Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विष्णु पौडेलको प्रतिबद्धता : कालिगण्डकी डाइभर्सन गरेरै छोड्छु

खबरडबली संवाददाता

रुपन्देही ।रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले निर्वाचन लक्षित आफ्नो घोषणापत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेले केन्द्रीय उपाध्यक्ष पौडेल र प्रदेशसभा सदस्य पदमा ९१० बाट केन्द्रीय सदस्य लीला गिरी र ९२० बाट प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उम्मेवार बनाएको छ ।

 एमालेलाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । आज बुटवलमा आयोजना गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता तथा राप्रपाका नेता पूर्वगृहमन्त्री नीरञ्जन थापा, प्रदेश अध्यक्ष प्रदीप उदयसहित कार्यकर्ताहरू सहभागी थि । 

विसं २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका एमाले उम्मेदवार पौडेलले उक्त निर्वाचनमा पनि कालिगण्डकी डाइभर्सनलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा राखेको थिय । यो परियोजनालाई पुनः अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेको हो । चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले त्यहाँ देखिएको अवरोध तथा व्यवधान हटाएर कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। पौडेलको घोषणापत्रमा लेखिएको छ, “सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण कार्यअघि बढाइनेछ ।”

बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने उनले बताए । उनको घोषणापत्रमा आफ्नो निर्वाचन क्षेत्रमा भन्दा बढी आसपासका निर्वाचन क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।

बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोड्ने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । यसअघि पनि यसै क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका पौडेलले प्रतिबद्धता पत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्यधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने प्रतिबद्धता व्यक्त गरेका थिय । 

उनले बुटवललाई विकासको पाठशाला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुटवलको ‘चार्मिङ’लाई अक्षुण्ण राख्ने उहाँको प्रतिबद्धता छ । सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशीघ्र सम्पन्न गरिने जनाइएको छ । 

निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीयस्थलमा विकास गरिने उल्लेख गरिएको छ । पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक शहरमा पुनःरुत्थान तथा विकसित गर्ने उल्लेख गरिएको छ । जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending