Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

तरुण दल नुवाकोटले 'एक बुथ, एकसय युथ’ परिचालन गर्ने

खबरडबली संवाददाता

नुवाकोट । नेपाल तरुण दल नुवाकोटले आगामी मङ्सिर ४ गते हुन लागिरहेको आम निर्वाचनका लागि नेपाली कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन ‘एक बुथ–एकसय युथ’ परिचालन गर्ने भएको छ ।

नेपाल तरुण दल नुवाकोटको जिल्ला कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनका लागि मतदानस्थलको शान्तिसुरक्षा र निष्पक्ष निर्वाचनको सुनिश्चित गराउन प्रत्येक बुथमा एक सयजना युवा परिचालन गर्ने निर्णय गरेको नेपाल तरुण दल नुवाकोट सचिव सुवन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभित्र रहेका बाह्रवटै स्थानीय तहका सम्पूर्ण ८८ वटै वडाका तरुण दलका अध्यक्षहरुलाई गठबन्धन दलका भ्रातृ सङ्गठनसँग संयुक्त रुपमा जिल्लाबाट खटाइएको प्रतिनिधिसँग समन्वय गरेर प्रत्येक बुथमा एक सयजनाका दरले युवा परिचालन गर्न परिपत्र गरिएको छ ।

सोही परिपत्रअनुसार जिल्ला कार्यसमिति नुवाकोटको बैठकले जिल्लामा रहेको चारवटै प्रदेश निर्वाचन क्षेत्र र बाह्रवटै पालिकामा प्रतिनिधि चयन गरेर गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउने आवश्यक प्रबन्ध मिलाउन जिम्मेवारी निर्धारण गरेको छ ।

जिल्ला अध्यक्ष सिंहराज तामाङको अध्यक्षमा बसेको बैठकले ‘एक बुथ–एकसय युथ’ परिचालनलाई सफल बनाउन निर्वाचन क्षेत्र नं १ को प्रदेश १ मा पूर्णबहादुर तामाङ र प्रदेश २ मा विश्वास तामाङ, निर्वाचन क्षेत्र नं २ को प्रदेश १ मा शैलेन्द्र तामाङ र प्रदेश २ मा प्रेमबहादुर तामाङलाई प्रतिनिधि खटाएको छ ।

यस्तै, पालिकाअन्तर्गत विदुर नगरपालिकामा प्रकाश रिजाल र बेलकोटगढी नगरपालिकामा श्यामकुमार पुडासैनीलाई प्रतिनिधि खटाएको जिल्ला सचिव गिरीले जानकारी दिए। 
जिल्लाबाट खटिएका प्रतिनिधिलाई तरुण दलको वडाध्यक्षसँग समन्वय गरेर प्रत्येक मतदानस्थल (बुथ)मा एक सयजना युवा खटाउने प्रबन्ध मिलाउन भनिएको छ ।

बुथमा खटिने युवाले आगामी मङ्सिर ४ गते हुने चुनावलाई निष्पक्ष, धाँधलीरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने सुनिश्चित गराई आवश्यक सहयोग पु¥याउन स्वयम्सेवकको भूमिकामा प्रस्तुत हुन जिम्मेवारी दिइएको छ ।

तरुण दल नुवाकोटले गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा पनि पार्टीको उम्मेदवारलाई विजयी गराउन प्रत्येक मतदानस्थलमा एक सयजना युवालाई परिचालन गरेको थियो । आगामी आम निर्वाचनअन्तर्गत नुवाकोटमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दुईवटा निर्वाचन क्षेत्रमा कुल दुई लाख ३९ हजार सात सय २६ जना मतदाता कायम छन् ।

निर्वाचनका लागि जिल्लाभरमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएकाले एक बुथमा एक सयजना युवा परिचालनका लागि १३ हजार दुई सय युवालाई खटाउने नेपाल तरुण दलले तयारी मिलाएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको पदाधिकारी निर्वाचन: महिला उपसभापतिमा सोबिता–तोसिमाबिच प्रतिस्पर्धा, महामन्त्रीमा १० उम्मेदवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको न...

पाँचथरमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, एक जना घाइते

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्याल...

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।  बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित...

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...

भेनेजुएला भूकम्पमा मृत्यु हुने १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितका सूचना टाँस्न थाले परिवार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...

५१ दिनमै नतिजा, तर किन सडकमा उत्रिए कक्षा १२ का विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...

राजधानी नजिकै सञ्चार संकट, विपद्का बेला सम्पर्कविहीन बन्छ दक्षिण ललितपुर

ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...

विश्वकप : समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर नकआउटमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...

सप्तरीको बलान बिहुलबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending