Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

'चुनावी भाषण गरेर होइन, काम गरेर देखाउँछु' (अन्तर्वार्ता)

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा–नौबिसे सुरुङमार्गलाई प्राथमिकता दिन्छु

खबरडबली संवाददाता

अहिलेको चुनाव हामी सबैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाई देशमा अस्थिरता ल्याउने खोज्ने र नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै संविधानको रक्षा, राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका पक्षमा काम गर्न चाहने बीचको भिडन्त पनि

नेकपा (माओवादी केन्द्र) का नेता कल्पना धमला आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट काठमाडौं ९ का साझा उम्मेदवार छिन् । 

२०३१ सालमा धादिङको ज्याम्रुङमा जन्मनुभएकी धमलाले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरिन्। 

महिला र विद्यार्थी आन्दोलनमा सक्रिय हुँदै १० वर्षे जनयुद्धमा पूर्णकालीन हुनुभएकी धमलाले विभिन्न समयमा पार्टीका महत्वपूर्ण जिम्मेवारी पूरा गरिन्। आफूलाई सशक्त महिला हस्ताक्षर र प्रतिभाशाली महिला नेतृको रुपमा उभ्याउन सफल धमला २०६४ सालको संविधान सभा निर्वाचनमा धादिङ क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । 

२०६८ सालमा छोटो अवधि विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी धमला निरन्तर राजनीतिक आन्दोलनमा सक्रिय छिन् । महिला मुक्तिको प्रश्न राज्यसत्ताको संरचनासँग जोडिएकाले राज्यसत्ताको आमूल परिवर्तन नगर्दासम्म महिला अधिकार सुनिश्चित गर्न असम्भव हुने उनको ठहर छ । 

राज्यलाई खबरदारी गर्न र महिलाले नयाँ अग्रगामी राज्यसत्ताको संस्थागत गर्नमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ । 

नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै संविधानको रक्षा, राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका पक्षमा काम गर्छु  भन्ने धमलासँग गरेको कुराकानीः 

चुनाव प्रचार प्रसार कस्तो हुँदैछ ? 

अब निर्वाचनको समय पनि नजिकिदै छ । त्यसैले मतदाताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छौं । घरदैलो, स–साना सभा, भेटघाट र अन्तरक्रियामा व्यस्त छौं । 

देशको राजनीति दुई भागमा विभक्त छ– अग्रगमन र पश्चगमनको पक्षमा । अहिलेको चुनाव हामी सबैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाई देशमा अस्थिरता ल्याउने खोज्ने र नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै संविधानको रक्षा, राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका पक्षमा काम गर्न चाहने बीचको भिडन्त पनि हो ।

प्रतिगामीहरुले जनतामा छरेको भ्रम चिर्नका लागि पनि हामीले घरदैलो अभियानलाई तीव्र बनाएका हौं ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? 

मेरो अभियानलाई मान्छेले कसरी बुझ्छन् भन्ने कुरा हो । सकारात्मक बुझ्नेले त्यसरी लिनु हुन्छ र सकारात्मक प्रतिक्रिया नै दिनु हुन्छ । कतिपय प्रतिपक्षहरु छन्, विरोध नै गर्नुपर्छ भन्ने मानसिकता बोकेका पनि हुन्छन् । उनीहरुले त्यही ढंगले बुझ्लान् । त्यही ढंगले प्रतिक्रिया पनि दिइरहेका छन् । 

तपाईका चुनावी एजेण्डाहरु के के छन् ? 

अग्रगमनको पक्षमा संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन मेरा राजनीतिक एजेण्डाहरु हुन् । त्यस्तै संविधानमा उल्लेखित नागरिकका मौलिक हकलाई कानुन बनाएर कार्यान्वयन गर्ने मेरो कार्यभार र कर्तव्य पनि हो ।

म महिला भएको हैसियतले संविधानमा उल्लेखित ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गर्नका लागि पनि अहिले ठूलो संघर्ष गरिरहनु परेको छ । अहिलेको प्रत्यक्ष निर्वाचनमा पनि ९ प्रतिशत मात्रै महिला सहभागिता छ । अब महिला सहभागिता मात्रै होइन, महिलाको प्रतिनिधित्व अर्थपूर्ण हुनु पर्छ, नीति निर्माणमा हुनु पर्छ, नेतृत्व तहमा हुनु पर्छ भन्ने मेरो अर्काे एजेण्डा हुनेछ । 

युवा पुस्ताका लागि कस्ता योजना छन् तपाईंसँग ? 

देशको मेरुदण्ड भनेको युवा पुस्ता हुन् । उनीहरुलाई देशमै रोजगारी सिर्जना गर्न सके देशको आर्थिक स्थिति उकासिन्थ्यो । उनीहरुको आवश्यकता र चाहना अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा राज्यले नयाँ नीति लिनुपर्छ ।

उत्पादनको क्षेत्रमा राज्यले ठाउँ, विशेषता र त्यसको पहिचान अनुसार उद्यमीहरुलाई व्यवस्थित गर्नुपर्छ । विशेषतः युवा पुस्तालाई देशको राजनीतिको जिम्मा लिन र देशको विकास, समृद्धिमा लाग्न आग्रह गर्छु ।  

तपाईको निर्वाचन क्षेत्रको वस्तुस्थितिबारे बताइदिनुस् न ।

काठमाडौं क्षेत्र नं. ९ मा मल्लकालीन सभ्यता सुरु भएको नेपालको पचली भैरव, टेकु घाट जस्ता प्रसिद्ध स्थानहरु पर्दछन् । नेपालको ऐतिहासिक कला साहित्य, संस्कृति भएका थुप्रै मठ मन्दिरहरु छन् ।

१४० वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको धरहरा पनि यही क्षेत्रमा छ । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा–नौबिसे सुरुङमार्ग यही क्षेत्रमा पर्दछ । यी ऐतिहासिक, साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्न, नेवार समुदायको बाहुल्य रहेको यस क्षेत्रमा उक्त समुदायको पहिचान कायम हुने गरी ऐतिहासिक साँस्कृतिक सहर बनाउने म सँग केही योजनाहरु छन् ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा ट्रमा सेवासहितको सुविधासम्पन्न अस्पताल, युवाहरुको रोजगारी र उद्यमशीलतासँग जोड्ने लगायतका कामहरु बढाउन केही गर्नुपर्छ भन्ने मैले योजना बनाएको छु । 

यस क्षेत्रमा रहेको वातावरणीय चुनौतीलाई कसरी सम्बोधन गर्नुहुन्छ ? 

विश्वमा चुनौती बनेको जलवायु परिवर्तनको मुद्धालाई काठमाडौं क्षेत्र नं. ९ मा मैले उठाउने छु । यसको सामना गर्नका निम्ति मेरो क्षेत्रको चन्द्रागिरि र नागार्जुन जंगलको ठूलो भू–भागलाई वातावरणसँग कसरी जोड्ने र मानव हितमा उपभोग गर्ने भन्नेबारे काम गर्नेछु ।

सो जंगली भूभागहरुमा आधुनिक ढंगका पर्यटकीय स्थलहरु निर्माण गर्ने र त्यहाँ जाने पर्यटकहरुलाई त्यहाँको स्थानीय तामाङ संस्कृति देखाउनका निम्ति ‘होम–स्टे’को रुपमा पनि अगाडि बढाउने छु । यस्ता थुप्रै एजेण्डाहरु मेरो दिमागमा स्केच तयार पारेको छु ।

हचुवाको भरमा चुनावी भाषणको रुपमा नभई यसलाई मास्टर प्लान बनाएर नै म लागू गर्नेछु । प्राथमिकताका आधारमा एक, दुई र तीन गर्दै म यी सबै कामको सुरुवात गर्ने र यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशीलता, सरसफाई, फोहोर व्यवस्थापनदेखि स्वच्छ वातावरणसम्मको सबै क्षेत्रमा कम्तीमा एउटा–एउटा नमुना काम सुरु गर्ने लक्ष्य छ । 

थप कुरा केही छन् कि ? 

राजनीतिलाई पेशा होइन, सेवा हो भनेर पारित गर्नका निम्ति मेरो जीवनकालको ६० वर्षपछि कार्यकारी पोजिसनमा निर्वाचन लड्ने, सांसद हुने, मन्त्री हुने कुरा म गर्ने छैन । यो प्रतिष्पर्धामा पनि म हुने छैन भने प्रतिवद्धता सार्वजनिक गरेको छु । म राजनीतिलाई सेवाको रुपमा चिनाउन चाहन्छु । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE