काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र आज यहाँ जारी गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सधैँ प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति प्रतिबद्ध रहिआएको बताउनुभयो ।
राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्दै आएको छ । मुलुकको सर्वोपरि हितका पक्षमा उभिँदै बर्वादिको बाटोमा जानबाट जोगाउन आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय लिन मतदातालाई सुझाव दिँदै राप्रपाले अबको गन्तव्य सबल र समुन्नत नेपाल निर्माण भएको उल्लेख गरेको छ ।
पुँजी निर्माण, दीगो विकास, निःशुल्क स्वास्थ्य र शिक्षा तथा सामाजिक न्याय र समतामूलक समृद्धिमा जोड दिँदै उक्त पार्टीले विसं २०८७ सम्ममा नेपाललाई मध्यमआयस्तर भएको मुलुकमा रुपन्तरण गर्ने अठोट गरेको छ ।
अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, बलियो स्थानीय तह, धर्मसापेक्ष हिन्दू राष्ट्रका पक्षमा सो पार्टीले वकालत गर्दै आएको छ ।
‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौ’ भन्दै सुशासनका मुद्दालाई अघि बढाउने अठोट गरेको राप्रपाले सबैको मित्रता स्वीकार गर्ने तर हस्तक्षेप अस्वीकार्य हुने परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ ।
पार्टीले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा राप्रपाले समष्टिगत अर्थतन्त्र ः समातामूलक समृद्धि, शिक्षा, स्वास्थ्य र न्याय निःशुल्क, समान, सुरक्षित जनजीवन, विकसित र स्थायी बसोबास, विदेशिएका युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
कृषकलाई सम्मान, उत्पादकत्व वृद्धि, पुँजी निर्माण, दिगो सिँचाइ प्रणाली र दीगो विकासका मुद्दालाई पनि उक्त पार्टीले सशक्तरुपमा अघि बढाउने प्रतिज्ञा गरेको छ ।
घोषणापत्रमा ‘स्वच्छ पिउने पानी र सफा शौचालय–नागरिक अधिकार, ‘दिगो पूर्वाधार निर्माण र समृद्धिको आधार, जलविद्युत्को विकास, पुँजीको निर्माण र आत्मनिर्भरता, एक पालिका एक खेल मैदान’लगायत विषय समेटिएका छन् ।
राप्रपाले भावी सन्ततिका लागि पर्यावरण जोगाऔँ, नेपाल बन्द सधैँका लागि बन्द, आगामी दिनमा सीमा व्यवस्थापनका लागि पहल गर्ने तथा सत्ताकेन्द्रित राजनीति नगर्ने घोषणापत्रमा प्रतिबद्धता जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: