Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

खोप अभियानमै ठूलो क्षति : ४१ करोड रुपैयाँ बराबरको खोप नष्ट

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सरकारले खरिद गरेका खोपहरू प्रभावकारी व्यवस्थापन हुन नसक्दा ठूलो परिमाणमा खेर जाने गरेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य सेवा विभागको विवरणअनुसार विभिन्न प्रकारका खोपको उपयोग र भण्डारण व्यवस्थापनमा चुनौतीका कारण ४१ करोड ४ लाख ८२ हजार रुपैयाँ बराबरको खोप नष्ट भएको पाइएको छ।

महालेखा परीक्षकको ६३औँ प्रतिवेदनले १० प्रकारका खोपको खेर जाने दर परीक्षण गर्दा ५४ लाख ६८ हजार २९५ जनालाई खोप लगाउने क्रममा ठूलो परिमाणमा खोप खेर गएको उल्लेख गरेको छ। प्रतिवेदनअनुसार बीसीजी खोपको खेर जाने दर ८२ प्रतिशत पुगेको छ भने अन्य खोपहरू औसतमा ३६ प्रतिशतसम्म खेर गएका छन्।

खोप कोषसमेत प्रभावकारी रूपमा सञ्चालन भएन
महालेखा परीक्षकले खोप व्यवस्थापनमा कानुनी कमजोरीसमेत औँल्याएको छ। खोप ऐन २०७२ अनुसार महामारी वा प्राकृतिक विपद्का बेला तत्काल खोप खरिद गर्न छुट्टै ‘खोप कोष’ स्थापना गर्नुपर्ने व्यवस्था भए पनि सम्बन्धित निकायले छुट्टै कोष सञ्चालन नगरी रकम कार्यसञ्चालन कोषमै राखेको पाइएको छ।

गत वर्षसम्म खोप कोषका लागि ३७ करोड ५७ लाख ८७ हजार रुपैयाँ जम्मा भएको भए पनि विनियोजित थप ३ करोड रुपैयाँ कोषमा जम्मा नगरी फ्रिज भएको प्रतिवेदनमा उल्लेख छ।

किन खेर जान्छ खोप?
स्वास्थ्य सेवा विभागका अनुसार नेपालका दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा लक्षित बालबालिकाको संख्या कम हुनु, गाउँगाउँमा पुगेर खोप सत्र सञ्चालन गर्नुपर्ने अवस्था र बहु–मात्रा (मल्टिडोज) भाइल प्रयोगका कारण खोप खेर जाने गरेको हो।

परिवार कल्याण महाशाखाका निर्देशक डा. मदन उपाध्यायका अनुसार एक जना बालबालिका मात्रै खोप लगाउन आए पनि भाइल खोल्नैपर्ने बाध्यता हुन्छ।

उनले भने, “एउटा बच्चा पनि खोपबाट वञ्चित हुनुहुँदैन भन्ने सरकारको नीति हो। बीसीजी खोप १० वा २० डोजको भाइलमा आउँछ। एक जना बच्चाका लागि भाइल खोल्दा बाँकी मात्रा प्रयोग नहुने अवस्थामा खेर जान्छ।”

बीसीजी, दादुरा–रुबेला (एमआर) र जापानिज इन्सेफलाइटिस (जेई) जस्ता केही खोप घोलेपछि सीमित समयभित्रै प्रयोग गर्नुपर्ने भएकाले बाँकी मात्रा अनिवार्य रूपमा नष्ट गर्नुपर्ने प्राविधिक व्यवस्था छ।

१९ हजारभन्दा बढी खोप सत्र
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक महिना करिब १९ हजारभन्दा बढी खोप सत्र सञ्चालन हुने गरेका छन्। तीमध्ये आधाभन्दा बढी बाह्य खोप सत्र भएकाले बहु–मात्रा भाइलको पूर्ण उपयोग गर्न कठिन हुने विभागको भनाइ छ।

एक स्वास्थ्य अधिकारीका अनुसार, “यदि एउटा सत्रमा एकजना बच्चामात्र उपस्थित भए बीसीजीको २० मात्रामध्ये एक मात्रा प्रयोग हुन्छ र बाँकी १९ मात्रा नष्ट गर्नुपर्छ।”

राष्ट्रिय खोप समिति निष्क्रिय
खोपसम्बन्धी नीति निर्माण तथा सरकारलाई सुझाव दिन गठन गरिएको राष्ट्रिय खोप समिति पनि प्रभावकारी रूपमा सक्रिय हुन नसकेको पाइएको छ। मन्त्रालयका सचिवको अध्यक्षतामा रहने उक्त समितिको बैठक अत्यन्तै कम बस्ने गरेको स्रोतले जनाएको छ।

खेर जाने दर घटाउन नयाँ योजना
खोप खेर जाने दर कम गर्न स्वास्थ्य सेवा विभागले केही सुधारात्मक कदम थालेको जनाएको छ। आर्थिक वर्ष २०८२/८३ देखि दादुरा–रुबेला (एमआर) खोपको भाइल आकार १० डोजबाट ५ डोजमा झारिएको छ। त्यस्तै, जेई खोपको प्रयोग अवधि १ घण्टाबाट ६ घण्टा पुर्‍याइएको छ।

विभागले बालबालिकाको वास्तविक संख्या पहिचान, सूक्ष्म योजना निर्माण, नियमित अनुगमन तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमार्फत खोपको खेर जाने दर थप घटाउने लक्ष्य राखेको जनाएको छ।

उपलब्धि पनि उल्लेखनीय
चुनौतीका बाबजुद राष्ट्रिय खोप कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नेपालले १९७७ मा विफर उन्मूलन, २००५ मा नवजात शिशु धनुष्टङ्कार नियन्त्रण, २०१० देखि पोलियो शून्य अवस्था कायम राख्न सफल भएको छ भने २०२५ मा रुबेला निवारण गरेको घोषणा गरिएको छ।

हाल राष्ट्रिय खोप कार्यक्रममार्फत ११ प्रकारका खोप सञ्चालनमा छन्, जसमा ९ बालबालिका, १ किशोरी र १ गर्भवती महिलाका लागि प्रयोग गरिन्छ। सरकारको लक्ष्य कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending