Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

धनुषामा प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा गरियो

खबरडबली संवाददाता

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न प्रदेश निर्वाचन कार्यालयले शनिबार बिहान मात्र निर्देशन दिएको थियो । निर्वाचन कार्यालयको निर्देशनलाई सो संस्थाले अटेर गरेको पाइएको छ । निर्वाचन कार्यालयको निर्देशनपश्चात पनि संस्थाको १५औँ वार्षिक साधारणसभा शनिबार दिउँसो सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रुमाकुमारी सिंहको अध्यक्षता तथा पूर्वअध्यक्ष रामसेवक महतोको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

प्रदेश निर्वाचन कार्यालयले सो संस्थाले महेन्द्र उच्च मावि ढल्केबरमा गर्न लागेको साधारणसभा सम्बन्धमा मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रतीन्द्र डङ्गोललाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गराउन निर्देशन दिएको थियो ।

यस सम्बन्धमा जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले कार्यक्रम सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताए । “महेन्द्र उच्च मावि ढल्केबरमा गर्न लागेको साधारणसभा सम्बन्धमा आचारसंहिता उल्लङ्घन हुने भनी उजुरी प्राप्त भएपछि निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थियौँ, उनले भने, “हाम्रो निर्देशनका बाबजुद त्यो कार्यक्रम कसरी आयोजना गरियो, विस्तृत बुझेर मात्र केही भन्न सक्छु ।” साधारणसभामा संस्थाको आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको पदाधिकारी निर्वाचन: महिला उपसभापतिमा सोबिता–तोसिमाबिच प्रतिस्पर्धा, महामन्त्रीमा १० उम्मेदवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको न...

पाँचथरमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, एक जना घाइते

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्याल...

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।  बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित...

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...

भेनेजुएला भूकम्पमा मृत्यु हुने १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितका सूचना टाँस्न थाले परिवार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...

५१ दिनमै नतिजा, तर किन सडकमा उत्रिए कक्षा १२ का विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...

राजधानी नजिकै सञ्चार संकट, विपद्का बेला सम्पर्कविहीन बन्छ दक्षिण ललितपुर

ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...

विश्वकप : समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर नकआउटमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...

सप्तरीको बलान बिहुलबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending