Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

नारायणी नदीमा छठ पूजाको तयारी अन्तिम चरणमा

खबरडबली संवाददाता

चितवन । छठ पर्वको अवसरमा चितवनको नारायणी नदी किनारमा शृङ्गारको काम अन्तिम चरणमा पुगेको छ । तराई सामुदायिक सेवा समिति नारायणगढका अध्यक्ष जयकिशोर पाण्डेयले नदी किनारमा दुई हजार व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको बताए । साथै, पूजा गर्ने ठाउँमा सरसफाइको काम चलिरहेको उनले बताए । नदी किनारमा पूजाका लागि ३२ ठाउँ निर्माण गरिएको छ भने  ती स्थानमा सूर्यदेवसहित विभिन्न भगवानका ३० वटा मूर्ति राखिनेछ । 

गत वर्ष छिमेकी जिल्लासँगै काठमाडौँबाट पनि छठ पूजा गर्न भक्तजन यहाँ आएको र यस वर्ष पनि छिमेकी जिल्लाबाट व्रतालुहरु आउने क्रम जारी रहेको उहाँको भनाइ छ । चितवनसहित नवलपरासी पूर्व, तनहुँ, धादिङ, गोरखा र लमजुङबाट समेत व्रतालु छठ मनाउन आउने गरेका छन् । “कालीगण्डकीको शालिग्राम लिएर बग्ने नारायणी पवित्र नदी हो”, उहाँले भन्नुभयो, “त्यसैले प्रत्येक वष छठ पर्वको अवसरमा व्रतालुहरु यहाँ आउने गरेका छन् ।”

तराई सामुदायिक सेवा समिति नारायणगढका सदस्य महेशकुमार कानुले १५ वर्षदेखि नारायणी किनारमा व्यवस्थितरुपमा छठपर्व मनाउन थालिएको बताए । 

“विसं २०४८ देखि सानो समूह बनाएर यहाँ छठ पर्व मनाइन्थ्यो, तराई सामुदायिक सेवा समिति नारायणगढ स्थापना भएपछि व्यवस्थित रुपमा मनाउन थालिएको हो”, उनले भने । व्यवस्थापनको खर्च समितिले घरदैलो कार्यक्रममार्फत् स्वेच्छिक आर्थिक सङ्कलन गरेको उनको भनाइ छ ।

“समितिले हरेक वर्ष व्यवस्थितरुपमा छठ मनाउन थालेपछि यहाँ व्रत बस्ने र हेर्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, कानुले भने, “तराईबासीमात्रै होइन, पहाडी समूदाय पनि नदीमा पूजा र स्नान गर्न आउँछन् ।” 

समितिका सचिव नारदप्रसाद परिहस्तले आस्था र विश्वासको धरोहरका रुपमा छठपर्व मनाउँदै आएको बताए । छठका बेलामा पहिला पहिला तराईका आफ्नै जिल्लामा वा घरमा जाने पनि पछिल्लो समयमा यही नदी किनारमा व्रत वस्न थालेका छन् । सोही कारण हरेक वर्ष सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । 

यस क्षेत्रमा नारायणी किनारसँगै माडी नगरपालिकाको रिउ, बाँदरमुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी, बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ ।

उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य नै भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ । आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठपर्व सकिन्छ ।  चामल, पिठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायतका प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउदो सूर्यलाई अर्य दिने गरिन्छ ।  

छठ पर्वमा महिला व्रत पनि बस्ने गर्छन् । दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वासका साथ महिलाहरु व्रत बस्ने चलन छ । 

नारायणगढबासी जुलिया झाले भनिन्, “भगवान्प्रतिको आस्था र विश्वासले गर्दा हरेक वर्ष छठ पर्व मनाउँदै आएकी छु ।” उनले सानैदेखि छठ पर्वप्रति लगाव भएको र हरेक वर्ष यो पर्व धुमधामले मनाउँदै आएको बताइन् ।  उनले भनिन्, “छैटी माताले आफ्नो मनोकांक्षा पूरा गरेको र छठ पर्वमा व्रत बस्दा आत्मविश्वाससमेत बढ्ने गरेको छ ।” 

छठको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने जनविश्वास पनि छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending