Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान : निदाएको बेला आफूमाथि दुईपटक जबरजस्ती करणी गरे

खबरडबली संवाददाता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । प्रहरीमा दिएको जाहेरीमा किशोरीले आफूमाथि भदौ ५ गते राती दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । 

जाहेरीमा किशोरीले आफू निदाएको बेला आफूमाथि जबरजस्ती करणी भएको र पहिलो करणी भएको एक घण्टापछि पुनः आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । 
यस्तो छ किशोरीले बयान :

‘स्न्याप च्याट भन्ने एप मार्फत चिनजान भएका प्रतिवादी सन्दीप लामिछानेले मिति २०७९।०५।०१ गतेबाट निजले पारिवारिक पृष्ठभूमि समेतको विषयमा सोधखोज गरी विभिन्न बहानामा नजिक हुन खोजी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई विभिन्न फोटो भिडियोहरू समेत पठाउन लगाई भेट्ने प्रस्ताव राखी भेट गर्नको लागि बोलाउने गरेकोमा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले विभिन्न कामहरू भएको भनी भेट गर्न नमान्दा निजले कर गरी २०७९।०५।०६ गते बेलुका ८ः०० बजे केन्याको लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्की क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आईल्यान्डतर्फ जाने र सोको दुई महिनासम्म पनि नेपाल फर्कन पाउँदिन भेट गरी कतै घुम्न जाउँ Mental Refreshment पनि हुन्छ भनी जोडबल गरी मिति २०७९।०५।०५ गते भेटौं भनी फोन गरी कर गरेकोले मिति २०७९।०५।०५ गते १९ः०० बजेको समयमा भेट भई निजको ०२६ च ४४४४ नम्बरको निशान एक्स ट्रेल गाडीको अगाडी बसी जाने क्रममा Nice To Meet You भनेर साईडबाट अँगालोमा राखी जाँदै गर्दा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले कहाँ जाने भनी सोध्दा Let's See भनेर सिनामंगल तर्फ गाडी मोडी भित्रीबाटोबाट तीनकुने हुँदै कोटेश्वरतर्फ जाँदै गर्दा कता जान लागेको हो र ? भनेर सोध्दा समेत केही नभनी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को मञ्जुरी बिना भित्रिबाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ पुर्‍याई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा रातको करिब २०ः२० बजेको समयमा पुर्‍याई सोही होटलको भीआइपी रुम बुक गर्ने सम्बन्धमा पटक–पटक कुराकानी गर्दा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले मिति २०७९।०५।०६ गते बिहान काम र कलेज रहेकाले बस्न नमिल्ने भनी होटलमा बस्न नमानेपछि गाडीमा बसी फर्कने क्रममा नगरकोटबाट ओरालो झर्दा एउटा हातले मेरा निजी अङ्गमा छुन खोजी, नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौँ फर्कदा राती अबेर भइसकेका कारणले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को होस्टलमा सिधै प्रवेश मिल्दैन भन्ने कुराकानी हुँदा कतिवटा रुम बुक गर्ने भनी निजले सोधेकोमा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले दुईवटा रुम लिनु भनी आग्रह गरेकोमा प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को मोबाइल समेत आफूले कब्जामा लिई राती करिब २३ः५५ बजेको समयमा गाडी सिधै काठमाडौँ महानगरपालिका ९, पिंगलास्थानस्थित होटल काठमाडौँ ईनमा ल्याई कोठा नं. ३०५ बुक गरी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई सिधै होटल कोठामा लगी रुमको कोठामा एसी खोली बेडमा गएर आराम गर भने अनुसार परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) आराम गर्न बेडमा पल्टिएको अवस्थामा प्रतिवादी आफू सोफामा बसी मोबाइल चलाई रहेकोमा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) सोही बेडमा निदाएको अवस्थामा प्रतिवादी सोही बेडमा आई सुती जबरजस्ती जिउमा छाम्न थालेकोमा ज्यान चल्न नसक्ने जस्तो भई सुतेकै अवस्थामा मिति २०७९।०५।०६ गते बिहानको राति करिब ००:२५ बजेको समयमा प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले लगाएको पाइन्ट जबरजस्ती खोली आफूले लगाएको पाइन्ट समेत खोली जबरजस्ती करणी गरी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को शरीरमा .... समेत झारी बाथरुम गई पुनः बेडमा नै आई सुतेकोमा त्यसको करिब एक घण्टा पछाडी निज प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को शरीरमा छाम्ने, कपाल तान्ने र ढाडमा पिट्दा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) डर लागेर रुँदा समेत प्रतिवादीको बलियो जिउले मलाई चल्न नदिई रुँदा कराउँदा समेत नछाडी पुनः जबरजस्ती करणी गरी मिति २०७९।०५।०६ गते बिहान प्रतिवादी उठी ०७:०० बजे पीसीआर परीक्षण छ भनी होटल कोठाबाट सँगै निस्कने क्रममा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) गाह्रो भई बिस्तारै झर्दै गर्दा निज प्रतिवादीले गाडी निकाली परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई गाडीमा बस्न भनी तिलगंगा कोरिडरको बाटो हुँदै रिङरोड निस्किई पुरानो बानेश्वरतर्फ लगेर होस्टल अगाडी लगेर छाडि दिई फरार भएको हुँदा निज प्रतिवादीले परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई जबरजस्ती करणी जस्तो जघन्य अपराध गरेकाले निजलाई पक्राउ गरी मुलुकी फौजदारी संहिताको जबरजस्ती करणी सम्बन्धी कसुरमा हदै सम्मको कारबाही र सजाय गरी क्षतिपूर्ति समेत दिलाई पाउँ ।’

 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नगर अध्यक्षद्वारा राजीनामा

गलकोट। नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएको छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेक...

एक-दुई ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तुवाँलो

काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक ...

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...

भोलि भारत जादै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...

ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE