काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको छ, कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको छ।
छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाली टापु उलुङ्डो नजिकै खस्दा त्यस टापुमा हवाई हमला भएको चेतावनी दिने साइरन बजेको थियो।
उक्त सानो टापुका बासिन्दाहरूलाई भूमिगत आश्रयस्थलमा जान भनिएको छ। स्थानीय समय अनुसार बिहान ९ बजेतिर प्योङयाङले कुल तीनवटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू उसको पूर्वी तटतर्फ प्रहार गरेको हो।
दक्षिण कोरियाली अधिकारीहरूले तत्कालै ती प्रहारको निन्दा गरेका छन्। राष्ट्रपति युन शुक-योलले राष्ट्र सुरक्षा बैठक बोलाएका छन्।
पछिल्ला प्रहारहरू प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई यसै साता कोरियाली प्रायद्वीप आसपास संयुक्त सैन्य अभ्यासहरू नगर्न चेतावनी दिएको एक दिनपछि भएको हो।
उत्तर कोरियाले अभ्यासहरूपछि "शक्तिशाली" जवाफहरू दिइने धम्की दिएको थियो।
कहाँ खस्यो?
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार बुधवार बिहान प्योङयाङले कम्तीमा १० वटा क्षेप्यास्त्रहरू पूर्वी तटतर्फ प्रहार गरेको थियो।
सोलका जोइन्ट चीफ्स अफ स्टाफले "पूर्व र पश्चिमतर्फ [प्रहार गरिएका]…ती विभिन्न खालका" क्षेप्यास्त्रहरू रहेको भन्दै आफ्ना राष्ट्रपतिले प्योङयाङको पछिल्ला प्रहारहरूमाथि "तत्काल प्रतिक्रिया" जनाउन आदेश दिएको जनाए।
दुवै दक्षिण कोरियाली र जापानी अधिकारीहरूले बुधवार बिहान क्षेप्यास्त्र प्रहार भएको थाहा पाएका थिए। जसमा एउटाले समुद्री सीमाको रूपमा मानिआइएको एउटा विवादित सीमारेखा पार गरेको थियो।
जुन विन्दु उक्त सीमारेखाभन्दा झण्डै २६ किलोमिटर दक्षिणमा, दक्षिण कोरियाली शहर सोक्चोभन्दा ५७ किलोमिटर पूर्वमा र उलुङ्डो टापुभन्दा १६८ किलोमिटर उत्तर पश्चिममा पर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...
पौष १० गते, २०८२ - ०७:१४
भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्...
पौष १० गते, २०८२ - ०७:०५
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघ...
पौष १० गते, २०८२ - ०७:०३
काठमाडौँ । वाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दि...
पौष १० गते, २०८२ - ०७:००
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिता जारी ग...
पौष ९ गते, २०८२ - ०९:३६
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...




प्रतिकृया लेख्नुहोस्: