Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

खबरडबली संवाददाता

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी छन् । उनीसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहेका छन् । 

उहाँ इलामबाट सातौँ पटक चुनाव लड्दै हुनुहुन्छ । छ पटक विजयी भइसक्नुभएका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएको थिय । विसं २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जित्नुभएका उहाँ छैटौँ जितको प्रतीक्षामा छन् । 

विसं २०४८ को आमनिर्वाचन विजयी बन्दै संसद् भवन छिर्ने अवसर पाएका नेता खनाल त्यसयता २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएको थिय । उहाँ २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मा पराजित भएको थिए । विसं २०७४ को चुनावमा नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएका खनाललाई यस पटक तिनै उम्मेद्वारसहित दलको साथ रहेको छ । पूर्व सहकर्मी तथा हाल एमाले जिल्ला अध्यक्ष बस्नेतसँगको भीडन्त खनालका लागि उति सहज भने पक्कै छैन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलको साथ खनाललाई छ । 

नेता खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइसक्नुभएको छ । इलाममा जन्मिनुभएका उहाँ २०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री भए । विसं २०५३ मा सूचना तथा सञ्चारमन्त्री बन्नुभएका उनी २०६७ माघ २० गते प्रधानमन्त्री बने । 

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षले पाएको दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार दुई सय ३३ मत पाएको छ । नेपाली कांग्रेसले २५ हजार सात सय मत पाएको थियो ।

त्यस्तै एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले नौ हजार चार सय ८१, जनता समाजवादी पार्टीले एक हजार आठ सय २९, नेकपा (माओवादी केन्द्र)ले एक हजार दुई सय ३५ र राप्रपाले एक हजार एक सय ६९ मत पाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

इनिसा विक हत्याकाण्ड: थप अनुसन्धान गर्न सीआईबीको टोली सुर्खेतमा

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुध...

कञ्चनपुरमा फेरि अर्काे नाबालिकाको बलात्कार: दुई जना पक्राउ

महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर...

सभापति थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदि...

४० दिनको जिम्मेवारी पूरा गरी निर्वाचन प्रहरी बिदाइ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन् । निर्वाचन सुरक्षामा ४० दिनसम्म पर...

स्कार्पिओको ठक्करबाट एकको मृत्यु, एक घाइते

इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गा...

इनिसा बिक हत्याको निष्पक्ष छानबिन गर्न प्रचण्डको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याक...

धनुषा–१ मा मातृका यादव विजयी भएको घोषणा

काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ निर्वाचन क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र प...

एनएक्सटी २०२६ ग्लोबल समिटमा वक्ताका रूपमा रेनु दाहाललाई निमन्त्रणा

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE