नुवाकोट । नेपाल तरुण दल नुवाकोटले आगामी मङ्सिर ४ गते हुन लागिरहेको आम निर्वाचनका लागि नेपाली कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन ‘एक बुथ–एकसय युथ’ परिचालन गर्ने भएको छ ।
नेपाल तरुण दल नुवाकोटको जिल्ला कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनका लागि मतदानस्थलको शान्तिसुरक्षा र निष्पक्ष निर्वाचनको सुनिश्चित गराउन प्रत्येक बुथमा एक सयजना युवा परिचालन गर्ने निर्णय गरेको नेपाल तरुण दल नुवाकोट सचिव सुवन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभित्र रहेका बाह्रवटै स्थानीय तहका सम्पूर्ण ८८ वटै वडाका तरुण दलका अध्यक्षहरुलाई गठबन्धन दलका भ्रातृ सङ्गठनसँग संयुक्त रुपमा जिल्लाबाट खटाइएको प्रतिनिधिसँग समन्वय गरेर प्रत्येक बुथमा एक सयजनाका दरले युवा परिचालन गर्न परिपत्र गरिएको छ ।
सोही परिपत्रअनुसार जिल्ला कार्यसमिति नुवाकोटको बैठकले जिल्लामा रहेको चारवटै प्रदेश निर्वाचन क्षेत्र र बाह्रवटै पालिकामा प्रतिनिधि चयन गरेर गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउने आवश्यक प्रबन्ध मिलाउन जिम्मेवारी निर्धारण गरेको छ ।
जिल्ला अध्यक्ष सिंहराज तामाङको अध्यक्षमा बसेको बैठकले ‘एक बुथ–एकसय युथ’ परिचालनलाई सफल बनाउन निर्वाचन क्षेत्र नं १ को प्रदेश १ मा पूर्णबहादुर तामाङ र प्रदेश २ मा विश्वास तामाङ, निर्वाचन क्षेत्र नं २ को प्रदेश १ मा शैलेन्द्र तामाङ र प्रदेश २ मा प्रेमबहादुर तामाङलाई प्रतिनिधि खटाएको छ ।
यस्तै, पालिकाअन्तर्गत विदुर नगरपालिकामा प्रकाश रिजाल र बेलकोटगढी नगरपालिकामा श्यामकुमार पुडासैनीलाई प्रतिनिधि खटाएको जिल्ला सचिव गिरीले जानकारी दिए।
जिल्लाबाट खटिएका प्रतिनिधिलाई तरुण दलको वडाध्यक्षसँग समन्वय गरेर प्रत्येक मतदानस्थल (बुथ)मा एक सयजना युवा खटाउने प्रबन्ध मिलाउन भनिएको छ ।
बुथमा खटिने युवाले आगामी मङ्सिर ४ गते हुने चुनावलाई निष्पक्ष, धाँधलीरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने सुनिश्चित गराई आवश्यक सहयोग पु¥याउन स्वयम्सेवकको भूमिकामा प्रस्तुत हुन जिम्मेवारी दिइएको छ ।
तरुण दल नुवाकोटले गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा पनि पार्टीको उम्मेदवारलाई विजयी गराउन प्रत्येक मतदानस्थलमा एक सयजना युवालाई परिचालन गरेको थियो । आगामी आम निर्वाचनअन्तर्गत नुवाकोटमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दुईवटा निर्वाचन क्षेत्रमा कुल दुई लाख ३९ हजार सात सय २६ जना मतदाता कायम छन् ।
निर्वाचनका लागि जिल्लाभरमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएकाले एक बुथमा एक सयजना युवा परिचालनका लागि १३ हजार दुई सय युवालाई खटाउने नेपाल तरुण दलले तयारी मिलाएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:१४
सिन्धुली। गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाण...
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...




प्रतिकृया लेख्नुहोस्: