कास्की । मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्की जिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ ।
समितिले आज मादी गाउँपालिकाअन्तर्गत वडा नं ३ ताङतिङस्थित वडा कार्यालयको नयाँ भवन, वडा नं ४ याङजाकोटस्थित सीताराम माध्यमिक विद्यालय, वडा नं २ ताङतिङस्थित हिमालय मिलन मावि सहितका तीन ठाँउमा मतदानस्थलको अनुगमन गरेको हो ।
टोलीले मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङसँग यस क्षेत्रको अवस्था लगायतमा जानकारी लिएको थियो ।
अनुगमनमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको नेतृत्वमा कास्कीका सुरक्षा निकायका प्रमुखहरू, भगवती दल गुल्मका गणपति प्रमुख सेनानी सञ्जयकुमार खत्री, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक अजय केसी, सशस्त्र प्रहरी उपरीक्षक विजय केसी, उपअनुसन्धान निर्देशक मनोज ढकाल तथा जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति थियो ।
जिल्लाका अधिकांश मतदानस्थलको अनुगमन सकिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेका छन् ।
मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागि गर्न सकिने उपायका विषयमा कास्कीस्थित सम्पूर्ण मतदान केन्द्रमा जनप्रतिनिधि तथा स्थानीय समुदायसँग सुरक्षा समितिले छलफल गरेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार टोलीले कास्कीका एक सय ५० मतदानस्थलका अधिकांश मतदान केन्द्रको अनुगमन सम्पन्न गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: