Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अध्यक्ष ओलीद्वारा बधाई

खबरडबली संवाददाता

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रवासी नेपाली मञ्चले विश्वभरि एकताको सन्देश दिएकोप्रति खुसी व्यक्त गरेका छन् । 

पार्टीको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई आज बधाई दिँदै उनले सर्वसम्मत नेतृत्व चयन भएकोप्रति खुसी व्यक्त गरेको हो । 
 
“आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा आ–आफ्नो ठाउँमा गएर सक्रिय सहभागि हुनुहोस्”, उनले भने, “पार्टीलाई बलियो बनाउन तपाईँहरूको भूमिका महत्वपूर्ण छ ।”

अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष सञ्जय थापा, निवर्तमान अध्यक्ष भक्त गुरुङसहितका निवर्तमान तथा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई खादा लगाएर बधाई दिएका थिए ।

आइतवार काठमाडौँमा सम्पन्न भएको मञ्चको अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा (अमेरिका) सर्वसम्मत चयन भएका थिए ।  उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया), सचिवमा हेम शेर्पा (स्पेन) र उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत) सर्वसम्मत चयन भएका थिए ।

त्यसैगरी केन्द्रीय सदस्यमा अमेरिका महादेशबाट ढुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र शिवाकोटी चयन भएका छ भने युरोप महादेशबाट सरस्वती केसी, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव बरुवाल, गोविन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया र हेमराज जोशी चयन भएको थिए ।

यस्तै मध्यपूर्व महादेशबाट बलराम गिरी, तीर्थ गौतम, ज्योति शर्मा महेश गिरी र कमलमणि भण्डारी तथा एसिया महादेशबाट सुरेश कार्की, डा सरोज कँडेल र सञ्जु केसी केन्द्रीय सदस्य चयन भएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy