Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार

खबरडबली संवाददाता

कालिकोट । कालिकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ–गाउँमा पसेका छन् । चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन् । 

जिल्लामा सत्ता गठबन्धन दल, नेकपा एमाले, विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चाडबाडका कारणले चुनावी प्रचारको काम गर्न नपाएकामा उम्मेदवार अहिले चाडबाड सकिएका कारणले तीव्ररूपमा चुनावी प्रचार र नागरिक भेटघाट कार्यक्रममा उम्मेदवार गाउँ पसेका हुन् । 

चाडबाडका समयमा नागरिक बीचमा विभिन्न पार्टी कार्यकर्तासँग अन्तक्र्रिया गठबन्धनको बैठकलगायतका काम भइरहेको गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाहीले जानकारी दिए । 

“हामी गठबन्धनका साझा एजेण्डा लिएर चुनावी मैदान होमिएका छौँ”, उनले भने, “अहिले हामीले गठबन्धन संयुक्त चुनाव प्रचार–प्रसार समिति तथा अन्य काम सकेर नागरिकबीचमा पुगेको छौँ ।”

नेपाली कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलसँग तालमेल गरेर चुनावी अभियान जुटेको न कांग्रेस प्रदेशसभा (ख) का उम्मेदवार हिक्मतबहादुर विष्टले जानकारी दिए । 

“मैले मेरो निर्वाचन पालिका रहेको नरहरिनाथ गठबन्धनको कार्यक्रम सकेर सान्नी त्रिवेणी गाउँपालिका गठबन्धन दलको बैठक सकेर रास्कोटमा लागेको छु”, उनले भने, “चाडबाड सकियो । कांग्रेसले अहिले सम्पूर्ण शक्ति चुनाव प्रचार–प्रसारमा लगाएको छ ।”

नेकपा एमाले प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्रबहादुर शाहीले पार्टीको एजेण्डा लिएर गाउँगाउँमा  मतमाग्ने काम भइरहेको बताए । “अहिले म नागरिकका बीचमा रहेको छु । पार्टी र मेरो भावी चुनावी घोषणापत्र लिएर प्रचार–प्रसार गरिरहेको छु”, उनले भने, “नागरिकका गुनासा पनि सुन्ने काम र उहाँहरूका समस्याका विषयमा सुझाव लिने काम भइरहेको छ ।”

जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका महेन्द्रबहादुर, एमालेका नगेन्द्र र स्वतन्त्ररूपमा उम्मेदवारी दिएका काशीचन्द्र बराल प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा सदस्यमा १ मा गठबन्धनका तर्फबाट माओवादीका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही चुनावी मैदानमा रहेका छन् । 

भने प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस विपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम र स्वतन्त्र उम्मेदवारका रूपमा लक्ष्मणबहादुर बम चुनावी मैदानमा रहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending