Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भारत गुजरातमा पुल भत्किँदा कम्तिमा सय भन्दा धेरैको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा १०० भन्दा धेरै मानिसहरूको मृत्यु भएको छ। 

मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। 

विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। उक्त राज्यका एकजना मन्त्री ब्रिजेश मेर्जाका अनुसार ८० जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ।

मर्मत सम्भारपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा उक्त घटना घटेको हो। २३० मिटर लामो ‍औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो। 

स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो। आइतबार साँझ ६:४० तिर उक्त दुर्घटना भएको थियो। 

एकजना प्रत्यक्षदर्शीले रोयटर्स समाचार संस्थालाई बताए अनुसार पुल खस्दा त्यहाँ धेरै बालबालिकाहरू थिए। प्रतीक वसावा समेत त्यसबेला पुलमा हुनेमध्येका हुन्।

उनले दुर्घटनापछि आफू कसरी पौडी खेलेर नदी किनारसम्म पुगे भन्ने कुरा एक गुजराती टेलिभिजनलाई बताएका छन्। 

कैयौँ बालबालिका नदीमा खसेको बताउँदै उनले थपे: "मैले केहीलाई आफूसँगै तान्न खोजेको थिएँ तर उनीहरू डुबिसकेका वा बगिसकेका थिए।"

भिडिओहरूमा देखिए अनुसार साँझ गहिरिँदै जाँदा नदीमा फसेकाहरूको उद्धार प्रयासमा किनारामा मानिसहरूको भिड लागेको थियो। 

अर्को एउटा भिडिओमा पानीमा लत्रिरहेको पुलका भग्नावशेषमा चढ्दै मानिसहरू फसेका मानिसहरू पानीबाट निस्कन खोजेका देखिन्थे। 

आसपासका जिल्लाहरूबाट पठाइएका आपत्कालिन उद्धारकर्ताहरूले रातभर काम गरेका छन्। पुल खस्ने अवस्था के कारण सिर्जना भयो भन्ने अझै प्रस्ट हुन सकेको छैन। 

तर स्थानीय अधिकारीहरूले दीपावलीको छुट्टीले गर्दा त्यहाँ निकै धेरै मानिसहरू जम्मा भएको बताएका छन्। 

सामाजिक सञ्जालमा देखा परेका भिडिओहरूमा दिउसैदेखि त्यहाँ पैदलयात्रीको उच्च भिड देखिन्थ्यो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू उक्त "दु:खद् घटनाबाट स्तब्ध" बनेको बताएका छन्। 

उनी आफ्नो गृहराज्य गुजरातको तीनदिने भ्रमणमा छन्। उनले घाइते र मृतकका परिवारका लागि क्षतिपूर्ति घोषणा गरेका छन्। 

बीबीसी हिन्दीका अनुसार गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख रूपैयाँ र घाइतेका लागि ५० हजार रूपैयाँ दिइने घोषणा गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending