धनगढी । धनगढीस्थित आफ्नो निजी निवासमा रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहका छन् ।
आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेल्धुराको प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले निवासमा नेता कार्यकर्तालाई बोलाएर भेटघाट र छलफललाई तीव्रता दिएको हो । चुनावी प्रचारका लागि आफ्नो गृह जिल्लामा भएका सभामा सहभागी भएर आइतबार धनगढी फर्किनुभएका प्रधानमन्त्री देउवाले खासगरी टिकट वितरणपछि असन्तुष्ट नेता कार्यकर्तासँग भेटघाट गरिरहेको हो । भेटघाटका क्रममा देउवाले आसन्न चुनावी अवस्थाका विषयमा जानकारी लिइरहको हो ।
देउवाले आज आफूसँगको भेटमा उम्मेदवारी निस्क्रिय पारेर पार्टी र सत्ता गठबन्धनको पक्षमा लाग्न आग्रह गरेको कांग्रेसका नेता गोविन्दराज जोशीले बताए। उनले भने, “सभापतिले आज मलाई बोलाएर स्वतन्त्र नलड, पार्टीमा फर्किएर काम गर भने, मैले धेरै अगाडि बढिसकेकाले चुनाव लड्न दिनुस् भनेँ ।”
जोशीले कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट कांग्रेसका युवा नेता लक्ष्मण शाही पनि स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा ९एकीकृत समाजवादी०का अमरबहादुर साउदलाई टिकट दिएको छ ।
कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) को प्रतिनिधिसभा सदस्यमा कांग्रेसले नेता डिल्लीराज पन्तलाई टिकट दिएको छ भने पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । पाँच वर्षअघिको निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहनुभएकी कांग्रेस नेत्री डा आरजु राणा देउवालाई अन्तरघात गरेर पराजित गरेको भन्दै कांग्रेसका नेता रहेका ओझा पार्टीको कारबाहीमा पर्नुभएको थियो ।
अहिले ओझाको पक्षमा कतिपय नेता कार्यकर्ता लागेपछि पार्टी सभापति देउवाले नेता कार्यकर्तालाई मनाउने कोसिस गरिरहनुभएको हो । क्षेत्र नं ५ कै प्रदेशसभा ९२० मा कांग्रेस नेता प्रकाश देउवालाई टिकट दिइएको छ । प्रदेशसभाको यसै क्षेत्रबाट कांग्रेसका युवा नेता क्षितिज भण्डारीले पार्टीबाट राजीनामा गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
यसैबीच प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्नुहुने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १६:५९
धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् । बुधबार धरान–१९...
मंसिर २५ गते, २०८२ - १६:४३
वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...
मंसिर २५ गते, २०८२ - १६:२३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...
मंसिर २५ गते, २०८२ - १६:१५
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्र...
मंसिर २५ गते, २०८२ - १५:५१
काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...
मंसिर २५ गते, २०८२ - १५:४०
काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...
मंसिर २५ गते, २०८२ - १५:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...
मंसिर २५ गते, २०८२ - १५:०६
बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...
मंसिर २५ गते, २०८२ - १४:५२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्। ...
मंसिर २५ गते, २०८२ - १४:३६
धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...




प्रतिकृया लेख्नुहोस्: