Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

विष्णु पौडेलको प्रतिबद्धता : कालिगण्डकी डाइभर्सन गरेरै छोड्छु

खबरडबली संवाददाता

रुपन्देही ।रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले निर्वाचन लक्षित आफ्नो घोषणापत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेले केन्द्रीय उपाध्यक्ष पौडेल र प्रदेशसभा सदस्य पदमा ९१० बाट केन्द्रीय सदस्य लीला गिरी र ९२० बाट प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उम्मेवार बनाएको छ ।

 एमालेलाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । आज बुटवलमा आयोजना गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता तथा राप्रपाका नेता पूर्वगृहमन्त्री नीरञ्जन थापा, प्रदेश अध्यक्ष प्रदीप उदयसहित कार्यकर्ताहरू सहभागी थि । 

विसं २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका एमाले उम्मेदवार पौडेलले उक्त निर्वाचनमा पनि कालिगण्डकी डाइभर्सनलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा राखेको थिय । यो परियोजनालाई पुनः अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेको हो । चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले त्यहाँ देखिएको अवरोध तथा व्यवधान हटाएर कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। पौडेलको घोषणापत्रमा लेखिएको छ, “सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण कार्यअघि बढाइनेछ ।”

बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने उनले बताए । उनको घोषणापत्रमा आफ्नो निर्वाचन क्षेत्रमा भन्दा बढी आसपासका निर्वाचन क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।

बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोड्ने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । यसअघि पनि यसै क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका पौडेलले प्रतिबद्धता पत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्यधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने प्रतिबद्धता व्यक्त गरेका थिय । 

उनले बुटवललाई विकासको पाठशाला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुटवलको ‘चार्मिङ’लाई अक्षुण्ण राख्ने उहाँको प्रतिबद्धता छ । सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशीघ्र सम्पन्न गरिने जनाइएको छ । 

निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीयस्थलमा विकास गरिने उल्लेख गरिएको छ । पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक शहरमा पुनःरुत्थान तथा विकसित गर्ने उल्लेख गरिएको छ । जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको पदाधिकारी निर्वाचन: महिला उपसभापतिमा सोबिता–तोसिमाबिच प्रतिस्पर्धा, महामन्त्रीमा १० उम्मेदवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको न...

पाँचथरमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, एक जना घाइते

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्याल...

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।  बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित...

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...

भेनेजुएला भूकम्पमा मृत्यु हुने १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितका सूचना टाँस्न थाले परिवार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...

५१ दिनमै नतिजा, तर किन सडकमा उत्रिए कक्षा १२ का विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...

राजधानी नजिकै सञ्चार संकट, विपद्का बेला सम्पर्कविहीन बन्छ दक्षिण ललितपुर

ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...

विश्वकप : समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर नकआउटमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...

सप्तरीको बलान बिहुलबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending