सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा–४ मा आज लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मङ्सिर ४ गतेपछि लोकतान्त्रिक वाम गठबन्धनको सरकार निर्माण हुने बताए।
“सडकमा हिँडेर, घरमा सुतेर, नेतालाई फोन गरेर भोट आउँदैन”, उनले भने “जनताका घरघरमा गएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्नुस ।”
उनले अहिले मुलुकमा गठबन्धनको आवश्यकता रहेको र निर्वाचनपछि पनि गठबन्धनकै बहुमतको सरकार निर्माण हुने बताउनुभयो । विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन भएकाले झन्डै दुई तिहाइ सिट ल्याए जस्तै मङ्सिर ४ गते हुने निर्वाचनबाट सत्तारूढ गठबन्धनले दुई तिहाइ सिट ल्याउने मन्त्री कार्कीले दाबी गरे ।
मन्त्री कार्कीले पाँच वर्षको अवधिमा आफुले गरेका कामका विषयमा जनतासामु प्रचारप्रसार गर्न कार्यकर्ता लाइ आग्रह पनि गरे। लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नं ४ का उम्मेदवार मन्त्री कार्कीले २०७४ सालको निर्वाचनका बेला जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा भएका पनि स्पष्ट पारे।
गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उनको दाबी थियो । उनले गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने दाबी पनि गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: