Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र प्रहार, जापानमा सतर्कता

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । उत्तर कोरियाले कम्तीमा एउटा लामो दूरीको र दुई वटा छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ्स अफ स्टाफले बताएका छन्। 

जापानका प्रधानमन्त्री फुमिओ किस्हिदाले एउटा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र हुनसक्ने बताएका छन्। 

बुधवार प्योङ्याङले एकैदिनमा सबैभन्दा धेरै क्षेप्यास्त्रहरू प्रहार गरेपछि यस्तो घटनाक्रम देखा परेको हो। 

प्योङ्याङको एउटा बालिस्टिक क्षेप्यास्त्रले बुधवार नर्दर्न लिमिट लाइन भनिने दुई कोरियाबीचको एउटा विवादित जलसीमा पार गरेको थियो। 

बुधवार एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको जल क्षेत्रमा खसेको थियो। सोलले आफ्ना तीनवटा क्षेप्यास्त्र प्रहार गरेर त्यसको जबाफ दिएको छ। 

अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै ठूलो संयुक्त अभ्यास गरिरहँदा यी घटना भएका हुन्।

उक्त अभ्यासलाई प्योङ्याङले कडा शब्दमा आलोचना गर्दै त्यसलाई "आक्रामक र उक्साहटपूर्ण" बताएको छ। 

जापानमा सतर्कता

बिहीवारको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणका कारण जापान सरकारले आफ्ना केही भेगका बासिन्दाका लागि दुर्लभ रूपमा आपत्कालिन सजगताको चेतावनी दिएको थियो। 

उसले उत्तरी क्षेत्रका केही भागमा मानिसहरूलाई घरभित्रै बस्न भनेको छ। टोक्योले सुरुवाती रूपमा क्षेप्यास्त्रले जापानमाथिको आकाश तय गरेको जनाएको थियो। 

तर त्यहाँका रक्षामन्त्रीले पछि "त्यो जापानी द्वीप समूह नकाटेको तर सी अफ जापानमाथि विलय भएको" बताएका थिए। 

प्रधानमन्त्री किस्हिदाले पछि उत्तर कोरियाका एक पछि अर्को "क्षेप्यास्त्र प्रक्षेपणको" निन्दा गर्दै त्यसलाई नियमहरूको "उल्लङ्घन" बताएका थिए। 

जापानमाथि उत्तर कोरियाले पाँच वर्षमा पहिलो पटक बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक महिनापछि यस घटना भएको हो।

तनाव

उत्तर कोरियाले अहिलेसम्मकै उच्च सङ्ख्यामा क्षेप्यास्त्रहरू परीक्षण गरेसँगै तनाव बढिरहेको छ। 

कडा प्रतिबन्धहरूबीच प्योङ्याङले सन् २००६ र सन् २०१७ बीचमा ६ वटा परमाणु परीक्षण गरेको छ। उसले सातौँ त्यस्तो परीक्षणको तयारी गरिरहेको विश्वास गरिन्छ। 

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन हुनेगरी उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार गर्ने काम जारी राखेको छ।

त्यसले उसका छिमेकीहरूलाई त्रासमा पार्ने र सम्भवतः अमेरिकी मुख्य भूमिलाई समेत आफ्नो प्रहार गर्न सक्ने दायराभित्र राख्न खोजिरहेको ठानिएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending