Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

यि ६ फुटबल स्टार जसले खेल्न पाउँदैनन् विश्वकप

खबरडबली संवाददाता

काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल मङ्सिर ४ गतेबाट सुरु हुँदैछ। कतारमा हुन लागेको विश्वकपको उपाधिका लागि ३२ मैदानमा उत्रिँदै छन्। एसियाली राष्ट्रमा दोस्रो पटक हुन लागेको प्रतियोगिताका लागि सबै राष्ट्रका समर्थकहरू तयार छन्। आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै उपाधि जित्नका लागि उत्सुक छन्।

हरेक चार वर्षपछि आउने विश्वकप फुटबलको रौनक बेग्लै हुन्छ। अन्य प्रतियोगिताभन्दा अलग चाम हुन्छ विश्वकप फुटबल। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप सन् २०२२ मा कतारमा २२औँ संस्करण हुँदैछ। विश्वकप विश्वकै उत्कृष्ट खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो।

यद्यपि, योपटक आफ्नो राष्ट्र छनोट नभएका कारण विश्वका केही उत्कृष्ट र नाम चलेका खेलाडीले विश्वकप गुमाउने भएका छन्। आज विश्वकपमा सबैले मिस गर्ने ६ खेलाडीको बारेमा चर्चा गर्दैछौं।

१. अर्लिङ हालाण्ड (नर्वे)

नर्वेका स्ट्राइकर अर्लिङ हालाण्ड अहिलेका सबैभन्दा उत्कृष्ट युवा स्टार फुटबलर हुन् । म्यानचेस्टर सिटीबाट तहल्का मच्चाइरहेका उनी विश्वकप खेल्नबाट भने बञ्चित भएका छन् । उनको राष्ट्रिय टोली नर्वे छनोट हुन नसकेपछि उनले विश्वकप खेल्न नपाउने भएका हुन् ।

युरोपियन छनोटमा नर्वे रहेको समूह जीबाट नेदरल्याण्ड्स छनोट भएको छ । नर्वे समूहमा तेस्रोमात्रै भयो । भविश्यमा बालोन डि‘ओर जित्नसक्ने खेलाडीका रुपमा हेरिएका २१ वर्षीय हालाण्डले नर्वेका लागि २१ खेल खेलेर २० गोल गरिसकेका छन् ।

२. मोहम्मद सलाह (इजिप्ट)

मोहम्मद सलाह वर्तमानमा अफ्रिका महादेशका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । इंग्लिस क्लब लिभरपुलका फरवार्ड सलाहको देश इजिप्ट विश्वकपमा छनोट हुन सकेन । हाल बायर्न मुनिखमा गएका लिभरपुलकै तत्कालीन स्टार साडियो मानेको सेनेगलसँग पराजित हुँदै इजिप्ट विश्वकप दौडबाट बाहिरियो ।

सलाहले क्लब स्तरबाट सबै ठूला प्रतियोगिता जिते पनि अन्तर्राष्ट्रिय स्तरमा भने असफल हुँदै आएका छन् । योपटक त विश्वकपमा स्थान बनाउनबाटै बञ्चित भए । राष्ट्रिय टोलीको कप्तान पनि रहेका सलाहले इजिप्टका लागि ८५ खेलबाट ४७ गोल गरेका छन् ।

३. जियानलुइजी डोनारुमा (इटाली)

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०का गोलकिपर जियानलुइजी डोनारुम्मा पनि योपटक विश्वकपमा देखिने छैनन् । गत वर्षको युरोकपमा सर्वोत्कृष्ट खेलाडीसमेत भएका डोनारुमाको देश इटाली योपटक पनि विश्वकपमा छनोट हुन सकेन । सन् २०१८ को विश्वकपमा पनि ४ पटकको विजेता इटाली छनोट भएको थिएन । यसले गर्दा विश्वकै उत्कृष्ट गोलकिपर डोनारुमा विश्वकप खेल्नबाट बञ्चित भएका हुन् ।

युरोपियन छनोटको समूह सीमा रहेको इटाली स्विटजरल्याण्डसँग पछि पर्दै प्ले अफमा धकेलिएको थियो । त्यसपछि उत्तरी मेसेडोनियाजस्तो सानो टोलीसँग प्ले अफको सेमिफाइनलमै पराजित हुँदै विश्वकपमा छनोट हुनबाट असफल भएको हो ।

४. रियाद माहिरेज (अल्जेरिया)

रियाद माहिरेज इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्ने विश्वकै उत्कृष्ट विंगरमध्ये एक मानिन्छन् । उनी लगातार दोस्रो विश्वकप खेल्नबाट बञ्चित भएका छन् । उनको देश अल्जेरिया छनोट हुन नसकेपछि उनी विश्वकपमा रंगमञ्चमा पुग्नबाट बञ्चित भएका हुन् ।

यसअघि सन् २०१८ मा भएको विश्वकपमा पनि अल्जेरिया छनोट हुन सकेन । योपटक प्ले अफमा क्यामरुनसँग पराजित हुँदै अल्जेरिया विश्वकपमा पुग्नबाट बञ्चित भएको हो । राष्ट्रिय टोलीको कप्तानसमेत रहेका माहिरेजले अल्जेरियाका लागि ७५ खेल खेल्दै २६ गोल गरेका छन् ।

५. डेभिड अलाबा (अष्ट्रिया)

डेभिड अलाबा विश्वकै उत्कृष्ट सेन्ट्रल डिफेण्डर मानिन्छन् । सन् २०२० मा उनले जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन्स लिग जिताउन राम्रो भूमिका खेलेका थिए । अहिले पनि उनले स्पेनिस क्लब रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जिते ।

यद्यपि, अलाबा पनि यसै वर्षको नोभेम्बरमा कतारमा हुने विश्वकपमा देखिने छैनन् । कारण, उनको देश अष्ट्रिया छनोट हुन सकेन । युरोपियन छनोटको समूह जीमा रहेको अष्ट्रिया चौथोमात्र भयो । डिफेन्डिङ मिडफिल्डरबाट पनि खेल्ने गरेका अलाबाले अष्ट्रियन राष्ट्रिय टोलीबाट ९४ खेल खेल्दै १४ गोल गरेका छन् ।

६. मार्को भेराटी (इटाली)

आफ्नो देश इटाली छनोट नभएपछि पिएसजीका मिडफिल्डर मार्को भेराटीले पनि विशवकप खेल्न नपाउने भएका छन् । २९ वर्षीय भेराटीले इटालीका लागि ४९ खेल खेल्दै ३ गोल गरिसकेका छन् । उत्कृष्ट खेलाडी हुनका बाबजुद भेराटी यो वर्ष कतारको विश्वकपमा देखिने छैनन् ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies