताउने गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल ज्ञान, उद्यमशील र सीपको शिक्षासहित विद्यालय सुधार गर्ने योजनाका साथ चुनावमा होमिएको बताउछन् ।
    
समृद्धिको निकासका लागि गुणस्तरीय र योजनाबद्ध विकास आवश्यक रहेको बताउँदै उनले राजनीतिक शुद्धतासँगै संसद्को गरिमा र सांसदको मर्यादा कायम गराउने कुरा पनि आफ्नो प्रतिबद्धतामा रहेको बताए। कास्की क्षेत्र नं १ का हरेक सम्भावनालाई उजागर गर्दै समृद्धि र विकासका लागि लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे । जनताका हरेक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाउने उनले बताए ।

नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङले हाम्रो मुख्य शत्रु गरिबी रहेको बताउँदै त्यसको अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताए । कास्की क्षेत्र नं १ प्राकृतिकरुपमा सम्पन्न रहेको बताउँदै उनले यसको संरक्षण र उपयोगमा जोड दिने बताए । गाउँ र सहरबीचको दूरी कम गर्नुका साथै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ ।

गठबन्धन तथा नेकपा एमालेका उम्मेदवार सहित अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि मतदातालाई आफ्ना पक्षमा पार्न चुनावी अभियानलाई तीव्रता दिएका छन् । हाम्रो नेपाली पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोद आचार्य भ्रष्टाचाररहित समाजको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउछन् । राजनीतिक नीतिगत भ्रष्टाचार उन्मूलनलाई जोड दिइने बताउँदै उनले यस क्षेत्रको समग्र विकाससँगै शिक्षा, स्वास्थ्य एवं रोजगारीको प्रत्याभूति गराउने गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।

अघिल्लो पटक नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको यस क्षेत्रमा अहिले भने नेपाली कांग्रेस र माओवादसहितका दलको गठबन्धन छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रअन्तर्गत पर्ने पालिकामा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा गठबन्धनका उम्मेदवार बलिया देखिन्छन् ।

पोखरा महानगरपालिकासहित रुपा र मादी गाउँपालिकाका कूल २९ वटा वडा रहेको यस क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले ३१ हजार ७२ मत प्राप्त गर्दा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २८ हजार तीन सय ४६ मत प्राप्त गरेका थिए । 

त्यस्तै माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवारले तीन हजार एक सय ७० मत प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्रसहित गठबन्धनका दलको तालमेल थियो । यस क्षेत्रमा राप्रपाका वडाध्यक्षका उम्मेदवारले एक हजार सात सय ३७, स्वतन्त्रले चारसय ३५, जनता समाजवादीले ४४ र अन्य पार्टीका उम्मेदवारले ३९ मत प्राप्त गरेका थिए । वडाध्यक्षले प्राप्त गरेको मतलाई हेर्दा यस क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो दल देखिएको छ । कांग्रेससहितका गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समेत मत जोड्दा मतान्तर फराकिलो देखिन्छ ।
    
पछिल्ला निर्वाचन हेर्दा यो क्षेत्र परिणाम बदलिरहने क्षेत्र हो । राजनीतिक नेतृत्वका हिसाबले यहाँबाट निर्वाचित उम्मेदवारले देशको राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव पार्ने देखिन्छ । यसै क्षेत्रबाट निर्वाचित भएर तारानाथ रानाभाटले देशको सभामुखको जिम्मेवारी सम्हालिसकेका थिए भने यज्ञबहादुर थापा, खगराज अधिकारीले मन्त्री पदको जिम्मेवारी सम्हालिसकेका छन्।

विसं २०६४ यताका निर्वाचनलाई हेर्दा पनि एकपछि अर्को निर्वाचनमा यहाँको परिणाम कुनै दलका पक्षमा स्थायी देखिएको छैन । विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी केन्द्र ९तत्कालीन नेकपा माओवादी०का देव गुरुङ विजयी बन्नुभएको थियो ।

दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा उपनिर्वाचन भएको यस क्षेत्रमा उपनिर्वाचनमा पनि माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित बनेका थिए । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बने। विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी गठबन्धनका खगराज अधिकारी विजयी बनेका थिए । निर्वाचनको सम्भाव्य परिणाम यतिखेर यहाँका चोक, चौतारी र चिया पसलमा चर्चाको विषय बनेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending