Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान : निदाएको बेला आफूमाथि दुईपटक जबरजस्ती करणी गरे

खबरडबली संवाददाता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । प्रहरीमा दिएको जाहेरीमा किशोरीले आफूमाथि भदौ ५ गते राती दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । 

जाहेरीमा किशोरीले आफू निदाएको बेला आफूमाथि जबरजस्ती करणी भएको र पहिलो करणी भएको एक घण्टापछि पुनः आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । 
यस्तो छ किशोरीले बयान :

‘स्न्याप च्याट भन्ने एप मार्फत चिनजान भएका प्रतिवादी सन्दीप लामिछानेले मिति २०७९।०५।०१ गतेबाट निजले पारिवारिक पृष्ठभूमि समेतको विषयमा सोधखोज गरी विभिन्न बहानामा नजिक हुन खोजी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई विभिन्न फोटो भिडियोहरू समेत पठाउन लगाई भेट्ने प्रस्ताव राखी भेट गर्नको लागि बोलाउने गरेकोमा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले विभिन्न कामहरू भएको भनी भेट गर्न नमान्दा निजले कर गरी २०७९।०५।०६ गते बेलुका ८ः०० बजे केन्याको लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्की क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आईल्यान्डतर्फ जाने र सोको दुई महिनासम्म पनि नेपाल फर्कन पाउँदिन भेट गरी कतै घुम्न जाउँ Mental Refreshment पनि हुन्छ भनी जोडबल गरी मिति २०७९।०५।०५ गते भेटौं भनी फोन गरी कर गरेकोले मिति २०७९।०५।०५ गते १९ः०० बजेको समयमा भेट भई निजको ०२६ च ४४४४ नम्बरको निशान एक्स ट्रेल गाडीको अगाडी बसी जाने क्रममा Nice To Meet You भनेर साईडबाट अँगालोमा राखी जाँदै गर्दा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले कहाँ जाने भनी सोध्दा Let's See भनेर सिनामंगल तर्फ गाडी मोडी भित्रीबाटोबाट तीनकुने हुँदै कोटेश्वरतर्फ जाँदै गर्दा कता जान लागेको हो र ? भनेर सोध्दा समेत केही नभनी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को मञ्जुरी बिना भित्रिबाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ पुर्‍याई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा रातको करिब २०ः२० बजेको समयमा पुर्‍याई सोही होटलको भीआइपी रुम बुक गर्ने सम्बन्धमा पटक–पटक कुराकानी गर्दा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले मिति २०७९।०५।०६ गते बिहान काम र कलेज रहेकाले बस्न नमिल्ने भनी होटलमा बस्न नमानेपछि गाडीमा बसी फर्कने क्रममा नगरकोटबाट ओरालो झर्दा एउटा हातले मेरा निजी अङ्गमा छुन खोजी, नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौँ फर्कदा राती अबेर भइसकेका कारणले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को होस्टलमा सिधै प्रवेश मिल्दैन भन्ने कुराकानी हुँदा कतिवटा रुम बुक गर्ने भनी निजले सोधेकोमा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले दुईवटा रुम लिनु भनी आग्रह गरेकोमा प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को मोबाइल समेत आफूले कब्जामा लिई राती करिब २३ः५५ बजेको समयमा गाडी सिधै काठमाडौँ महानगरपालिका ९, पिंगलास्थानस्थित होटल काठमाडौँ ईनमा ल्याई कोठा नं. ३०५ बुक गरी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई सिधै होटल कोठामा लगी रुमको कोठामा एसी खोली बेडमा गएर आराम गर भने अनुसार परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) आराम गर्न बेडमा पल्टिएको अवस्थामा प्रतिवादी आफू सोफामा बसी मोबाइल चलाई रहेकोमा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) सोही बेडमा निदाएको अवस्थामा प्रतिवादी सोही बेडमा आई सुती जबरजस्ती जिउमा छाम्न थालेकोमा ज्यान चल्न नसक्ने जस्तो भई सुतेकै अवस्थामा मिति २०७९।०५।०६ गते बिहानको राति करिब ००:२५ बजेको समयमा प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले लगाएको पाइन्ट जबरजस्ती खोली आफूले लगाएको पाइन्ट समेत खोली जबरजस्ती करणी गरी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को शरीरमा .... समेत झारी बाथरुम गई पुनः बेडमा नै आई सुतेकोमा त्यसको करिब एक घण्टा पछाडी निज प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को शरीरमा छाम्ने, कपाल तान्ने र ढाडमा पिट्दा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) डर लागेर रुँदा समेत प्रतिवादीको बलियो जिउले मलाई चल्न नदिई रुँदा कराउँदा समेत नछाडी पुनः जबरजस्ती करणी गरी मिति २०७९।०५।०६ गते बिहान प्रतिवादी उठी ०७:०० बजे पीसीआर परीक्षण छ भनी होटल कोठाबाट सँगै निस्कने क्रममा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) गाह्रो भई बिस्तारै झर्दै गर्दा निज प्रतिवादीले गाडी निकाली परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई गाडीमा बस्न भनी तिलगंगा कोरिडरको बाटो हुँदै रिङरोड निस्किई पुरानो बानेश्वरतर्फ लगेर होस्टल अगाडी लगेर छाडि दिई फरार भएको हुँदा निज प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई जबरजस्ती करणी जस्तो जघन्य अपराध गरेकाले निजलाई पक्राउ गरी मुलुकी फौजदारी संहिताको जबरजस्ती करणी सम्बन्धी कसुरमा हदै सम्मको कारबाही र सजाय गरी क्षतिपूर्ति समेत दिलाई पाउँ ।’

 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending