Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

नारायणी नदीमा छठ पूजाको तयारी अन्तिम चरणमा

खबरडबली संवाददाता

चितवन । छठ पर्वको अवसरमा चितवनको नारायणी नदी किनारमा शृङ्गारको काम अन्तिम चरणमा पुगेको छ । तराई सामुदायिक सेवा समिति नारायणगढका अध्यक्ष जयकिशोर पाण्डेयले नदी किनारमा दुई हजार व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको बताए । साथै, पूजा गर्ने ठाउँमा सरसफाइको काम चलिरहेको उनले बताए । नदी किनारमा पूजाका लागि ३२ ठाउँ निर्माण गरिएको छ भने  ती स्थानमा सूर्यदेवसहित विभिन्न भगवानका ३० वटा मूर्ति राखिनेछ । 

गत वर्ष छिमेकी जिल्लासँगै काठमाडौँबाट पनि छठ पूजा गर्न भक्तजन यहाँ आएको र यस वर्ष पनि छिमेकी जिल्लाबाट व्रतालुहरु आउने क्रम जारी रहेको उहाँको भनाइ छ । चितवनसहित नवलपरासी पूर्व, तनहुँ, धादिङ, गोरखा र लमजुङबाट समेत व्रतालु छठ मनाउन आउने गरेका छन् । “कालीगण्डकीको शालिग्राम लिएर बग्ने नारायणी पवित्र नदी हो”, उहाँले भन्नुभयो, “त्यसैले प्रत्येक वष छठ पर्वको अवसरमा व्रतालुहरु यहाँ आउने गरेका छन् ।”

तराई सामुदायिक सेवा समिति नारायणगढका सदस्य महेशकुमार कानुले १५ वर्षदेखि नारायणी किनारमा व्यवस्थितरुपमा छठपर्व मनाउन थालिएको बताए । 

“विसं २०४८ देखि सानो समूह बनाएर यहाँ छठ पर्व मनाइन्थ्यो, तराई सामुदायिक सेवा समिति नारायणगढ स्थापना भएपछि व्यवस्थित रुपमा मनाउन थालिएको हो”, उनले भने । व्यवस्थापनको खर्च समितिले घरदैलो कार्यक्रममार्फत् स्वेच्छिक आर्थिक सङ्कलन गरेको उनको भनाइ छ ।

“समितिले हरेक वर्ष व्यवस्थितरुपमा छठ मनाउन थालेपछि यहाँ व्रत बस्ने र हेर्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, कानुले भने, “तराईबासीमात्रै होइन, पहाडी समूदाय पनि नदीमा पूजा र स्नान गर्न आउँछन् ।” 

समितिका सचिव नारदप्रसाद परिहस्तले आस्था र विश्वासको धरोहरका रुपमा छठपर्व मनाउँदै आएको बताए । छठका बेलामा पहिला पहिला तराईका आफ्नै जिल्लामा वा घरमा जाने पनि पछिल्लो समयमा यही नदी किनारमा व्रत वस्न थालेका छन् । सोही कारण हरेक वर्ष सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । 

यस क्षेत्रमा नारायणी किनारसँगै माडी नगरपालिकाको रिउ, बाँदरमुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी, बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ ।

उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य नै भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ । आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठपर्व सकिन्छ ।  चामल, पिठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायतका प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउदो सूर्यलाई अर्य दिने गरिन्छ ।  

छठ पर्वमा महिला व्रत पनि बस्ने गर्छन् । दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वासका साथ महिलाहरु व्रत बस्ने चलन छ । 

नारायणगढबासी जुलिया झाले भनिन्, “भगवान्प्रतिको आस्था र विश्वासले गर्दा हरेक वर्ष छठ पर्व मनाउँदै आएकी छु ।” उनले सानैदेखि छठ पर्वप्रति लगाव भएको र हरेक वर्ष यो पर्व धुमधामले मनाउँदै आएको बताइन् ।  उनले भनिन्, “छैटी माताले आफ्नो मनोकांक्षा पूरा गरेको र छठ पर्वमा व्रत बस्दा आत्मविश्वाससमेत बढ्ने गरेको छ ।” 

छठको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने जनविश्वास पनि छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त

बैङ्कक। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेको छन् । ...

अमेरिका पलायन’ प्रचारप्रति धुर्मुस–सुन्तलीको स्पष्टीकरण: छोरीको उपचारकै लागि अमेरिका आएको हौं

काठमाडौँ । कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पलायन भएको भन्दै आएका विभिन्न प्रचार–प्रसारबारे उनीहरूले सामाजिक ...

एमालेको ११ औं महाधिवेशन भोलि उद्घाटन हुने

भक्तपुर। शनिबार उद्घाटन हुने नेकपा ९एमाले० को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौर...

मुख्यमन्त्री शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ ।  हड्डी र नसा सम्बन्धी समस्याका कारण हिँडडु...

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

पाल्पा। पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकल...

प्रधानमन्त्री कार्की चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै, ४ मन्त्रीको नाम सिफारिस

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै थप चार मन्त्रीको नियुक्ति प्रक्रिया अघि बढाएकी छन्। प्रधानमन्त्री कार्या...

रौतहटमा कार र ट्रक एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका –४ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ । ...

निर्वाचनका लागि सशस्त्र प्रहरीको १७ बुँदे परिचालन नीति सार्वजनिक

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले १७ बुँदे ‘परिचालन नीति’ सार्वजनिक गरेको छ। सूचना अधिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending